काठमाडौं– शुक्रबार दिउसो ललितपुरमा भएको दुर्घटनामा स्कुटी चालकको मृत्यु भएको छ।
दिउँसो करिब साढे ३ बजे नयाँबजारस्थित सडकखण्डमा भैँसेपाटीबाट छयासीकोटतर्फ जाँदै गरेको ना ३ ख ४७४४ नम्बरको कन्टेनर भ्यानले सोहि दिशातर्फ जाँदै गरेको बा ५७ प २०२५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा चालकको मृत्यु भएको हो। मृत्यु हुनेमा जिल्ला ललितपुर–२५ बस्ने २५ वर्षिय मनिस बजगाई भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भिर घाइते भएका बजगाईँको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो।
दुर्घटनामा संलग्न सवारी साधनहरु सहित भ्यान चालक प्रहरीको नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।