काबुल– अफगानिस्तानको राजधानी काबुल नजिकै दास्त–आई–बार्ची भन्ने ठाउँमा भएका दुई आत्मघाती बम हमलामा परी ४१ जनाको मृत्यु भएको छ।
घटनामा ८४ जना घाइते भएको अफगानी सुरक्षा अधिकारीले जनाएका छन्।
जनस्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहिद मजरोहले घटनाबारे सञ्चारकर्मीलाई जानकारी दिँदै भने, 'घटनामा ४ महिला, २ बालबालिकासहित ४१ जनाको मृत्यु भएको छ। ८ महिलासहित ८४ जना घाइते छन्।'
दास्त–आई–बार्चीस्थित तेब्यान सामाजिक तथा सांस्कृतिक केन्द्रमा बिहानको समयमा गराइएको विस्फोटमा घाइते भएकामध्ये ५ जनाको अवस्था गम्भीर रहेको सुरक्षाकर्मीले बताएका छन्।
विस्फोट लक्षित गरिएको भवनमा स्थानीय समाचार माध्यम सादा–ए–अफगान न्युज एजेन्सीको कार्यालयसमेत रहेको बताइएको छ।
घटनाको स्लामिक स्टेट (आइएस) ले जिम्मेवारी लिएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।