• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस २७, २०८२ Sun, Jan 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
नयाँ सांसद

विनितालाई अकस्मात् आइलागेको राजनीतिक विरासत

64x64
धनु विश्वकर्मा सोमबार, पुस ४, २०७९  १३:२७
1140x725

काठमाडौं– ७ वर्ष अगाडिको कुरा हो। माइला हजुरबुवा अदानसिंह कठायतको देहावसान हुनु ३ दिनअघि विनिता (ब्रिन्दा) जुम्लाको चन्दनाथ मन्दिारमा सँगै थिइन्। बिरामी हजुरबुवाले एक्कासी सोधे, ‘पनातिनी तँ पनि राजनीति गर्छेस्?' 

उनले मुन्टो लुकाइन्, लजाउँदै छेलिइन् र भनिन्, ‘क्यामेरा कसले चलाउँछ?’ ३ दिनपछि हजुरबुवा अदानिसंहको निधन भयो। अदानसिंह पञ्चायतकालमा राजनीति गरेर राजपरिषद् स्थायी समिति सदस्यका साथै मन्त्री भइसकेका थिए। 

‘जीजुबुवा जीवित भएको भए सबैभन्दा खुसी उहाँ हुनुहुन्थ्यो होला,’ सांसद् भएपछि उनलाई अहिले लागिरहन्छ, ‘हजुरबुवाको आशीर्वाद लाग्यो मलाई।’ 

केही समय अघिसम्म राजनीति उनको खास रुचिको विषय थिएन। सुन्न र बुझ्न मन थियो। आफू गर्छु भन्ने कहिल्यै लागेको थिएन। तर उनी राजनीतिमा आइपुगिन्। आइपुगिन् मात्रै होइन, राष्ट्रिय स्वतन्त्र पार्टीकका तर्फबाट समानुपातिकमा उनी प्रतिनिधि सभा सांसद बनिन्। ‘विश्वास नै थिएन तर, भाग्यले दिएपछि कसको के लाग्छ र?’ उनले हाँस्दै भनिन्।

अकस्मात् आइलागेको विरासत
विनिताको जन्म २०५२ सालमा चन्दनाथ गाउँपालिकाको खलङ्गा बजारमा भएको हो। उनको परिवार नै राजनीतिक हो। हजुरबुवाका ७ वटा दाजुभाइ थिए। १ जना हजुरबुवा कमलसिंह कठायत प्रधानपञ्च थिए। कमलसिंह ५ जिल्लाका मुखिया पनि थिए। माइला हजुरबुवा अदानसिंह कठायत पञ्चायतकालमा कृषीमन्त्रीसमेत भएको कठायत बताउँछिन्। उनका हजुरबुवा नारायणसिंह कठायत भने स्थानीय विकास अधिकारी थिए। 

binita-21671348644.jpg

राजनीतिक परिवारमा हुर्केकी विनिताको भने राजनीतिमा लाग्ने कल्पनासमेत थिएन। तर परिवारको राजनीतिक विरासतबारे भने जानकारी थियो। जुम्लामा हवाईमार्ग आफ्ना हजुरबुवा आदानसिंहको पालामा निर्माण भएको उनले सुनेकी थिइन्। जुम्लामा पहिलोपटक निजी विद्यालय कनकी निशा बोर्डिङ स्कूल पनि उनकी फुपु अमृता कठायत बस्नेतले सञ्चालन गरेकी थिइन्। 

अहिले उनको परिवार नेपाली कांग्रेसनिकट छ। दाजु अर्जुनसिंह कठायत २०७४ सालमा स्वतन्त्रबाट चन्दनाथ नगरपालिका- ५ को वडाअध्यक्ष निर्वाचित भएका थिए। अर्का दाजु नेपाली कांग्रेसबाट बागी जितेका राजुसिंह कठायत चन्दननाथ नगरपालिकाको मेयर छन्। 

Ncell 2
Ncell 2

राजनीतिक परिवार भए पनि सांसद भने उनका हजुरबुवा अदानपछि विनिता भएकी छन्। अर्थात् अकस्मात् उनीमाथि विरासत आइलागेको छ। 

