• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

कर्णालीका आमा जो सुत्केरी हुनै नसकेर ज्यान फाल्न बाध्य छन्

64x64
नेपाल लाइभ बुधबार, असार ११, २०७६  १२:२२
1140x725

सुर्खेत– कालीकोटको नरहरिनाथ गाउँपालिका ७ की २० वर्षीया मीना शाहीको गत चैत २ गते मृत्यु भयो। राति घरमै मृत शिशु जन्माएकी मीनालार्ई थप उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो।

बच्चा जन्मे पनि साल निस्कन नसक्दा बेहोस भएकी मीनाको सामान्य उपचार जिल्ला अस्पताल कालिकोटमा गरियो।

जिल्ला अस्पताल कालिकोटका प्रमुख डा भीष्म पोखरेलका अनुसार बिरामीको अवस्था गम्भीर भएकाले कर्णाली प्रदेश अस्पताल सुर्खेतमा रेफर गरिएको थियो।  प्रदेश अस्पताल ल्याउने क्रममा उनको मृत्यु भयो।

मीनाले बारम्बार आफ्नो ज्यान जोगाइदिन आग्रह गरे पनि उनको बाँच्ने चाहना भने पूरा हुन सकेन। मीनाकी सासु जुलुले भनिन्, ‘अलिकति राम्रो औषधि उपचार पाएको भए मेरी बुहारी बाँच्ने थिइन्।’

कालिकोटमा सुत्केरीको मृत्युको घटना सेलाउन नपाउँदै चैत ९ गते दैलेखको आठबीस नगरपालिका वडा नं. ५ की पवित्रा चौलागाई निकै जोखिम मोलेर सुत्केरी भइन्। पवित्रालाई घरमै सुत्केरी व्यथाले च्यापेको थियो।

तीन दिन लामो सुत्केरी व्यथा लागेकी उनलाई राकम कर्णाली स्वास्थ्य चौकीले त्यो दिन नै सुर्खेत लैजान रेफर गरेको थियो। तर, आठबीसमा रहेका दुई वटा एम्बुलेन्समध्ये सात्तालाको एम्बुलेन्स बिग्रिएको थियो। सिंगौडीको एम्बुलेन्स नेपालगञ्जमा रहेका कारण समयमै सुत्केरीको उद्धार नभएको उनका परिवारको भनाइ छ। 

थप उपचारका लागि वीरेन्द्रनगर ल्याउनसक्ने अवस्था नभएपछि बीच बाटोमै हातले बच्चा झिकेर सुत्केरी गराइयो। ‘जोखिमपूर्ण अवस्थामा सुत्केरी हुँदा बच्चालाई जोगाउन सकिएन’, आठबीस नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष मुक्तिप्रसाद उपाध्यायले भने, ‘आमाको ज्यान खतरामा भएकाले घरमै हातले बच्चा तानियो।’ समयमा अस्पतालसम्म पुु¥याउने भरपर्दाे साधन नहुँदा चौलागाईंले बच्चा गुमाउनुपर्‍यो।

दैलेखको आठबीस नगरपालिका वडा नं. ५ पिपलकोट तोलीचाखाकी कृष्णा कसेरालाई गत असार ५ सुत्केरी व्यथा लाग्यो। लामो समय व्यथा लागेकाले उनको स्वास्थ्य अवस्था गम्भीर थियो। अस्पताल पुयाएर ज्यान जोगाइदिन कृष्णाले गुहार मागेकी थिइन्। तर, स्वास्थ्य चौकी पुगेर ज्यान जोगाउने कृष्णाको चाहना पूरा हुन सकेन। बाटोमै जन्मिएका शिशु र कृष्णा दुवैको मृत्यु भयो।

Ncell 2
Ncell 2
nimb
nimb

१५ वर्षकै उमेरमा आमा बन्न लागेकी उनले स्वास्थ्य चौकी लैजाँदै गर्दा बाटोमै ज्यान गुमाउनुपर्‍यो। कृष्णाका परिवारका अनुसार नियमित स्वास्थ्य चेकअपमा आउँदा आमाको उचाइ र तौल एकदमै कम अर्थात् ४३ केजी मात्र थियो।

