• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, साउन २३, २०८३ Sat, Aug 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

कर्णालीका आमा जो सुत्केरी हुनै नसकेर ज्यान फाल्न बाध्य छन्

64x64
नेपाल लाइभ बुधबार, असार ११, २०७६  १२:२२
1140x725

सुर्खेत– कालीकोटको नरहरिनाथ गाउँपालिका ७ की २० वर्षीया मीना शाहीको गत चैत २ गते मृत्यु भयो। राति घरमै मृत शिशु जन्माएकी मीनालार्ई थप उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो।

बच्चा जन्मे पनि साल निस्कन नसक्दा बेहोस भएकी मीनाको सामान्य उपचार जिल्ला अस्पताल कालिकोटमा गरियो।

जिल्ला अस्पताल कालिकोटका प्रमुख डा भीष्म पोखरेलका अनुसार बिरामीको अवस्था गम्भीर भएकाले कर्णाली प्रदेश अस्पताल सुर्खेतमा रेफर गरिएको थियो।  प्रदेश अस्पताल ल्याउने क्रममा उनको मृत्यु भयो।

मीनाले बारम्बार आफ्नो ज्यान जोगाइदिन आग्रह गरे पनि उनको बाँच्ने चाहना भने पूरा हुन सकेन। मीनाकी सासु जुलुले भनिन्, ‘अलिकति राम्रो औषधि उपचार पाएको भए मेरी बुहारी बाँच्ने थिइन्।’

कालिकोटमा सुत्केरीको मृत्युको घटना सेलाउन नपाउँदै चैत ९ गते दैलेखको आठबीस नगरपालिका वडा नं. ५ की पवित्रा चौलागाई निकै जोखिम मोलेर सुत्केरी भइन्। पवित्रालाई घरमै सुत्केरी व्यथाले च्यापेको थियो।

तीन दिन लामो सुत्केरी व्यथा लागेकी उनलाई राकम कर्णाली स्वास्थ्य चौकीले त्यो दिन नै सुर्खेत लैजान रेफर गरेको थियो। तर, आठबीसमा रहेका दुई वटा एम्बुलेन्समध्ये सात्तालाको एम्बुलेन्स बिग्रिएको थियो। सिंगौडीको एम्बुलेन्स नेपालगञ्जमा रहेका कारण समयमै सुत्केरीको उद्धार नभएको उनका परिवारको भनाइ छ। 

थप उपचारका लागि वीरेन्द्रनगर ल्याउनसक्ने अवस्था नभएपछि बीच बाटोमै हातले बच्चा झिकेर सुत्केरी गराइयो। ‘जोखिमपूर्ण अवस्थामा सुत्केरी हुँदा बच्चालाई जोगाउन सकिएन’, आठबीस नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष मुक्तिप्रसाद उपाध्यायले भने, ‘आमाको ज्यान खतरामा भएकाले घरमै हातले बच्चा तानियो।’ समयमा अस्पतालसम्म पुु¥याउने भरपर्दाे साधन नहुँदा चौलागाईंले बच्चा गुमाउनुपर्‍यो।

दैलेखको आठबीस नगरपालिका वडा नं. ५ पिपलकोट तोलीचाखाकी कृष्णा कसेरालाई गत असार ५ सुत्केरी व्यथा लाग्यो। लामो समय व्यथा लागेकाले उनको स्वास्थ्य अवस्था गम्भीर थियो। अस्पताल पुयाएर ज्यान जोगाइदिन कृष्णाले गुहार मागेकी थिइन्। तर, स्वास्थ्य चौकी पुगेर ज्यान जोगाउने कृष्णाको चाहना पूरा हुन सकेन। बाटोमै जन्मिएका शिशु र कृष्णा दुवैको मृत्यु भयो।

nimb
nimb
Ncell 2
Ncell 2

१५ वर्षकै उमेरमा आमा बन्न लागेकी उनले स्वास्थ्य चौकी लैजाँदै गर्दा बाटोमै ज्यान गुमाउनुपर्‍यो। कृष्णाका परिवारका अनुसार नियमित स्वास्थ्य चेकअपमा आउँदा आमाको उचाइ र तौल एकदमै कम अर्थात् ४३ केजी मात्र थियो।