अकस्मात आइलागेको परिवारको विरासतलाई विनिता निरन्तरता दिँदैछन्। हिरोइन बन्ने सपना बुनेकी विनिता भने अब संसदमा युवा सांसद भएकी छन्। उनी भन्छिन्, ‘मलाई राजनीतिको पारिवारिक विरासत थाम्ने जिम्मेवारी आइलाग्यो।’

फिल्म, टेलिभिज र अब संसद्
विनिताले ४ वटा फिल्ममा काम गरिन्। अन्य विभिन्न कलाका क्षेत्रमा कस्ट्युम स्टाइलिस्टका रुपमा काम गर्थिन्। डेढ वर्ष अगाडि ग्यालेक्सी टेलिभिजनमा काम गरिन्। उनले न्युज एंकरको कस्ट्युम स्टाइलिस्टमा काम गरिन्। ग्यालेक्सीमा प्रसारण हुने ‘पर्खाल बाहिरको नेपाल’ भन्ने कार्यक्रमको निर्माता थिइन्। विभिन्न राजनीतिक व्यक्ति आउँथे। आफ्नो काम बाहेक अन्य कुरासँग खासै सरोकार थिएन।

सोही टेलिभिजनका एक टेलिभिजनकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना गरे। त्यति हुँदा पनि उनलाई यो रुचिको विषय बनेन। सोही टिभीका सहकर्मीमध्ये दीपक बोहराले एक दिन प्रस्ताव गरे, ‘बहिनी तिमी समानुपातिकबाट सांसद्का लागि उम्मेदवार बन्छ्यौ?’

उनले ठट्टा ठानिन् र हाँसेर उडाइन्। उनलाई विश्वास लागेन। दीपकले फेरि दोहोर्‍याए र केही गम्भीर कुरा पनि गरे। त्यसपछि विनिताले परिवारसँग सल्लाह गरेर निर्णय दिने बताइन्। तर उनलाई राजनीतिमा अझै रुचि नजागेकाले टार्न बहाना थियो त्यो। 

फेरि केही दिनपछि युवाहरु राजनीतिमा आउनुपर्ने कुराबारे दीपकले लामो कुरा गरे। राजनीतिबाट परिवर्तन जरुरी रहेको कुरामा जोड दिए। त्यसपछि भने विनितालाई लाग्यो- मेरो पनि योगदान जरुरी छ।

उनले फेरि २ दिन मागिन्। जुम्लामै रहेका बुवालाई फोन गरिन्। दाइलाई भनिन्। दाइ कांग्रेसमा सक्रिय रहेकाले आफ्नो राजनीतिक भविष्यमा असर पर्ने सम्भावना दर्शाए। बुवाले अनुमति दिए आफ्नो करिअरका कारण बहिनीका लागि बाधा नहुने वाचा उनका दाइले गरे।

उनले बुवालाई भिडियो कलमार्फत् कुरा गरिन्। राष्ट्रिय स्वतन्त्र पार्टीले पीछडिएको क्षेत्रबाट समानुपातिक उम्मेदवार बन्न प्रस्ताव गरेको बताइन्। बुवाले खुसी व्यक्त गरे। अघि बढ्न शुभकामना दिए। ‘म जुम्लाको भएर गर्दा झन् सजिलो भयो,’ उनी भन्छिन्। पढेलेखेको कर्णालीको मान्छेको खोजी भइरहेको समयमा रविले आफ्नै सहकर्मी देखेका थिए र प्रस्ताव गर्न लगाएका थिए।

उनी उम्मेदवार बन्दासम्म पार्टी सदस्य थिइनन्। उनलाई सबै सपना जस्तो महसुस भइरहेको थियो। टेलिभिजनको कामबाट राजीनामा दिनुपर्ने भयो। हुँदाखाँदाको जागिर छाडेर गलत कदम उठाएँ कि भन्ने डरले डेरा जमायो। पटक-पटक यही प्रश्नले उनलाई दोधार पारिरह्यो।

