काठमाडौं- भारतका विभिन्न सहरमा सिटी सेल्स मिसन सम्पन्न भएको छ। नेपाल पर्यटन बोर्डद्वारा आयोजित बोर्डर सिटी सेल्स मिसन २०१९ लखनऊमा जुन १७, वाराणसीमा जुन १९ र पटनामा जुन २१ मा सम्पन्न भएको हो।
२१ नेपाली ट्राभल कम्पनीहरुको सहभागिता रहेको यस सेल्स मिसन होटल संघ चितवन र सिद्धार्थनगरसँगको संयोजनमा भएको थियो।
सेल्स मिसनको उद्धेश्य नेपाली व्यवसायीहरुको भारतीय समकक्षी टुर अपरेटरहरु र ट्राभल एजेण्टससँग सम्बन्ध विस्तार र ब्यवसाय बृद्धि गरी नेपालमा बढी भन्दा बढी पर्यटक भित्र्याउने रहेको छ।
सहभागीहरुलाई नेपाल भ्रमण वर्ष २०२० र चलिरहेको लुम्बिनी भ्रमण वर्ष २०१८/०१९ को बारेमा जानकारी दिइयो।
बोर्डर सहरहरुबाट नेपालसँगको सम्पर्क सहज हुन भएकाले बोर्डले यी शहरहरुमा सेल्स मिसनको कार्यक्रम आयोजना गरेको हो।
तीन शहरमा २०० भारतीय समकक्षी अपरेटरहरुसँग नेपाली ब्यवसायीहरुले भेट्ने अवसर प्राप्त गरेका थिए।
स्थानीय सञ्चार माध्यमका पत्रकारहरुको पनि कार्यक्रममा उल्लेख्य उपस्थिति रहेको थियो।
हाल बुद्ध एअरले बनारस र कोलकत्तासम्मको काठमाण्डौंबाट सिधा उडान गरिरहेको सन्धर्वमा यस्ता व्यापार विस्तार गर्ने कार्यक्रमहरुले विशेष महत्व राख्ने गर्दछ।
नेपाल पर्यटन बोर्डबाट उक्त अवसरहरुमा बिमल कडँेल, प्रबन्धक, जानकी उपाध्याय, अधिकृत र सिर्जना श्रेष्ठ, अधिकृतको प्रतिनिधित्व तथा संयोजन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।