धनगढी- पुनर्वास नगरपालिकाको नगर अधिवेशन उद्घाटन गर्न निर्वाचन क्षेत्र आउँदै गरेकी खानेपानी तथा सरसफाई मन्त्री बिना मगरलाई प्रतिपक्षी दल नेपाली कांग्रेस कार्यकर्ताले कालो झन्डा देखाउने क्रममा झडप भएको छ। नेकपाका कार्यकर्ताबीच झडप हुँदा ४ जना कांग्रेस कार्यकर्ता घाइते भएका छन्।
धनगढीबाट निर्वाचन क्षेत्र आउँदै गरेकी मन्त्री मगरलाई कालो झन्डा देखाउन पुनर्वास नगरपालिका १० डोकेबजार पुगेका कांग्रेस कार्यकर्ता र नेकपा कार्यकर्ताबीच झडप भएको हो। सो क्रममा कांग्रेस क्षेत्र नम्बर १ का सभापति गोपीप्रसाद उपाध्याय, बेलौरी नगर सचिव विक्रम चन्द, हरेन्द्रसिह बिष्ट र कृष्णबहादुर चन्द घाइते भएका छन्।
घाइतेहरुको कैलालीको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ।
कांग्रेसले मन्त्री मगरलाई कालो झन्डा देखाउने कार्यक्रम तय भएपछि झन्डै ३ सय सुरक्षाकर्मी परिचालन गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।