• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ २, २०८३ Sat, May 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

संक्रमणकालीन न्याय : मानवअधिकार आयोगले माग्यो कानुन मन्त्रालयसँग स्पष्टीकरण

64x64
नेपाल लाइभ आइतबार, असोज १४, २०७५  ०५:४४
1140x725

काठमाडौं– संक्रमणकालीन न्यायका मुद्दा सम्बोधनका लागि कानुन संशोधन गर्ने भन्दै केही महिना पहिले सार्वजनिक भएको मस्यौदाप्रति कानुनमन्त्री भानुभक्त ढकालले दिएको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण रहेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगले आधिकारिक जवाफ माग्दै पत्र लेखेको छ।

_x000D_ _x000D_

आयोगले आफूहरुलाई साक्षी किनारा राख्दै पूर्व कानुनमन्त्री शेरबहादुर तमाङले ऐनको मस्यौदा सार्वजनिक गरेको र त्यसकै आधारमा सुझाव समेत दिएको अवस्थामा कानुनमन्त्री ढकालले दिएको अभिव्यक्ति खेदपूर्ण रहेको आयोगको पत्रमा उल्लेख छ। कानुन मन्त्री ढकालले अन्तर्राष्ट्रिय बेपत्ता दिवसको अवसरमा आयोजित एक कार्यक्रममा मन्त्रालयले कुनै पनि मस्यौदा निर्माण नगरेको टिप्पणी गरेका थिए।

_x000D_ _x000D_

मन्त्रीले कुनै व्यक्तिले अर्कै प्रयोजनका लागि केही बनाएको भन्दै विधेयकको आलोचना गरेपछि आयोगले त्यसबारेमा आधिकारिक धारणा जानकारी गराउन माग गर्दै पत्र लेखेको हो।

_x000D_ _x000D_

आयोगकी सदस्य मोहना अन्सारीले मस्यौदा ऐनको बारेमा परस्पर दोहोरो कुरा आएपछि पत्र लेखिएको बताइन्।

_x000D_ _x000D_

‘पहिलाका कानुन मन्त्रीले आयोगले नै सार्वजनिक छलफलमा ल्याउनुपर्ने भन्दै मस्यौदा सार्वजनिक गरे,’ उनले भनिन्, ‘अहिलेका कानुन मन्त्रीले त्यस्तो कुनै मस्यौदा नरहेको टिप्पणी गरेपछि आयोग अन्योलमा परेर पत्र लेखिएको हो।’

_x000D_ _x000D_

कानुन मन्त्रालयका प्रवक्ता रमेश ढकालले मानवअधिकार आयोगबाट पत्र आएको स्वीकार गरे।

_x000D_ _x000D_

‘संक्रमणकालीन ऐनको संशोधन मस्यौदाका बारेमा पत्रमा जानकारी माग्दै पत्र आएको छ, हामी केही दिनमा जवाफ लेख्छौ,’ प्रवक्ता ढकालले भने ।

_x000D_ _x000D_

सर्वोच्च अदालतको आदेशअनुसार बेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोग गठन ऐन संशोधन गर्ने भन्दै असार ७ गते पीडितहरुलाई साक्षी राख्दै मस्यौदा सार्वजनिक गरिएको थियो। तत्कालीन कानुनमन्त्री शेरबहादुर तमाङले मानवअधिकार आयोगमा पुगेर आयोगका अध्यक्ष अनुपराज शर्मालाई साक्षी राखेर विधेयकको मस्यौदा सार्वजनिक गरेका थिए।

nimb
nimb
Ncell 2
Ncell 2
_x000D_ _x000D_

सरकारले निर्माण गरेको मस्यौदामा अध्ययन र औपचारिक जानकारीबिना आफ्नो कुनै पनि टिप्पणी नहुने उक्त दिन अध्यक्ष शर्माले बताएका थिए। तर, असार २४ गते सरकारले जारी गरेको विधेयकमाथि आयोगले ४१ बुँदे असन्तुष्टि सार्वजनिक गरेको थियो। आयोगले संशोधन विधेयक पीडितमैत्री नभएको, अन्तर्राष्ट्रिय कानुनको मापदण्ड र सर्वोच्चको फैसला नसमेटेको टिप्पणी गरेको थियो।