भरपर्दाे स्वास्थ्य सेवा र पहुँच नभएको कर्णालीमा बिरामीले भगवानकै भरोसामा बाँच्नुपर्ने बाध्यता छ। गर्भवती तथा सुत्केरी महिला, नवजात शिशुको स्वास्थ्य दिनहुँ जोखिममा पर्ने गरेको छ। भरपर्दाे र समयमा उपचार नपाएका कारण कृष्णा, मिना जस्ता सुत्केरीहरुले अकालमा मृत्युवरण गर्नुपरेको छ भने थुप्रै महिलाले नवजात शिशु गुमाउनु परेको स्वास्थ्य निर्देशनालय कर्णाली प्रदेशका शाखा अधिकृत लक्ष्मीप्रसाद भट्टराईले बताए। 

कर्णाली प्रदेशका दस जिल्ला सुर्खेत, दैलेख, कालिकोट, रुकुम, सल्यान, जाजरकोट, डोल्पा, जुम्ला, मुगु र हुम्लामा आर्थिक वर्ष २०७२/७३ मा १३ जना सुत्केरी महिलाको मृत्यु भएको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको तथ्याङ्कका अनुसार आव २०७३÷७४ मा १८ जनाले ज्यान गुमाएका थिए भने आव २०७४/७५ मा ३७ जना सुत्केरीले अकालमा ज्यान गुमाइसकेका छन्। निर्देशनालयका अनुसार ५५.७ प्रतिशत महिलाले दक्ष स्वास्थ्यकर्मीको सहयोगमा सुत्केरी हुने गरेका छन्।

यसैगरी ६७.३ प्रतिशत महिलाहरु स्वास्थ्य संस्थामा सुत्केरी हुने गरेका छन् भने ३५ प्रतिशतमा रक्तअल्पता हुनेगरेको निर्देशनालयको तथ्यांकले देखाउँछ। तथ्यांकका अनुसार १५ प्रतिशत सुत्केरी महिलामा उच्च रक्तचाप हुने गरेको छ। वार्षिक रुपमा उल्लेखित तथ्यांकले कर्णाली प्रदेशका गर्भवती तथा सुत्केरी महिलाहरूको असुरक्षित अवस्था दर्शाउँछ।

स्वास्थ्य सुविधा गुणस्तर नभएका कारण कर्णाली प्रदेशमा मातृ मृत्युदर बढ्दै गएको छ। विगत तीन वर्षको तथ्यांक हेर्दा कर्णालीका सुत्केरीहरु असुरक्षित अवस्थामा रहेको देखाउँछ। कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो समयमा मातृ मृत्युदर बढ्दै गएको हो। घरमै सुत्केरी हुनाले पनि आमाहरूको ज्यान जोखिममा पर्ने गरेको छ। तर स्वास्थ्य संस्थामा पुगेका सुत्केरीको मृत्यु पनि बढ्दो छ। 

आर्थिक वर्ष २०७३/७४ मा समुदायमा सुत्केरी हुने १२ जना र अस्पतालमा ६ जना सुत्केरीको मृत्यु भएको छ। यस्तै, गत आर्थिक वर्ष २०७४÷७५ मा ३२ जना सुत्केरीको समुदायमा मृत्यु भएको छ। जुन विगतका वर्षको तुलनामा अस्वभाविक रूपमा बढेको मृत्युदर हो। स्वास्थ्य सेवाको पहुँचमा पुगेका ५ जना सुत्केरीले ज्यान गुमाएको कर्णाली स्वास्थ्य निर्देशनालयका तथ्यांकंक अधिकृत विनोद आचार्यले बताए। 