भरपर्दाे स्वास्थ्य सेवा र पहुँच नभएको कर्णालीमा बिरामीले भगवानकै भरोसामा बाँच्नुपर्ने बाध्यता छ। गर्भवती तथा सुत्केरी महिला, नवजात शिशुको स्वास्थ्य दिनहुँ जोखिममा पर्ने गरेको छ। भरपर्दाे र समयमा उपचार नपाएका कारण कृष्णा, मिना जस्ता सुत्केरीहरुले अकालमा मृत्युवरण गर्नुपरेको छ भने थुप्रै महिलाले नवजात शिशु गुमाउनु परेको स्वास्थ्य निर्देशनालय कर्णाली प्रदेशका शाखा अधिकृत लक्ष्मीप्रसाद भट्टराईले बताए। 

कर्णाली प्रदेशका दस जिल्ला सुर्खेत, दैलेख, कालिकोट, रुकुम, सल्यान, जाजरकोट, डोल्पा, जुम्ला, मुगु र हुम्लामा आर्थिक वर्ष २०७२/७३ मा १३ जना सुत्केरी महिलाको मृत्यु भएको थियो।

कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको तथ्याङ्कका अनुसार आव २०७३÷७४ मा १८ जनाले ज्यान गुमाएका थिए भने आव २०७४/७५ मा ३७ जना सुत्केरीले अकालमा ज्यान गुमाइसकेका छन्। निर्देशनालयका अनुसार ५५.७ प्रतिशत महिलाले दक्ष स्वास्थ्यकर्मीको सहयोगमा सुत्केरी हुने गरेका छन्।

यसैगरी ६७.३ प्रतिशत महिलाहरु स्वास्थ्य संस्थामा सुत्केरी हुने गरेका छन् भने ३५ प्रतिशतमा रक्तअल्पता हुनेगरेको निर्देशनालयको तथ्यांकले देखाउँछ। तथ्यांकका अनुसार १५ प्रतिशत सुत्केरी महिलामा उच्च रक्तचाप हुने गरेको छ। वार्षिक रुपमा उल्लेखित तथ्यांकले कर्णाली प्रदेशका गर्भवती तथा सुत्केरी महिलाहरूको असुरक्षित अवस्था दर्शाउँछ।

स्वास्थ्य सुविधा गुणस्तर नभएका कारण कर्णाली प्रदेशमा मातृ मृत्युदर बढ्दै गएको छ। विगत तीन वर्षको तथ्यांक हेर्दा कर्णालीका सुत्केरीहरु असुरक्षित अवस्थामा रहेको देखाउँछ। कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो समयमा मातृ मृत्युदर बढ्दै गएको हो। घरमै सुत्केरी हुनाले पनि आमाहरूको ज्यान जोखिममा पर्ने गरेको छ। तर स्वास्थ्य संस्थामा पुगेका सुत्केरीको मृत्यु पनि बढ्दो छ। 

आर्थिक वर्ष २०७३/७४ मा समुदायमा सुत्केरी हुने १२ जना र अस्पतालमा ६ जना सुत्केरीको मृत्यु भएको छ। यस्तै, गत आर्थिक वर्ष २०७४÷७५ मा ३२ जना सुत्केरीको समुदायमा मृत्यु भएको छ। जुन विगतका वर्षको तुलनामा अस्वभाविक रूपमा बढेको मृत्युदर हो। स्वास्थ्य सेवाको पहुँचमा पुगेका ५ जना सुत्केरीले ज्यान गुमाएको कर्णाली स्वास्थ्य निर्देशनालयका तथ्यांकंक अधिकृत विनोद आचार्यले बताए। 

विगत तीन वर्षको तथ्यांक अनुसार कर्णाली प्रदेशका दैलेख, कालिकोट, मुगु र जाजरकोटमा सुत्केरी हुने बेलामा मृत्यु हुनेहरुको संख्या बढी छ। सुत्केरीको मृत्यु हुने दर विकट जिल्लाका अशिक्षित समुदायमा नै बढिरहेको छ। समुदायमा सुत्केरीको स्वास्थ्य उपचार नपाएकै कारण मृत्यु हुने गरेको प्रदेश स्वास्थ्य निर्देशनालयकी सामुदायिक स्वास्थ्यकर्ता मानकुमारी गुरुङले बताइन्।