_x000D_ _x000D_

सरकारले २०७१ साल फागुनमा सर्वोच्च अदालतले गरेको फैसलाअनुसार ऐन संशोधन गर्ने भन्दै नयाँ मस्यौदा सार्वजनिक गरेको थियो। मस्यौदामा द्वन्द्वकालका घटनामा पीडक रहेको व्यक्तिलाई सजायमा ७५ प्रतिशतसम्म छुट दिनेलगायतका व्यवस्था समावेश गरिएको थियो। आयोगले विधेयकमा रहेका यस्ता व्यवस्थाहरु अन्तर्राष्ट्रिय अभ्याससँग मेल नखाने भनी संशोधन गर्न सुझाएको थियो।

_x000D_ _x000D_

अन्तर्राष्ट्रिय समुदायलाई पनि मान्य हुने भन्दै निर्माण भएको मस्यौदामा उनीहरुले आपत्ति जनाएपछि नयाँ कानुनमन्त्री ढकालले मस्यौदा नै सार्वजनिक नभएको तर्क गर्दै पन्छन खोजेका थिए।

_x000D_ _x000D_

आयोगले सशस्त्र द्वन्द्वमा बालबालिकाको प्रयोगलाई समेत ऐनमा समेट्न, अनमिनको प्रमाणीकरणमा अयोग्य भई बाहिर निकालिएका बाल सेनाहरु र बालबालिकाको प्रयोग गर्नेहरुमाथि कारबाही हुने व्यवस्था विधेयकमा समेट्न र सामान्य शारीरिक र मानसिक क्षतिको बारेमा पनि छानविन गर्ने व्यवस्था राख्न सुझाव दिएको थियो।  

_x000D_ _x000D_

२०५२ सालदेखि एक दशक चलेको द्वन्द्वकालीन मानवअधिकार हननको घटनाका दोषीलाई सजाय गर्न र समाजमा मेलमिलाप कायम गर्न सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको खोजी गर्न बेपत्ता छानविन आयोग गठन भएका हुन्।

_x000D_ _x000D_

मेलमिलाप आयोगमा ५० हजार उजुरी दर्ता भएका छन् भने बेपत्ता आयोगमा २८ सय २३ उजुरी परेका छन्। ती उजुरीमाथि दुवै आयोगले बल्ल अनुसन्धान सुरु गरेका छन्।

प्रकाशित मिति: आइतबार, असोज १४, २०७५  ०५:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कुशल भुर्तेलको शतकीय पारीमा अमेरिकामाथ नेपालको ९ विकेटको फराकिलो जित
अमेरिकाविरुद्ध कुशल भुर्तेलले बनाए शतक
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कुशल भुर्तेलको शतकीय पारीमा अमेरिकामाथ नेपालको ९ विकेटको फराकिलो जित शनिबार, जेठ २, २०८३
अमेरिकाविरुद्ध कुशल भुर्तेलले बनाए शतक शनिबार, जेठ २, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
सरकारलाई कांग्रेसको प्रश्न : नीति तथा कार्यक्रम कुनै ठट्टाको विषय होइन शनिबार, जेठ २, २०८३
हिमालचुलीको रोयल्टी समयमै विभाज्य कोषमा जम्मा गर्न संघलाई आग्रह शनिबार, जेठ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति पाण्डेलाई छाड्न आदेश शुक्रबार, जेठ १, २०८३
प्रधानमन्त्री बालेन शाहको राजीनामा माग्दै हर्क साम्पाङले जारी गरे विज्ञप्ति शुक्रबार, जेठ १, २०८३
अनुसन्धान विभाग फेरि गृहबाट प्रधानमन्त्रीकै मातहत सारियो शुक्रबार, जेठ १, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
जेनजीले बहिस्कार गरे संविधान संशोधन कार्यदलले बोलाएको छलफल,लिए यी ६ अडान शुक्रबार, जेठ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्