• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बुधबार, असार ११, २०८२ Wed, Jun 25, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग
राजा महेन्द्र निधनको ५० वर्ष : अप्रत्यासित अवसान, अझै रहस्य
64x64
सुनिल उलक सोमबार, माघ १७, २०७८  ०७:२२
1140x725
राजा महेन्द्रको शव चितवनबाट ल्याइएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा।

आज माघ १७ गते राजा महेन्द्रको स्वर्गारोहण भएको ५० वर्ष पूरा भयो। विभिन्न शंका उपशंका रहे पनि यो मृत्युको कुनै छानबिन नै नगरिकन रहस्य मै छोडियो। स्वयं नवराजा वीरेन्द्र पनि यो अपत्यारिलो देहावसानमा केही शंका गरिरहेका थिए। तर, पछि चुपचाप हृदयघातबाटै मृत्यु भएको स्वीकार गरे।

२०२८ माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र चितवनतर्फ लागेका थिए। यो भ्रमण करिब एक महिनाको लागि तय गरिएको थियो। तर, उनले एक महिना पूरा गर्नै पाएनन्। माघ १६ गते राति ११ बजे अचानक हृदयघात भयो। भोलिपल्ट बिहान ३ः४५ बजे मात्र चिकित्सकले देहावसानको घोषणा गरे। यो मृत्यु रहस्यमय रह्यो। धेरैले धेरै किसिमका तर्कहरु प्रस्तुत गरे।

राजा महेन्द्रको मृत्युको प्रसंगअघि केही भिन्न प्रवृत्तिको चर्चा गरौँ।

१९७७ जेठ ३० गते शुक्रबार आषाढ कृष्ण पक्ष नवमीको दिन नारायणहिटी राजदरबारमा कान्ती राज्यलक्ष्मीको कोखबाट युवराज महेन्द्रको जन्म भएको थियो। उनका दुवै आमाहरु भारत सीतापुरका थिए। त्यसैले उनीहरूको राणा परिवारसँग धेरै निकटता थिएन। त्यो समय राजा को थिए भन्दा पनि श्री ३ महाराजा को थिए भन्ने महत्त्वपूर्ण हुन्थ्यो। महाराजा श्री ३ चन्द्रशमशेरको प्रभुत्व थियो।

सुनिल उलक

महेन्द्रको बाल्यकालमा दरबारभित्र नै शिक्षादिक्षाको प्रबन्ध मिलाइएको हुँदा बाहिर खासै सम्पर्क हुदैनथ्यो। शिक्षकको रुपमा कीर्तिराज दलीले दरबारमै शिक्षा दिन थालेका थिए। साथै तुल्सीमान सिंह र मदनदेवले अंग्रेजी पढाएका थिए। अंग्रेजीका सुविख्यात कविका कविताहरु पनि पढाउन थालेका थिए। भवनाथ पाण्डेलाई नेपाली साहित्य र संस्कृत अध्यापन गराउन लगाइयो। पण्डित दधिराम पनि दरबारमा पढाउन आइपुगेपछि दुवै मिलेर हितोपदेश, पञ्चतन्त्र तथा कालिदासको रघुवंश कण्ठस्थ बनाउन लगाए। बिस्तारै संगीततर्फ पनि रुचि देखाउन थालेपछि भुपालमान सिंहलाई शास्त्रीय संगीत सिकाउन लगाइयो। यसरी दरबारभित्र नै सम्पूर्ण शिक्षाले पारंगत बनाउने प्रयास गरिएको थियो।

महेन्द्र घोडचढीमा सिपालु थिए। उनका लागि सानो घोडा राखिएको थियो। युवराज छँदै उनको स्वभाव अलि भिन्न थियो। 

