काठमाडौं- नयाँ पत्रिका दैनिकका पत्रकार संगीत स्रोता पक्राउ परेका छन्।
आज दिउँसो प्रदर्शनीमार्गबाट पत्रकार तथा कवि संगीतलाई प्रहरीले पक्राउ गरेको हो। उनी पक्राउ पर्नुको कारण प्रहरीले खुलाएको छैन।
'आरआर क्याम्पस अगाडि हामी सँगसँगै हिँडिरहेका थियौं,' नयाँ पत्रिकाकै पत्रकार दीपक सापकोटाले भने, 'केही कुरा गर्नुछ भन्दै उनीहरुले लिएर गए।' संगीतलाई सुरुमा महेन्द्र पुलिस क्लबभित्र लगेर राखिएको र त्यसपछि सिंहदरबार प्रहरी वृत्त पुर्याएको सापकोटाले बताए।
आजै कवि रसुवाली कवि (ठाकुरप्रसाद तिम्सिना) लाई पनि प्रहरीले पक्राउ गरेको छ। उनलाई यसअघि प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामा आबद्ध रहेको आरोपमा पक्राउ गरेको थियो। पछि उनी धरौटीमा रिहा भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।