टिभी छाडेपछि पार्टीका कार्यक्रममा जान थालिन्। उम्मेदवारको घोषणासँगै हरेक दिन पार्टीका अग्रज नेताहरुका कुरा सुन्न थालिन्। सबैसँग भिज्न थालिन्। पार्टीको प्रि-इलेक्सन भयो। पिछडिएको क्षेत्रबाट सबैभन्दा धेरै मत पाइन्। 

binita-11671348644.jpg

स्थानीय तहको निर्वाचनमा धरानबाट हर्क साम्पाङ, काठमाडौंबाट बालेन शाह र धनगढीबाट गोपाल हमाल मेयरमा निर्वाचित भएका थिए। त्यो चुनावको परिणामले उनमा आफ्नो पार्टीले जित्ने आशा थियो। तर चौथो ठूलो पार्टी बन्छ भन्ने लागेको थिएन। उनले आफू सांसद बन्ने त कल्पनै गरेकी थिइनन्। ‘कहिलेकाहीँ एक्कासी गरेको निर्णय पनि सही हुँदो रहेछ’, उनले भनिन्। 

परिवार कांग्रेस, विनिता रास्वपा!
विनिता रास्वपाबाट सांसद निर्वाचित भइसकेकी छन्। उनको परिवारका सबैजना नेपाली कांग्रेस छन्। रास्वपामा उनी अहिले एक्ली छिन्। २०७४ सालको स्थानीय तहको निर्वाचनमा दाजु अर्जुनसिंह कठायत चन्दननाथ नगरपालिका- ५ मा वडाध्यक्ष निर्वाचित भएका थिए। गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार (नेपाली कांग्रेसबाट बागी) बनेका उनका अर्का दाजु राजुसिंह कठायत निर्वाचित भएका छन्। उनका हजुरबुवाका पालामा सबै जना पञ्चायतका पक्षधर थिए। 

पछि बुवाका पाला भने नेपाली कांग्रेसमा आबद्ध भए। पारिवारिक हिसाबले नजिक भए पनि पार्टीमा उनको कुनै भूमिका थिएन्। कहिले पनि कांग्रेसमा प्रत्यक्ष संलग्न भइनन्। राजनीतिमा रुचि नभएकाले पनि उनले कांग्रेससँग अपनत्व महसुस गरिनन्। 

बाल्यकालदेखि हुर्काइ र पढाइ नै काठमाडौंमा भयो। जसले गर्दा उनलाई कहिल्यै पनि पारिवारिक राजनीतिले छोएन। सांसदमा निर्वाचित भएपछि भने परिवार र सिंगो जुम्लाले खुसी व्यक्त गरिरहेको छ। 

निर्वाचन आयोगको अन्तिम नतिजापछि भने बधाई थाप्न भ्याइ-नभ्याइ छ। ‘नचिनेका व्यक्तिले पनि फोन गर्नुहुन्छ। खुसी व्यक्त गर्नुहुन्छ,' उनले भनिन्, ‘नागरिकसँग धेरै अपेक्षा छन्। ती अपेक्षा अनुरुप काम गर्नुपर्नेछ।’ 

अभिनेत्री बन्ने रुचि, तर नेतृ
काठमाडौंको कालोपुलस्थित सेतो बंगला विद्यालयमा उनले ९ कक्षासम्मको अध्ययन गरिन्। एसएलसी भने जुम्लाबाट गरिन्। लामो समय होस्टेलमा बसेर अध्ययन गरिन्। 

विद्यालयमा अन्तरविद्यालय सांस्कृतिक कार्यक्रम हुन्थ्ये। राम्रो नाच्थिन्। उनलाई नाच्न एकदम मन लाग्थ्यो। हिरोइन बन्ने रहरले उनले फिल्म नै पढिन्। भारतीय दूतावासबाट छात्रवृत्तिमा भारतमा पढ्ने अवसर पाइन्। भारतको देहरादुन विश्वविद्यालयबाट राजनीतिक शास्त्रबाट प्लसटु पढिन्। त्यसपछि मुम्बईको जी इन्स्टिच्यूट अफ मिडिया आर्टबाट डिप्लोमा इन फिल्म मेकिङ पढिन्। 

