काठमाडौं- नेपाल पर्यटन बोर्डको कार्यकारी समिति (सञ्चालक बोर्ड)ले सिइओ (प्रमुख कार्यकारी अधिकृत) छनोटलाई पछि सार्दै सदस्य सचिव नियुक्ति गर्ने तयारी गरेको छ।
सञ्चालक बोर्डका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले आज सदस्य सचिव नियुक्तिको लागि बोर्ड बैठक डाकेका छन्। अध्यक्ष अधिकारीले सदस्य सचिव नभएको अवस्था सिइओ नियुक्ति गर्न नमिल्ने भन्दै सदस्य सचिव नियुक्तिका लागि बोर्ड बैठक डाकेको एक सञ्चाकले जानकारी दिए।
‘कानुनमा सदस्य सचिव नभएको अवस्थामा बोर्डको सिइओ नियुक्ति गर्न नमिल्ने विषय उल्लेख त छैन,’ ती सञ्चालकले भने, ‘सिइओ नियुक्तिलाई पछाडि धकेल्ने यो प्रपञ्च रचिएको हुन सक्छ।’ बोर्डको सदस्य सचिव सिइओ हुने हो। तर, सिइओ नभएको अवस्थामा कसैलाई जिम्मेवारी दिने तयारी भएको छ।
अधिकारीले आज साढे ४ बजे बोर्ड बैठक बोलाएका छन्। सिइओ छनोट उप समितिले गत आइतबार नै सिइओ छनोटका लागि ३ जनाको नाम रिफारिस गरेको थियो। तर, सिइओ छनोटमा प्रधानमन्त्री र मन्त्रीबीच विवाद हुँदा बोर्डले निर्णय गर्न सकेको छैन।
छनोट समितिले धनन्जय रेग्मी, हिकमत सिंह ऐर र दीपक बस्ताकोटीकाे नाम सिइओका लागि सिफारिस गरेको थियो। छनोट उपसमितिले गत आइतबार नै सर्ट लिष्टमा परेका ९ जनाबाट ३ जनाको नाम सिफारिस गरेको हाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।