एक पटक युवराज महेन्द्र बिरामी भए। उनको सुसारेको रूपमा रुम्जाटारकी रम्बा गुरुङलाई ल्याइएको थियो। दरबारभित्र नै रहने रम्बालाई नै उनले गर्भवती बनाए। दरबारमा जस्तो परिस्थिति भए पनि भ्रुणहत्या गरिँदैनथ्यो। जसले गर्दा महेन्द्र १३ वर्षको उमेरमा नै बाबु बने। रम्बाको नाम दरबारले गीता राखिदियो र ल्याइते सरहको अधिकार दियो। आमा छोरालाई सम्पूर्ण खर्चको व्यवस्था दरबारले गराइदियो। तर, राजपरिवारको सदस्यको अधिकारबाट भने वञ्चित राखियो। गीताबाट जन्मिएका छोरा रवीन्द्र बाबु जस्तै गीतकार एवं कवि भएर निस्किए।

पछि युवराजको विवाह श्री ३ जुद्धशमशेरकी नातिनी तथा हरिशमशेरकी छोरी इन्द्र राज्य लक्ष्मीसँग १९९७ वैशाख २६ गते गराइदिए। विवाहको १० वर्षपछि त्रिभुवन दिल्ली पलायन हुनु केवल दुई महिनाअघि युवराज्ञी इन्द्रको देहावसान भयो। राजकुमार धीरेन्द्रको जन्मको समय अत्यधिक रक्तश्रावले गर्दा उनको निधन भएको थियो।

Ncell 2
Ncell 2

इन्द्रको देहावसानपछि महेन्द्र साली रञ्जनाको नजिक हुन थाले। बाबुसँग निहुँ खोज्दै साली रञ्जनासँग विवाह गर्न जिद्दी गर्न थाले। त्रिभुवन भने अब प्रजातन्त्र आइसकेको हुनाले भावी राजाको विवाह राणा परिवारका सदस्यसँग गराउन चाहँदैन थिए। बरु भारतकै कुनै सियासतकी राजकुमारीसँग गराउने सोचमा थिए। तर, महेन्द्रको जिद्दीपछि त्रिभुवनले माहिला छोरा हिमालयलाई राजगद्दीको हकदारको रुपमा युवराज घोषणा गर्ने तयारी थालेका थिए। महेन्द्र पनि रञ्जनासँगको प्रेममा चुर्लुम्म डुबेर युवराजको पदबाट राजीनामा दिई साधारण जनता सरह उनैसँग जीवन बिताउने ठानिसकेका थिए। तर, बीपी कोइरालाले त्रिभुवनलाई मनाइदिएका थिए। 

महेन्द्रको दोश्रो विवाह राणा परिवारमै गर्न त्रिभुवन राजी भए पनि सन्तान नजन्माउने शर्त राखेका थिए। त्यसमा महेन्द्र र रञ्जना राजी भएका थिए। इन्द्र राज्यलक्ष्मीको देहावसानको दुइ वर्षपछि २००९ मंसिर २५ गते कान्छी साली रञ्जना राणा (रत्न) सँग महेन्द्रले विवाह गरे। राजा त्रिभुवन यस विवाहका लागि खुसी थिएनन्। तसर्थ, युवराज महेन्द्रले यो विवाहपछि साथीसंगी र भाइहरुको साथ बागदरबारबाट रत्नलाई सिधै नागार्जुन दरबारमा लगेका थिए। 

राजा त्रिभुवनको भारत निर्वासनका बाछिटा
२००७ सालमा राजा त्रिभुवन भारतीय राजदूत सीपीएन सिंहको गलत मनसायमा फसेर भारतीय राजदूतावासमा शरण लिन पुगे। यसअगाडि राजा त्रिभुवनले नेपाली कांग्रेसलाई पाल्पा लगिदिन आग्रह गरेका थिए। पाल्पामा बसेर राणाशासनको अन्त्यको घोषणा गर्ने योजना थियो। 