विगत तीन वर्षको तथ्यांक अनुसार कर्णाली प्रदेशका दैलेख, कालिकोट, मुगु र जाजरकोटमा सुत्केरी हुने बेलामा मृत्यु हुनेहरुको संख्या बढी छ। सुत्केरीको मृत्यु हुने दर विकट जिल्लाका अशिक्षित समुदायमा नै बढिरहेको छ। समुदायमा सुत्केरीको स्वास्थ्य उपचार नपाएकै कारण मृत्यु हुने गरेको प्रदेश स्वास्थ्य निर्देशनालयकी सामुदायिक स्वास्थ्यकर्ता मानकुमारी गुरुङले बताइन्।

आव २०७२/०७३ मा डोल्पामा २, मुगुमा १, हुम्लामा २, जुम्लामा १, दैलेख र सुर्खेतमा ३/३ सल्यानमा १ जना सुत्केरीको मृत्यु भएको थियो। यस्तै आव ०७३/०७४ मा कालिकोटमा ५, दैलेखमा ६, जाजरकोटमा ४ र सुर्खेतमा ३ जना सुत्केरीले भरपर्दाे उपचार नपाएरै अकालमा ज्यान गुमाउनु परेको छ। आव ०७४ र ०७५ मा मुगु र जाजरकोट जिल्लामा १० र १० जना सुत्केरीको मृत्यु भएको छ। डोल्पामा २, हुम्लामा १, कालिकोटमा ४, दैलेख र रुकुममा एक एक र सुर्खेतमा ८ जना सुत्केरीको अकालमा मृत्यु भएको छ।

सुत्केरीको अवस्था नाजुक भएपछि मात्रै स्वास्थ्य संस्था लैजाने प्रवृत्तिका कारण कर्णालीमा स्वास्थ्य संस्थामा ल्याए पनि मृत्यु हुने गरेको तथ्यांक देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतका तथ्यांक अधिकृत विनोद आचार्यले बताए।

गरिब तथा विपन्न प्रदेशको उपमा पाएको यस प्रदेशका महिलाहरू गुणस्तरीय स्वास्थ्य सेवा नपाएका कारण नै जोखिममा छन्। स्वास्थ्य संस्थासम्म सुत्केरी तथा गर्भवती महिलाको सहज पहुँच छैन। जसले उनीहरु स्वास्थ्यका दृष्टिकोणले निकै असुरक्षित छन्। बर्सेनी सुत्केरी र गर्भवती समयमा उपचार नपाएर ज्यान गुमाउन बाध्य छन्। भौगोलिक रूपमा दुर्गम भएकाले पनि यहाँका महिलाको स्वास्थ्य संस्थासम्म सहज पहुँच छैन। समयमा स्वास्थ्य सेवा नपाउँदा बीच बाटोमा ज्यान जाने गरेको छ।

कर्णालीका ७९ वटा स्थानीय तहमा स्वास्थ्य संस्था भए पनि उपयुक्त प्रविधि र गुणस्तरीय सेवा पुग्न सकेको छैन। जिल्ला अस्पतालले समेत उपचारका लागि रेफर गर्नुपर्ने अवस्था छ। प्रविधि, जनशक्ति र उपकरण अभावका कारण ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाहरूको सेवा भरपर्दो छैन। जसले गर्दा जिल्ला तहका अस्पतालबाट बाह्य जिल्ला पठाउनु परेको छ।

नेपालको संविधानको भाग ३ दफा ३८ (२) मा सुरक्षित मातृत्व प्रजनन् दर र स्वास्थ्यसम्बन्धी हक अन्तर्गत प्रत्येक महिलालाई नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेको गैरसरकारी तथा निजी स्वास्थ्य संस्थाबाट प्रसूति सेवा पाउने भनेर लेखिए तापनि कर्णालीका महिलाले गुण्स्तरीय सेवा पाउन सकेका छैनन्। यहाँका हिमाली जिल्ला डोल्पा, हुम्ला, जुम्ला, मुगुबाट सुत्केरीलाई थप उपचारका लागि लाखौं खर्चेर कर्णाली प्रदेश अस्पताल सुर्खेत, काठमाडौं, नेपालगञ्जसम्म पुग्नुपर्ने बाध्यता हटेको छैन।

