त्रिशूली, नुवाकोट – विदुर नगरपालिका वडा नं १ त्रिशूली बस्ने एक युवकलाई किशोरी बलात्कारको आरोपमा पक्राउ गरिएको छ।
एक किशोरीलाई जबर्जस्ती करणी गरेका कारण १७ वर्षीय राजेश तामाङलाई पक्राउ गरी कारवाहीका लागि जबर्जस्ती करणी ऐनअन्तर्गत मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए।
मंगलबार साँझ भएको घटनाको बुधबार उजुरी परेपछि आरोपित युवकलाई पक्राउ गरी आज मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।