चौतारा- जिल्ला अदालत सिन्धुपाल्चोकले चौतारा साँगाचोकगढी नगरपालिका–११ का विदुर गिरीलाई बालिका बलात्कार गरेकामा १० वर्ष कैद र पीडितलाई रु ५० हजार क्षतिपूर्ति भराउने फैसला गरेको छ।
जिल्ला न्यायाधीश दीपक खनालको एकल इजलासले बिहीबार उक्त फैसला गरेको हो। अपाङ्गतायुक्त पीडकले बालिकालाई चकलेट दिई ललाइफकाई घरमै बलात्कार गरेका थिए। घटनामा संलग्न दोषीमाथि गत कात्तिक ३ गते जिल्ला अदालतमा मुद्दा दायर भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।