तर, कांग्रेस सधै समयमै आवश्यक काम गर्न चुक्छ। हेलिकोप्टरको व्यवस्था गर्न ढिलाइ हुँदा राजा त्रिभुवन भारतीय राजदूतको चंगुलमा फसे। यसपछि नेहरु आफ्नो षडयन्त्रमा सफल भए। नेहरुले न राजा त्रिभुवनको विश्वास गरे र साथ दिए, न त बीपीलाई नै। नेपाललाई आफ्नो एक प्रान्त झै व्यवहार गरेर प्रजातन्त्र आएपछि उत्तर प्रदेशका गृह सचिव गोविन्दनारायण सिंहलाई राजा त्रिभुवनको प्रमुख सल्लाहकारको रूपमा नेपाल पठाए। त्यो समयको नेपाल गजेटमा उनलाई दिइएको अधिकारको अध्ययन गर्दा उनी सर्वेसर्वा थिए। 

अझ मातृकाप्रसाद कोइराला सरकारको समयमा त सरकारी उच्च तहका ३०० कर्मचारी भारतीय थिए। मातृकाले नेहरुको सल्लाहमा एनएम बुचको एक आयोग गठन गरि उनकै सल्लाहमा प्रशासनिक सुधारका नाममा भारतीय कर्मचारीलाई नियुक्ती दिएको थियो। करिब तीन वर्षको नेपाल प्रवासमा उनले नेपालको सुरक्षा परिषदको एक बैठक दिल्लीमा राख्न पनि सफल भएका थिए। साथै नेपालको सैनिकहरुको संख्या घटाउन निकै ठूलो भूमिका खेलेका थिए। 

यो सबै बुझेका युवराज महेन्द्र मौकाको ताकमा थिए। महेन्द्रले राजगद्धी सम्हालेपछि सबैभन्दा पहिले यिनै गोविन्दनारायण सिंहलाई भारत फिर्ता पठाए। तत्कालीन समयमा नेहरुले लेखेका पत्रहरुको चाङ नै अहिले पुस्तकका रुपमा आइसकेको हुँदा पनि नेहरुका तत्कालीन मनसाय सहजै पढ्न र बुझ्न सक्छौँ।

महेन्द्र–भारत टकराव
उपचारका क्रममा २०११ फागुन ३० गते स्विटजरल्यान्डमा राजा त्रिभुवनको देहान्त भयो। महेन्द्र राजा बने। राणाशासन हटाउन भारतको सहयोग लिइएको हुँदा भारतले आफ्नो हैकम दरबार र राजनैतिक दलका नेतामा पनि बढाएको थियो। तर, नयाँ राजाले भारतको दबदबाको विरोधमा कदम चाल्न थालिहाले। त्रिभुवन राजा हुँदा नै नेहरुको नेपालसम्बन्धी नीतिको विरोध गर्दै आएका महेन्द्रले आफ्नो शासनकालमा भारत र नेहरुको उपेक्षा गर्न थाले। विकासको लागि विश्वभ्रमण गर्न थाले। विभिन्न देशसँग सहयोगको आह्वान गर्न थाले। 

राजगद्दी सम्हालेको पाँच महिनापछि २०१२ साउन १७ गते चीनसँग दौत्य सम्बन्ध कायम गरेर भारतको प्रभावलाई केही मत्थर गर्ने कोशिश गरेका थिए। शासन सम्हालेको एक वर्षभन्दा कम अवधिमा २०१२ असोज २२ मा पहिलो पञ्चवर्षिय योजनाको घोषणा गरे। २०१२ मंसिर २९ मा नेपालले संयुक्त राष्ट्र संघको सदस्यता पायो। २०१३ वैशाख २० गते भएको शुभराज्याभिषेकमा विश्वका प्रमुख राजनायकहरूको पहिलो पटक जमघट भयो। 

त्यति बेला दलहरू पनि परिपक्व थिएनन्। दलहरूबीच मिलाप थिएन। सरकारहरू बन्ने र विघटन हुने भइरहेको थियो। त्यही बेला राजा महेन्द्र लामो विदेश भ्रमणमा निस्किएका थिए। उनले विश्व राजनीतिलाई नजिकबाट नियाले। त्यसकै फलस्वरूप उनले राष्ट्रिय आमचुनावबाट नेपाली कांग्रेसले बनाएको बीपी कोइराला नेतृत्वको दुईतिहाइ बहुमतको सरकारलाई पनि अपदस्थ गरिदिए।

