काठमाडौं- नेपाल खाद्य संस्थानले आफ्नो भण्डार क्षमता बढाउने तयारी गरेको छ।
संस्थानले सुर्खेत र कैलालीको टीकापुरमा खाद्य सामग्री भण्डारणका लागि क्षमता बढाउन लागेको छ। संस्थानले सुर्खेतमा २० हजार र टीकापुरमा १० हजार क्विन्टल क्षमताका दुई गोदाम बनाउन लागेको संस्थानका निमित्त महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिए। अहिले देशका विभिन्न स्थानमा संस्थानसँग १० लाख २ सय क्विन्टल खाद्यान्न भण्डारण गर्ने सक्ने गोदाम छन्।
यसैबीच संस्थानले यस वर्ष दुई लाख ७६ हजार क्विन्टल धान संकलन गर्ने भएको छ। धान उत्पादन हुने जिल्लाबाट धान संकलन गरिने खनालले बताए।
अहिले बाँके, कैलाली र कञ्चनपुरबाट धान संकलन भइरहेको छ। ती स्थानबाट ४२ हजार ९४३ क्विन्टल धान संकलन गरिनेछ। यसैगरी रुपन्देही, पर्सा, सिरहा, झापा, धनुषा र मोरङबाट पनि धान संकलन गरिने संस्थानको तयारी छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।