काठमाडौं- नेपाल पर्यटन बोर्डको आयोजना तथा नीजि क्षेत्र व्यवसायीहरुको सहभागितामा यूरोपको प्रमुख पर्यटन बजारहरु जुरिच, पेरिस र ब्रसेल्समा नेपाल सेल्स मिशन यूरोप २०१९सम्पन्न भएको छ।
यो मिसनको कार्यक्रम जुन १७ मा सुरु भई जुन २१ मा सम्पन्न भएको हो।
कार्यक्रमहरुमा संयुक्त राष्ट्र संघका लागि नेपाली नियोगका महामहिम राजदूत मणिप्रसाद भट्टराई, फ्रान्सका लागि महामहिम राजदूत दीपक अधिकारी र बेल्जियम, नेदरल्याण्डस र लक्जेम्बर्ग (बेनेलक्स)का लागि महामहिम राजदूत लोकबहादुर थापाले उपस्थित अन्तराष्ट्रिय ट्राभल एजेण्टस र टूर अपरेटरहरुलाई स्वागत सम्वोधन गरेका थिए।
सेल्स मिसनको उद्धेश्य नेपाली व्यवसायीहरुले युरोपयन समकक्षी टुर अपरेटरहरुसँग सम्बन्ध विस्तार र ब्यवसाय बृद्धि गरी नेपालमा बढी भन्दा बढी पर्यटक भित्र्याउने रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ।
बोर्डले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी फ्रेन्च भाषी बाहुल्यता भएको शहरहरुमा यो सेल्स मिसनको आयोजना गरिएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।