उनले देशका जनतासँग प्रत्यक्ष संवादको थालनी पश्चिम नेपालबाट गरे। त्यति बेला बाटोघाटोको अप्ठ्यारो महसुस गरी २०१८ सालमा पूर्व–पश्चिम राजमार्गको उद्घाटन गरे। विभिन्न उद्योगहरूको स्थापनाको लागि चीन तथा रुसको सहयोग लिए। उनले नयाँ राजनीतिक प्रणालीमा विकासलाई महत्त्व दिएर विशेष सन्देश दिन खोजेका थिए। राजा महेन्द्रको राष्ट्रवादी छविका कारण भारत झनै चिढिएको थियो।

राजाको रुपमा महेन्द्रले खासै लामो समय शासन गर्न पाएनन्। पूरा १७ वर्ष पनि शासन गरेनन्। छोटो अवधिमा पनि धेरै काम गरेर देखाएका थिए। शायद यो अवधिमा नेपालमा जुन किसिमको पूर्वाधारहरु बने, यसले पछिसम्म विकासका लहरहरु नै चले। 

२०२६ सालमा राजा महेन्द्रले राजधानीबाहिर नेपालकै करिब मध्यभाग पर्ने गरी महेन्द्र राजमार्ग नजिकै शितकालीन दरबारको रूपमा दियालो बंगला बनाएका थिए। यो दरबार धार्मिक रुपले पनि महत्त्वपूर्ण देवहरुको भूमी देवघाटमा बनाइएको थियो। चारकोशे झाडीभित्र जीवनको उज्यालोको आशाको स्वरूप दियालो बंगला बनाइएको थियो।

२०२८ माघ ३ गते लामो छुट्टी मनाउने उद्देश्यले चितवन लागेका थिए। प्रधानमन्त्री कीर्तिनिधि विष्टलाई माघ महिनाको मन्त्रीपरिषद् बैठक भरतपुरको दियालो बंगलामा नै गर्ने पनि जानकारी दिएका थिए। साथै राजा यो छुट्टीमा राजनीतिक निकाशको लागि केही गहन निर्णय गर्ने मनसायले विचार–विमर्शका लागि पनि एकान्त खोज्दै थिए। चितवन जाँदा उनमा कुनै किसिमको शारीरिक समस्या थिएन। साधारण अवस्थामा चितवन पुगेका राजा केही दिन आफूलाई व्यस्त राख्न शिकारमा पनि गएका थिए।

२०२८ असोज १९ गतेदेखि २९ गतेसम्म रौतहट र बारा जिल्लामा धार्मिक दंगा भएको थियो। त्यसपछि नेपालका जनजातिका अगुवाहरूको रूपमा खड्गबहादुर गुरुङ, नरबहादुर गुरुङ, खगेन्द्रजंग गुरुङ, योगी नरहरीनाथलगायत धेरैसँग इन्दिरा गान्धीले भेट गरेकी थिइन्। नेपालमा इन्दिरा गान्धीले जातीय द्वन्द्वको तयारी गराउन चाहेको भनक राजा महेन्द्रले पाएका थिए। जुन बेला भारतको राजधानी दिल्लीमा नेपालका जातीय अगुवाहरु इन्दिरा गान्धीसँग गोप्य छलफलमा व्यस्त थिए त्यही समयमा नै चितवनमा राजा महेन्द्रको देहान्त भएको थियो। नेपालमा पहिलो पटक भएको जातीय दंगामा ५१ व्यक्तिको हत्या भएको थियो भने १८७४ घर जलाइएको थियो। यसको पीडा पनि राजा महेन्द्रलाई गहिरोसँग लागेको थियो।

