काठमाडौं- पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना चढेको हेलिकोप्टर दुर्घटनामा खराब मानवीय तथा जहाजको प्राविधिक कारण नभई मौसम नै मुख्य कारण रहेको ठहर भएको छ।
गत फागुन १५ गते ताप्लेजुङको पाथिभराबाट काठमाडौंका लागि उड्ने क्रममा एयर डाइनेस्टीको ‘९ एन–एएमआई–एसएस ३५० बी ३ इ’ हेलिकोप्टर दुर्घटनामा परी मन्त्री अधिकारी सहित ७ जनाको निधन भएको थियो।
ताप्लेजुङको फुङलिङ नगरपालिका-१०, सिस्नेभीरमा भएको दुर्घटनामा हेलिकोप्टरमा पर्यटनमन्त्री अधिकारीसँगै पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको मृत्यु भएको थियो ।
दुर्घटनापछि सरकारद्वारा गठित छानबिन आयोगले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढा समक्ष प्रारम्भिक प्रतिवेदन पेश गरेको छ, पेस भएको प्रतिवेदनमा दुर्घटनाको मूख्य कारण खराब मौसम नरहेको उल्लेख छ।
प्रतिवेदनमा मन्त्री सवार हेलिकोप्टर पाथिभरामा ओर्लिएपछि मौसम बिग्रियो थियो।
तर, केही समय पछि सामान्य रुपमा मौसम खुलेपछि हेलिकोप्टर उडान भएको प्रतिवेदनमा उल्लेख छ।
हेलिकोप्टर उडेपछि पुनः मौसम बिग्रिन पुग्दा दुर्घटना भएको प्रतिवेदनमा उल्लेख छ।
साथै प्रतिवेदनमा हेलिकोप्टर मोडिने समयमै अकस्मात आएको हिमाली आँधीमा पर्दा पाइलटले सम्हाल्ने मेसो नै पाएनन् र हेलिकोप्टर दुर्घटना भएको उल्लेख छ। साथै प्रतिवेदनमा हेलिकोप्टरमा सवार मन्त्री तथा अन्य कसैले पनि पाइलटलाई दबाब नदिएको उल्लेख छ।
'छानबिन समितिले दुर्घटनाको अध्ययनसम्बन्धी प्रतिवेदन बुझाएको छ,' संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्ययनले भने, 'प्रारम्भिक प्रतिवेदनलाई सम्बन्धित निकायमा ६० दिनको समय दिएर प्रावधान रहेको छ। उक्त अवधिमा आएका राय तथा सुझावसहित विस्तृत विवरण सार्वजनिक हुन्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।