काठमाडौं– पुस २७ गते राष्ट्रिय एकता दिवसको अवसरमा सार्वजनिक बिदा हुने गृह मन्त्रालयले जनाएको छ। शुक्रबार विज्ञप्ति जारी गरी मन्त्रालयले बिदाबारे स्पष्ट पारेको हो।
एक महिनाअघि नै मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तिका दिन बिदा दिने निर्णय गरेको थियो। सोही अनुसार राजपत्रमा सूचना प्रकाशित गरी बिदा दिन सबैतिर पत्राचार भएको गृह मन्त्रालयले जनाएको छ। गत वर्ष एकता दिवसका अवसरमा विदा दिने/नदिनेमा विवाद भएको थियो। तर, सरकारले बिदा दिएको थिएन। यसपटक उपप्रधानमन्त्री कमल थापाको दबाबमा बिदा दिने निर्णय भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।