राजा महेन्द्रको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर लगिँदै।

यस्तैमा माघ १० गते दियालो बंगलामा नै भएको मन्त्रीपरिषदको बैठकमा पनि भारतपरस्त एक दुई मन्त्रीबाट केही विरोधका आवाजहरु आएका थिए। राजाले छलफलका लागि अर्को बैठक माघ १७ मा बोलाएका थिए। दलविहीन राजनीतिमा लागेको १० वर्ष भइसकेको हुँदा पनि देशमा बहुदलीय व्यवस्थाको आवश्यकताको अनुभूति राजाले गरिसकेका थिए। बहुदलीय व्यवस्थामा नेतृत्व भने बीपीलाई नै दिनुपर्छ भन्नेमा राजा निश्चिन्त थिए। राजाको आगामी योजना र नेतृत्वको आह्वानसहितको पत्र बोकेर श्रीभद्र शर्मा बीपी निर्वासनमा रहेको सारनाथ गइसकेका थिए। यसको जानकारी मन्त्रीमण्डलकै एक सदस्यले गोप्यरुपमा भारतलाई पठाएको आशंका गरिएको थियो। वास्तवमा भारत अझै पनि बीपीको नेतृत्व चाहँदैनथ्यो। यस्तैमा माघ १७ को अर्को बैठक बस्ने अघिल्लो दिन राति नै राजा महेन्द्रको देहान्त भयो।

महेन्द्रको मृत्युमा शंकाको सुई
राजा महेन्द्रको समयमा नै किर्तिनिधि विष्ट नेतृत्वको सरकारले चिनियाँ नाका नजिकै रहेका भारतीय चेकपोष्टहरु हटाएको थियो। २०२६ साउन १० गते राष्ट्रिय पंचायतको बैठकबाट संकल्प प्रस्ताव पारित गराई हिमाली नाकामा रहेका १७ भारतीय चेकपोष्ट, त्यहाँ रहेको वायरलेस अपरेटर तथा सैनिक तुरुन्त हटाउन लगाइएको थियो। यसबाट इन्दिरा गान्धी सरकार राजा महेन्द्रप्रति निकै रुष्ट भएको थियो। 

कीर्तिनिधि विष्टले सन् १९५० को सन्धिको कुनै औचित्य नरहेको वक्तव्यसमेत दिएका थिए। राणाशासन अझै केही समय टिकाउन मद्दत गर्ने लोभ देखाइ नेहरुले मोहनशम्शेरलाई सन् १९५० को सन्धिमा हस्ताक्षर गर्न लगाएका थिए। तर, पछि नेहरुले न राणालाई सहयोग गरे, नत बीपी र त्रिभुवनलाई। सबैलाई लोभ देखाउँदै आफ्नो स्वार्थ पूरा गरिरहे।

शुरुमा सिक्किमलाई गाभ्ने र त्यसपछि नेपालको तराइ क्षेत्रलाई टुक्राउने योजना भारतको थियो। सन् १९६८ मा भारतीय जासुसी संस्था ‘रअ’को गठन भएको थियो। यसका प्रमुखका रुपमा आरएन काओ नियुक्त भएका थिए। 

यसै क्रममा तराइ टुक्राउने भनक पाएका राजा महेन्द्रले तुरुन्तै भारतीय चेकपोष्टहरु हटाउन लगाएका थिए। तर, महेन्द्रको निधन भयो। उता भारतले सिक्किमलाई विलय गरी छाड्यो। त्यसपछि काओ नेपालको तराई टुक्राउने योजनामा अगाडि बढ्दै थिए। अचानक भारतीय राजनीतिमा आन्तरिक समस्या बल्झियो, जसले गर्दा इन्दिरा गान्धीले आपतकाल लगाइन्। सबै राजनैतिक कृयाकलाप तथा अन्य योजनाहरु रोकिए। काओको नेपालको तराई टुक्राउने योजना पनि पूरा हुन सकेन। तर, भारत अहिले पनि नेपालमा अस्थिरता चाहन्छ। काओसँगको कुराकानीलाई आधार बनाएर एके यादवले आफ्नो पुस्तक ‘मिसन र’ मा यसको उल्लेख गरेका छन्।