आव २०७२/०७३ मा डोल्पामा २, मुगुमा १, हुम्लामा २, जुम्लामा १, दैलेख र सुर्खेतमा ३/३ सल्यानमा १ जना सुत्केरीको मृत्यु भएको थियो। यस्तै आव ०७३/०७४ मा कालिकोटमा ५, दैलेखमा ६, जाजरकोटमा ४ र सुर्खेतमा ३ जना सुत्केरीले भरपर्दाे उपचार नपाएरै अकालमा ज्यान गुमाउनु परेको छ। आव ०७४ र ०७५ मा मुगु र जाजरकोट जिल्लामा १० र १० जना सुत्केरीको मृत्यु भएको छ। डोल्पामा २, हुम्लामा १, कालिकोटमा ४, दैलेख र रुकुममा एक एक र सुर्खेतमा ८ जना सुत्केरीको अकालमा मृत्यु भएको छ।

सुत्केरीको अवस्था नाजुक भएपछि मात्रै स्वास्थ्य संस्था लैजाने प्रवृत्तिका कारण कर्णालीमा स्वास्थ्य संस्थामा ल्याए पनि मृत्यु हुने गरेको तथ्यांक देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतका तथ्यांक अधिकृत विनोद आचार्यले बताए।

गरिब तथा विपन्न प्रदेशको उपमा पाएको यस प्रदेशका महिलाहरू गुणस्तरीय स्वास्थ्य सेवा नपाएका कारण नै जोखिममा छन्। स्वास्थ्य संस्थासम्म सुत्केरी तथा गर्भवती महिलाको सहज पहुँच छैन। जसले उनीहरु स्वास्थ्यका दृष्टिकोणले निकै असुरक्षित छन्। बर्सेनी सुत्केरी र गर्भवती समयमा उपचार नपाएर ज्यान गुमाउन बाध्य छन्। भौगोलिक रूपमा दुर्गम भएकाले पनि यहाँका महिलाको स्वास्थ्य संस्थासम्म सहज पहुँच छैन। समयमा स्वास्थ्य सेवा नपाउँदा बीच बाटोमा ज्यान जाने गरेको छ।

कर्णालीका ७९ वटा स्थानीय तहमा स्वास्थ्य संस्था भए पनि उपयुक्त प्रविधि र गुणस्तरीय सेवा पुग्न सकेको छैन। जिल्ला अस्पतालले समेत उपचारका लागि रेफर गर्नुपर्ने अवस्था छ। प्रविधि, जनशक्ति र उपकरण अभावका कारण ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाहरूको सेवा भरपर्दो छैन। जसले गर्दा जिल्ला तहका अस्पतालबाट बाह्य जिल्ला पठाउनु परेको छ।

नेपालको संविधानको भाग ३ दफा ३८ (२) मा सुरक्षित मातृत्व प्रजनन् दर र स्वास्थ्यसम्बन्धी हक अन्तर्गत प्रत्येक महिलालाई नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेको गैरसरकारी तथा निजी स्वास्थ्य संस्थाबाट प्रसूति सेवा पाउने भनेर लेखिए तापनि कर्णालीका महिलाले गुण्स्तरीय सेवा पाउन सकेका छैनन्। यहाँका हिमाली जिल्ला डोल्पा, हुम्ला, जुम्ला, मुगुबाट सुत्केरीलाई थप उपचारका लागि लाखौं खर्चेर कर्णाली प्रदेश अस्पताल सुर्खेत, काठमाडौं, नेपालगञ्जसम्म पुग्नुपर्ने बाध्यता हटेको छैन।