‘सुत्केरी तथा गर्भवती महिलाको मृत्युको कारण एउटै हो भन्न सकिने अवस्था हुँदैन’, तथ्यांक अधिकृत आचार्यले भने, ‘जनचेतनाको कमी, भौगोलिक विकटता, परम्परागत सोच, भौतिक संरचनाको अपर्याप्तताका कारण पनि महिलाहरू स्वास्थ्य सेवाको पहुँच भन्दा बाहिर छन्।’ साथै उनले अन्य प्रदेशको तुलनामा कर्णालीको मातृ मृत्युदर न्यून भएको दावी गरे।

केन्द्र र प्रदेश सरकारले कर्णाली लक्षित गरी सञ्चालन गरेको एयर एम्बुलेन्स पनि विपन्न परिवारका लागि उपयोगमा आउन सकेको छैन। टाठाबाठा र नेताकै आफन्तका लागि प्रयोग हुने गरेको छ। चालू आर्थिक वर्षमा करिब १३ जनाले एयर एम्बुलेन्सको उपयोग गरेका छन्। 

सुर्खेतको पञ्चपुरी नगरपालिकाले सुत्केरीलाई स्वास्थ्य संस्थामा आएर नियमित गर्भजाँच गरुन् र सुत्केरी पनि स्वास्थ्य संस्थामा नै हुन्, यदि अन्य अस्पतालमा रेफर गर्नुपरे पनि यातायात खर्च होस् भन्नका लागि नगरकार्यपालिकाले सुत्केरी प्रोत्साहन भत्तासम्बन्धी भत्ता २०७४ नीति कार्यान्वयन गरेको छ।

यस्तै कर्णाली प्रदेश सरकाले प्रोत्साहनस्वरुप केन्द्रले दिएको रकममा २ हजार थप दिने भएको छ। कर्णाली प्रदेशका गाडी नपुगेका हिमाली जिल्लाका सुत्केरीरीलाई आपतकालीन हवाइ सेवाको व्यवस्था गरिने आर्थिक वर्ष २०७६/०७७ को बजेटमा सम्बोधन गरिएको छ। 

- स्वास्थ्यखबरबाट

प्रकाशित मिति: बुधबार, असार ११, २०७६  १२:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने
जनताको घरदैलोमा पुगेर असन्तुष्टि सुन्छौँ : माधव नेपाल
अन्तर्राष्ट्रिय स्तरमा नेपालको ब्राण्ड बन्दै एनपीएल
सम्बन्धित सामग्री
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ किराँत समुदायले दशैंको टीका बहिष्कार गर्ने अभियान चलाए पनि पूर्व सभामुख तथा नेकपा एमालेका नेता सुवास नेम्वाङले दशैंमा टीका लगाउन कहि... बिहीबार, कात्तिक ५, २०८३
वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य मन्दिरको भव्यताले एकछिन रोकिएर हेर्न बाध्य बनाउँथ्यो । तर हाम्रो ध्यान मन्दिरको बनावटमा मात्र अडिएन । मन्दिरको ढोका बन्द थियो, बन्द... मंगलबार, कात्तिक ३, २०८३
प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुल्ने लगातारको हिमपातले अवरुद्ध बनेको कर्णाली करिडोरअन्तर्गत हुम्लाको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुलाउन काम जारी राखिएको छ । नाम्खा गा... सोमबार, कात्तिक २, २०८३
ताजा समाचारसबै
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
जनताको घरदैलोमा पुगेर असन्तुष्टि सुन्छौँ : माधव नेपाल शनिबार, कात्तिक ७, २०८३
अन्तर्राष्ट्रिय स्तरमा नेपालको ब्राण्ड बन्दै एनपीएल शनिबार, कात्तिक ७, २०८३
प्रचण्डको दाबी : नेपाल नयाँ भूराजनीतिक चलखेलको भूमरीमा शनिबार, कात्तिक ७, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्