काठमाडौं– मुस्लिम आयोगका अध्यक्ष समिमि मियाँ अन्सारी पक्राउ परेका छन्। मतदाता प्रभावित पार्न पैसा बाँडेको आरोपमा प्रहरीले अन्सारीलाई जनकपुरबाट पक्राउ गरेको हो।
जनकपुरस्थित सीता शरण होटेलको कोठा नम्बर ३०५ बाट अन्सारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषा स्रोतले जानकारी दिएको छ।
प्रहरीले उनको कोठाबाट एउटा झोला समेत बरामद गरेको छ। जसमा पैसा रहेको जनाइएको छ।
अध्यक्ष अन्सारी नेकपा एमाले समर्थित हुन्। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा २०७५ चैतमा अन्सारी मुस्लिम आयोगको अध्यक्ष नियुक्त भएका थिए।
आयोगको अध्यक्ष सिफारिस भएका बेला उनीविरुद्ध नागरिकता र शैक्षिक प्रमाणपत्र किर्ते गरेको उजुरी परेको थियो। तर, उजुरीका सम्बन्धमा संसदीय समितिले निर्णय गर्न नसक्दा उनी स्वत: नियुक्त भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।