‘सुत्केरी तथा गर्भवती महिलाको मृत्युको कारण एउटै हो भन्न सकिने अवस्था हुँदैन’, तथ्यांक अधिकृत आचार्यले भने, ‘जनचेतनाको कमी, भौगोलिक विकटता, परम्परागत सोच, भौतिक संरचनाको अपर्याप्तताका कारण पनि महिलाहरू स्वास्थ्य सेवाको पहुँच भन्दा बाहिर छन्।’ साथै उनले अन्य प्रदेशको तुलनामा कर्णालीको मातृ मृत्युदर न्यून भएको दावी गरे।

केन्द्र र प्रदेश सरकारले कर्णाली लक्षित गरी सञ्चालन गरेको एयर एम्बुलेन्स पनि विपन्न परिवारका लागि उपयोगमा आउन सकेको छैन। टाठाबाठा र नेताकै आफन्तका लागि प्रयोग हुने गरेको छ। चालू आर्थिक वर्षमा करिब १३ जनाले एयर एम्बुलेन्सको उपयोग गरेका छन्। 

सुर्खेतको पञ्चपुरी नगरपालिकाले सुत्केरीलाई स्वास्थ्य संस्थामा आएर नियमित गर्भजाँच गरुन् र सुत्केरी पनि स्वास्थ्य संस्थामा नै हुन्, यदि अन्य अस्पतालमा रेफर गर्नुपरे पनि यातायात खर्च होस् भन्नका लागि नगरकार्यपालिकाले सुत्केरी प्रोत्साहन भत्तासम्बन्धी भत्ता २०७४ नीति कार्यान्वयन गरेको छ।

यस्तै कर्णाली प्रदेश सरकाले प्रोत्साहनस्वरुप केन्द्रले दिएको रकममा २ हजार थप दिने भएको छ। कर्णाली प्रदेशका गाडी नपुगेका हिमाली जिल्लाका सुत्केरीरीलाई आपतकालीन हवाइ सेवाको व्यवस्था गरिने आर्थिक वर्ष २०७६/०७७ को बजेटमा सम्बोधन गरिएको छ। 

- स्वास्थ्यखबरबाट

प्रकाशित मिति: बुधबार, असार ११, २०७६  १२:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मैदानबाट भाग्ने वा लुकेर बस्ने समय होइन, एकताबद्ध हुने बेला हो : राजेन्द्र लिङदेन
एनपिएलमा पहिलो विदेशले पाए कप्तानी जनकपुर बोल्ट्सको कप्तानी हरमितले गर्ने
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि
सम्बन्धित सामग्री
बालबालिकालाई मायाले दिइने 'गुलियो' नयाँ जनस्वास्थ्य संकट, के भन्छन् विज्ञ? भर्खरै दुई वर्ष पार गरेका यी बालकको जिब्रोले प्राकृतिक रैथाने खाना भन्दा बढी बजारका प्रशोधित र गुलिया खानेकुराहरु चकलेट, विस्कुट, लल... शुक्रबार, जेठ १५, २०८३
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
ताजा समाचारसबै
मैदानबाट भाग्ने वा लुकेर बस्ने समय होइन, एकताबद्ध हुने बेला हो : राजेन्द्र लिङदेन शनिबार, साउन २३, २०८३
एनपिएलमा पहिलो विदेशले पाए कप्तानी जनकपुर बोल्ट्सको कप्तानी हरमितले गर्ने शनिबार, साउन २३, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
कालिकोटमा स्वास्थ्यकर्मीमाथि आक्रमण : स्थानीय किन आक्रोशित भए? शनिबार, साउन २३, २०८३
कनक–कुन्द दीक्षितले जितेको मुद्दा उल्टाउन सरकारले दिएको पुनरवलोकन निवेदनको सुनुवाइ गर्दै सर्वोच्च शनिबार, साउन २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
कर प्रणालीमा व्यापक सुधार गर्दै सरकार शुक्रबार, साउन २२, २०८३
मध्यरातमा प्रधानमन्त्रीले किन लेखे–एक्लै लड्नुपर्ने हुन्छ? शनिबार, साउन २३, २०८३
२५० रुपैयाँको सामान किनेका उपभोक्तालाई १० लाख उपहार शुक्रबार, साउन २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल बिहीबार, साउन २१, २०८३
कर प्रणालीमा व्यापक सुधार गर्दै सरकार शुक्रबार, साउन २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्