काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडासमक्ष कर्मचारी सञ्चयकोषको आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन कोषका अध्यक्ष एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शिशिरकुमार ढुङ्गानाले पेस गरेका छन्।
सो अवसरमा अर्थमन्त्री डा खतिवडाले कोषको उपयोग पूर्वाधार विकास लगायत क्षेत्रमा बढाउनुपर्ने धारणा राखेका सहसचिव एवं प्रवक्ता उत्तरकुमार खत्रीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। साथै उनले संस्थामा रहेको ठूलो कोषलाई सक्षम रुपमा दीर्घकालसम्म प्रतिफल दिने र तरलता व्यवस्थापनलाई सहज बनाउनेतर्फ लगानी केन्द्रित हुनुपर्ने बताए।
मन्त्री डा खतिवडाले सञ्चयकर्ताका लागि छुट्टाछुट्टै निजी आवास निर्माणभन्दा बृहत्तर सोचका साथ सम्पूर्ण सुविधायुक्त आवास क्षेत्र निर्माणमा समेत जोड दिएका विज्ञप्तिमा उल्लेख छ।
आव २०७४/७५ सम्म कोषमा करीब ३३ हजार कार्यालय र ६ लाख सञ्चयकर्ता आबद्ध छन्। विस २०७५ असारसम्म ३ सय १२ अर्ब रुपैयाँ स्रोत रहेको कोषले २६ अर्ब ७० करोड रुपैयाँ आम्दानी गरी ३ अर्ब ९४ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको विज्ञप्तिमा जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।