ताप्लेजुङ- ताप्लेजुङको सिरिजंघा गाउँपालिका–३ सिकैचामा श्रीमान्-श्रीमतीबीचको विवादले उग्ररुप लिएपछि घरमा आगलागी भएको छ।
घरायसी विषयमा विवाद हुँदा पछि श्रीमान् दिलबहादुर सावदेन (लिम्बू) ले घरमा आगो सल्काएका हुन्। राति करिब ९ बजे भएको आगलागीका कारण घर जलेर पूर्ण रुपमा नष्ट भएको छ।
स्थानीय केशर बराइलीका अनुसार घरसहित घरभित्र रहेका लत्ताकपडा, अन्नपात लगायतका सामान जलेर नष्ट हुँदा करिब रु दुई लाखभन्दा बढीको क्षति भएको छ।
आगलागी भएको दुई घन्टापछि मात्रै आगो नियन्त्रणमा आएको थियो। प्रहरीले भने घटनाका विषयमा बिहानमात्र जानकारी भएको र घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।