• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

विभाग भन्छ– दसैंमा टिकट नपाउने र ठगिने अवस्था छैन, यात्रुको चापअनुसार बस थप्छौं : व्यवसायी

64x64
नेपाल लाइभ मंगलबार, असोज १४, २०७६  १२:५७
1140x725

काठमाडौं- अध्ययन वा विभिन्न पेसा व्यवसाय गर्न काठमाडौंमा अस्थायी बसोबास गर्नेको संख्या ठूलो छ। देशका अन्य सहरबाट गाउँ जाने र विदेश गएकाहरु समेत दसैं मान्न जन्मथलो जाने गरेका छन्। काठमाडौंबाट दसैं मनाउन आफ्नो गृहजिल्ला जानेको संख्या २० लाखभन्दा बढी रहेको बताउने गरिन्छ। 

यसको यकिन तथ्यांक भने न यातायात व्यवस्था विभागको संयन्त्रले राखेका छ न त ट्राफिक प्रहरीले नै। तथापि दसैंमा घर जानेको संख्या घटस्थापनादेखि उल्लेख्य रुपमा बढ्ने गरेको छ। सबैभन्दा धेरै यात्रु फूलपातीको दिन हुने यातायात व्यवसायीहरुको भनाइ छ। 

यात्रुलाई सुरक्षित र सहज रुपमा घर पुर्‍याउने व्यवस्था मिलाउन यातायात व्यवस्था विभागले आफ्नो तर्फबाट कुनै कसर बाँकी नराखेको महानिर्देशक गोगनबहादुर हमालले बताए। ‘हामीले विभागको सम्पूर्ण सम्यन्त्र अनुगमन लगायत सवारी व्यवस्थापनमा सहयोग पुर्‍याउन परिचालन गरेका छौं,’ उनले भने, ‘अहिलेसम्म कहीँ कतै टिकन नपाएको वा ठगिएको गुनासो आएको छैन। र आउन नदिन विभाग ट्राफिक प्रहरीसँग समन्यव गरेर लागिरहेको छ।’ 

यात्रुहरुको चापका आधारमा आवश्यकता अनुसार बसको संख्या थपिने व्यवस्था मिलाइएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए। ‘यात्रुहरुलाई सुरक्षित र सहज रुपमा गन्तव्यमा पुर्‍याउन महासंघ लागिरहेको छ,’ उनले भने, ‘यात्रुको चाप धेरै हुने रुटमा आवश्यकता अनुसार बस थपिनेछ।’

घटस्थापना लागेसँगै काठमाडौंबाट दैनिक डढे लाख यात्रु बाहिरिन थालेको सिटौलाले बताए। अब यो संख्या फूलपातीसम्म निरन्तर बढ्ने उनको भनाइ छ। 

१४ स्थानमा यात्रु सहायता कक्ष
यातायात व्यवस्था विभागले यात्रुहरुलाई सहजता होस भन्ने उद्देश्यले यात्रु सहायता कक्ष राखेको छ। काठमाडौंको नयाँ बसपार्क, कोटेश्वर, बल्खु, चाबहिल लगायत १४ स्थानमा यात्रु सहायता कक्ष राखिएको छ। त्यस्तै संघीय मानिला मन्त्रालयमार्फत ७ वटै प्रदेश र प्रदेश मन्त्रालयमार्फत ७ सय ५३ स्थानीय तहलाई यातायात व्यवस्थापनको विषयमा पत्राचार खरिएको विभागका महानिर्देशक हमालले जानकारी दिए। 

सार्वजनिक सवारीको रुट खुल्ला 
सरकार असोज १२ देखि सार्वजनिक यातायातको रुट खुल्ला गरेको छ। दसैंका लागि एक ठाउँबाट अर्को ठाउँमा जाने यात्रुलाई सहज वातावरणमा यात्रा गराउन विभागले असोज १२ गतेदेखि १९ गतेसम्म रुट परमिट खुल्ला गरेको हो।

यात्रुको चाप धेरै हुने समयमा आवागमन सहज होस भने बाटो इजाजत पत्र (रुट पर्मिट) खुल्ला गरिएको विभागका महानिर्देशक गोगन बहादुर हमालले बताए। विगतका वर्षहरुमा पनि सरकारले दसैंको समयमा सवारीको रुट पर्मिट खल्ला गर्ने गरेको थियो । यात्रुको चाप कम हुने रुटका सवारी धेरै यात्रु भएको रुटमा जान सकून् भनेर यस्तो निर्णय हुने गरेको हमालले बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

ठूला मालवाहक सवारीलाई काठमाडौं आउन रोक
घटस्थापनाको दिनदेखि विभागले १० चक्के र सोभन्दा ठूला मालवाहक सवारीसाधन कठमाडौं छिर्न निषेध गरेको छ।

यस्ता सवारीसाधनलाई चितवनको नारायणगढदेखि नै आवागमनमा रोक लगाइएको यातायात व्यवस्था विभागले जनाएको छ।

दसैंको समयमा एकैपटक धेरै सवारीसाधन सञ्चालन हुने र सडक जाम हुने समस्यालाई मध्यनजर गर्दै यो निर्णय भएको विभागले जनाएको छ। विभागले सूचना जारी गर्दै अत्यावश्यक खाद्यान्न, लत्ताकपडा, औषधि, तरकारी, मासुजन्य पदार्थ लगायत तत्कालै नाश भएर जाने सामग्रीबाहेक अन्य सबै १० चक्के र सोभन्दा ठूला मालवाहक सवारीलाई १९ गतेसम्मको लागि रोक लगाइएको जनाएको छ। यो निर्णयले यात्रुबाहक सवारीलाई प्राथमिकता दिने विभागको भनाइ छ। 

पासाङ ल्हामु र दोलखा जाने बाटो जोखिमपूर्ण
दोलखा जाने र नुवाकोट जाने बाटो निक्कै जोखिमपूर्ण रहेको यातायात व्यवसायीले बताएका छन्। नुवाकोट जाने पासाङ ल्हामु र टोखा–छहरे बाटो खराब भएका कारण बस सञ्चालन नै गर्ने नसक्ने अवस्था रहेको महासंघका महासचिव सरोज सिटौलाले बताए।

त्यस्तै दोलखा जाने बाटोको हालतसमेत उस्तै रहेको उनको भनाइ छ। यसमा सरकारले चासो नदिने हो भने यात्रुलाई सास्ती हुने र बस गुडाउनै नसकिने अवस्था आउने उनले बताए।

प्रकाशित मिति: मंगलबार, असोज १४, २०७६  १२:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी
भोटेकोशी बाढीको नामकरण गर्दै सरकार, सात सदस्यीय वैज्ञानिक समिति गठन
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना शनिबार, असोज ३, २०८३
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
भोटेकोशी बाढीको नामकरण गर्दै सरकार, सात सदस्यीय वैज्ञानिक समिति गठन शुक्रबार, असोज २, २०८३
माथिल्लो त्रिशूली–१ को सुरुङमा थप १८ शव भेटिए, निकाल्ने प्रयास जारी शुक्रबार, असोज २, २०८३
भारत–नेपाल आईजीएससी बैठक सम्पन्न, व्यापार र पारवहन सहकार्य बढाउने प्रतिबद्धता शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्