मुम्बई- केही दिनअघि मात्रै विश्वभर योग दिवश मनाइयो। योगसँग जोडिएका र आफूलाई योगको साधनाबाटै चुस्त-दुरुस्त राख्न सफल केही बलिउड कलाकारमध्येमा पर्छिन् शिल्पा शेट्टी। अन्तर्राष्ट्रिय योग दिवसका दिन यस वर्ष पनि उनको सक्रियता अन्य सेलिब्रिटीको भन्दा बढी र फरक थियो।
यसमा चर्चित नायिकाको योगप्रतिको लगाव, बाबा रामदेवको योगको अनुसरण तथा उनको तन्दुरुस्त शरीर नै प्रमुख मानिएको छ।

उनले आफ्नो शरीरलाई कसरी फिटनेस राख्ने भन्ने बारेमा विभिन्न सिडी तथा भिडियो सामाग्रीहरु प्रकाशन गरिसकेकी छिन्। सामाजिक सञ्जालमा उनले योग र व्यायाम गरिरहेको भिडियो निक्कै रुचाउने गरिएको छ।
शिल्पाले योगबाट सहजरुपमा शरीरको वजन घटाउन सकिने दाबी समेत गर्छिन्। 'यदि योगबाट तपाईं शरीरको वजन घट्दैन भन्ने मान्नुहुन्छ भने तपाईं गलत हुनुहुन्छ,' शिल्पा भन्छिन्।
उनले योगले आफ्नो जीवनमा थप खुसी दिन सहयोग पुर्याएको समेत बताउने गरेकी छिन्। उाले भनिन्, 'राजले समेत योग गर्न सुरु गरेका छन्। उनले ८ किलो वजन कम गरिसकेका छन्।'
शिल्पाको डाइटिङको बारेमा के धारणा छ त? उनी भन्छिन्-

'हरेक व्यक्तिलाई आफ्नो खानाको बारेमा जानकारी र सचेत हुनु जरुरी छ। यदि तपाईं अनुपातमा हेर्नुहुन्छ भने शरीरलाई तन्दुरुस्त बनाउन काम, जिम र योगको हिस्सा ३० प्रतिशत मात्रै हुन्छ। ७० प्रतिशत हिस्सा त सन्तुलिन भोजनमै निर्भर गर्छ। तर, डाइटको यो मतलब भने होइन कि तपाईं आफ्नो खानामा तेल राख्न बन्द गर्नुस्।
म त आलुजिरा धेरै खान्छु। खोइ किन हो मान्छे आलुसँग डराउँछन्। कसले भन्छ आलु खाएर मानिस मोटो हुन्छ? कसले भन्छ कि ओलिभको तेलमा मात्रै खाना पकाउनुहोस्? म त खानामा बिना हिच्किचाहट घिउ राखेर खान्छु। घिउबिना त मेरो खाना नै अधुरो हुन्छ।

यो समय दिनचर्यामा दौडधुप सामान्य कुरा भएको छ। हामी सबै कुनै न कुनै समय डाक्टरकोमा पुग्छौं र औषधि सेवन गर्छौं। तर, प्राकृतिक रुपमा प्राप्त योगको भने कोही पनि उपयोग गर्दैन।
यदि तपाईंको शरीर लचिलो छ भन्ने लाग्दैन भने पनि तपाईं योग गर्न सक्नहुन्छ। योग जोकोहीले पनि गर्नसक्छ, बालक या वृद्ध। म पनि सुरुमा धेरै योगासन गर्न असमर्थ हुन्थे। यसको मतलब यो होइन की योग गर्न पुरापूर छोडिदिऊँ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।