गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्रीले बालुवाटारमा सुरु गरे तरकारी खेतीप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र दिवसको अवसरमा सरकारी निवास बालुवाटार परिसरमा तरकारी खेतीको शुभारम्भ गरेका छन्। प्रधानमन्त्री प्रचण्डले निवास परिसरमा रहेको करेसाबारीमा आज (आइतबार) बिहान काउली, काँक्रो, घिरौला, करेला, मकै, फर्सी, खोर्सानी, बोडी, सिमी, भान्टा, धनीयाँ लगायतका बीउ र बेर्ना रोपेका हुन्। सोमबार, जेठ १५, २०८०