पढाइ सकाएर नेपाल फर्किइन्। फिल्म निर्माता तथा अभिनेता निश्चल बस्नेतसँग उनको पारिवारिक सम्बन्ध छ। निश्चलकी आमा अमृता कठायत बस्नेत उनकी फुपु हुन्। होस्टेलमा बस्दा बिदाको समयमा उनी निश्चलको घर आउजाउ गरिरहन्थिन्। 

सिनेमा क्षेत्रमा नै भविष्य बनाउने योजना थियो उनको। ‘लुट २’ मा पहिलोपटक असिस्टेन्ट डाइरेक्टरको रुपमा काम गरिन्। पछि ‘होस्टेल रिटर्न्स’मा पनि असिस्टेन्ट डाइरेक्टरको काम गरिन्। ‘चपली हाइट’ र ‘चिसो मान्छे’मा कस्ट्युम स्टाइलिस्टका रुपमा काम गरिन्। 

अभिनयको रहरले फिल्ममा पुगेकी उनले त्यहाँ पुगेपछि अभिनेत्री बन्नलाई भने प्रयास नै गरिनन्। तर अब नेतृ बनेकी छिन्।

कर्णालीको आवाज बुलन्द गर्ने वाचा
विनिता रास्वपाबाट सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशबाट एक्लो निर्वाचित सांसद हुन्। त्यसैले यो क्षेत्रका लागि पार्टीका तर्फबाट आफ्नो विशेष जोड रहने उनी बताउँछिन्। ‘म कुना-कन्दराको आवाज संसदमा पुर्‍याउनेछु,’ उनले भनिन्। चुनावी अभियानमा उनीसँग जम्मा ८ जनाका समूह थियो। ‘सबै जना अल्लारे थिए। कोही ठूलो मान्छे पत्याएर हामीसँग हिँडेन। सबैले चुनाव भाटाकुटीको खेल होइन भने,’ उनी भन्छिन्, ‘संसद् बुढापाकाको हाई काढ्ने ठाउँ होइन।’ 

जुम्लाबाट उनको पार्टीको प्रत्यक्षमा कोही उम्मेदवार थिएन। समानुपातिक लागि भोट माग्न विभिन्न ठाउँमा गइन्। उनले आफ्नो जन्मभूमिको दु:ख नजिकबाट नियालेकी छिन्। ‘दुई छाक खानसम्म नपाएको कुराले निकै मन पोलेको छ। संसद्‌मा ठूल्‌ठूला कुराभन्दा पनि स्वास्थ्य, शिक्षा र रोजगारीका विषयमा म बोल्नेछु। पहल गर्नेछु र कर्णालीका हरेक दु:ख र सुखका लागि म साथमा हुनेछु।’ 

उनलाई अब जनतासँग अझ प्रत्यक्ष जोडिन मन छ। हरेक महिनाजसो समयले भ्याएसम्म जिल्लामा जाने पनि प्रतिबद्धता जनाएकी छन्। 

प्रकाशित मिति: सोमबार, पुस ४, २०७९  १३:२७
  • #नयाँ सांसद्
  • #प्रतिनिधि सभा निर्वाचन २०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
उज्यालो नेपाल पार्टीले गर्‍यो प्रत्यक्षतर्फको उम्मेदवारी आह्वान शनिबार, पुस २६, २०८२
रास्वपामा साधारण सदस्य नै बन्छु भनेर ठूलो पद मागेको थिइनँ : कुलमान घिसिङ शनिबार, पुस २६, २०८२
पूर्वराज्यमन्त्री चौधरीको निधन शनिबार, पुस २६, २०८२
‘पहिले देश नबनेकोमा चिन्ता थियो, अहिले देश नरहने भन्ने चिन्ता छ’: ज्ञानेन्द्र शाह शनिबार, पुस २६, २०८२
रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा शनिबार, पुस २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
संगठनको विशेष महाधिवेशनको विपक्षमा कांग्रेसका १७ भ्रातृ वक्तव्य, चुनावमा केन्द्रित हुन आह्वान शुक्रबार, पुस २५, २०८२
कांग्रेसभित्रको विवाद उत्कर्षमा: संस्थापन पक्षले आज पत्रकार सम्मेलन गर्दै शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्