धनगढी- कैलालीको गौरीगंगा नगरपालिकाको कार्यालयमा बम विस्फोट गराइएको छ।
आज बिहान ४ बजे नगरपालिकाको कार्यालयमै बम विस्फोट गराइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
राति १ बजे नगरपालिकाका सुरक्षा गार्ड र प्रहरीले १ जनालाई झोला नगरपालिकामा फालेर जंगलतिर गएको देखेपछि बिहान डिस्पोजका लागि टिम बोलाइएको थियो।
तर, डिस्पोज टिम पुग्नु अगावै बिहान ४ बजे बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। बम विस्फोट भए पनि क्षति भने नभएको उनले बताए।
सो क्षेत्रमा अहिले सुरक्षा व्यवस्था कडा बनाइएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।