धनगढी- जिल्ला शिक्षा कार्यालय कैलाली नजिकै फेला परेको बम सेनाको टोलीले डिस्पोज गरेको छ।
कैलाली सदरमुकाम धनगढीमा रहेको जिल्ला शिक्षा कार्यालयभन्दा एक सय मिटर पश्चिम चौराहामा बिहान कालो प्लास्टिक र बट्टाजस्तो देखिने शंकास्पद वस्तु फेला परेको थियो। बम रहेको आशंकमा स्थानीयले सुरक्षाकर्मीलाई खबर गरेका थिए।
घटनास्थल आएको सेनाको टोलीले साढे १० बजे सो बम डिस्पोज गरेको हो। बम कसले राखेको हो भन्नेबारे खुल्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।