काठमाडौं- प्रदर्शनीमार्गबाट पक्राउ परेका नयाँ पत्रिका दैनिकका पत्रकार संगीत स्रोतालाई 'झुक्किएर समातिएको' भन्दै प्रहरीले रिहा गरेको छ।
आज दिउँसो प्रदर्शनीमार्गबाट उनीसँगै रसुवाली कविले चिनिने ठाकुरप्रसाद तिम्सिना पक्राउ परेका थिए। प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहमा आबद्ध भएको अभियोगमा तिम्सिना यसअघि पनि पक्राउ परेका थिए। पछि धरौटीमा उनलाई रिहा गरिएको थियो। तिम्सिनालाई पक्राउ गर्ने क्रममा झुक्किएर संगीत पनि परेको प्रहरीको भनाइ छ।
काठमाडौं प्रहरी परिसरका डिएसपी होबिन्द्र बोगटीले पत्रकार भएको थाहा पाउनासाथ संगीत स्रोतालाई छाडेको बताए।
संगीतलाई सुरुमा महेन्द्र पुलिस क्लबभित्र लगेर राखिएको र त्यसपछि सिंहदरबार प्रहरी वृत्त पुर्याइएको थियो। (तस्बिर : विभु लुइटेल)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।