काठमाडौं– भक्तपुरमा डोजरको ठक्करबाट बालिकाको मृत्यु भएको छ। चाँगुनाराण नगरपालिका–९ ताथली स्थित महालक्ष्मी ईट्टा भट्टामा बा.२ क २०५८ नम्बरको डोजरले माटो सम्याउने क्रममा ईट्टा भट्टामा काम गर्ने काभ्रेको जैशीथोक घर भएकी संगिता माझी तामाङको १५ महिनाको छोरी रितिका तामाङलाई ठक्कर दिएको थियो।
गम्भीर घाइते भएकी बालिकाको उपचारको लागी सिद्धि स्मृति अस्पताल आदर्श चोकमा मृत्यु भएको हो। घटनापछि पीडित पक्षले डोजर आगजनी गरी क्षति पु¥याएका छन् । डोजर चालक फरार भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।