यी त भए षडयन्त्रका हुनसक्ने केही कारण। तर, राजा महेन्द्रलाई केही स्वास्थ्य समस्या पनि थिए। उनलाई २०२४ सालमा पहिलो पटक हृदयघात भएपछि बेलायतमा उपचार भएको थियो। २०२७ माघ १७ गते शिकारको क्रममा कञ्चनपुरमा बाघलाई ताकेर हानिएको गोली ढुङ्गामा ठोकिइ उच्छिटिँदा छर्राले रानी रत्नलाई चोट लागेको थियो। रत्नको उपचार त्यस बेला नेपालमा नै गरिएको थियो। शाही चिकित्सक मेजर जनरल शुशिलचन्द्र हल्डरको विशेष निगरानीमा उपचार भएको थियो। यस घटनाले पनि महेन्द्रलाई चोट पुगेको थियो। २०२६ सालमा पनि शिकारकै क्रममा कञ्चनपुरको हरैयामा बाघलाई गोली प्रहार गर्दा नलागेपछि उल्टै बाघले राजालाई आक्रमण गर्न खोजेको थियो। त्यति नै बेला नजिकै रहेका सुरक्षाकर्मीले गोली हानेर बाघ मारेका थिए। बाघको अप्रत्याशित आक्रमणको त्रासले राजा अचानक बेहोस भएका थिए। यसपटक पनि भारतीय चिकित्सकहरुले नै उपचार गरेका थिए। 

सामान्य अवस्थामा माघ ३ गते दियालो बंगला पुगेका राजा महेन्द्रलाई तेस्रो पटक माघ १६ गते राति हृदयघात भएको भनियो। जसको कारण निधन भएको जनाइयो। 

सामान्य अवस्थामा माघ ३ गते दियालो बंगला पुगेका राजा महेन्द्रलाई तेस्रो पटक माघ १६ गते राति हृदयघात भएको भनियो। जसको कारण निधन भएको जनाइयो। 

त्यस बेलाका केही विवरणहरु अनुसार राजा महेन्द्रको उपचारका लागि भारतीय चिकित्सक एमएल भाटिया पनि थिए। यदि, एमएल भाटिया उपचारमा संलग्न थिए भने राजा महेन्द्रलाई व्यथाले केही दिनअगाडि नै समाएको हुनुपर्छ। शाही चिकित्सक सुशीलचन्द्र हल्डरले उपचार गरेका थिए। रानी रत्नको पनि उपचार गरेका हल्डर सेनाका चिकित्सक थिए। सेनामा उपरथी (मेजर जनरल) रहेका उनलाई रानी रत्नको सफल उपचारको लागि अति सुविख्यात सेवालंकारसमेत दिइएको थियो। अर्का शाही चिकित्सक सच्चेकुमार पहाडी तथा मृगेन्द्रराज पाण्डे पनि उपचारमा खटिएका थिए। यसरी स्वदेशी विशिष्ट चिकित्सकले उपचार गरिरहेको समयमा एम्सका प्रख्यात चिकित्सक एमएल भाटियालाई बोलाइयो। उनको उपस्थिति नै धेरैलाई प्रश्नचिन्ह राख्ने ठाउँ बन्यो। उनको आगमनपछि नै राजाको देहान्त हुँदा उपचारमा लापरबाही वा षडयन्त्र भएको आशंका भयो।

डाक्टर भाटिया एम्समा पहिलो पटक पेसमेकर प्रत्यारोपण गर्ने चिकित्सक हुन्। उनले सन् १९६५ बाट पेसमेकर प्रत्यारोपण मात्र गर्दै थिए। तसर्थ, कतै दियालो बंगलामा सीमित स्रोत र साधनबीच पनि उनले अप्रेशन गर्ने प्रयास त गरेनन्, जसको कारणले राजा महेन्द्रको देहान्त भयो। यदि, राजा महेन्द्र गम्भीर हृदयघातबाट पीडित थिए भने किन तत्कालै सुविधा सम्पन्न अस्पतालमा लगिएन? 

राजा महेन्द्रको मृत्युबारे जोन कोपम्यानको विवादास्पद भनाइ आएको थियो। महेन्द्रलाई हृदयघात हुँदा कोपम्यान र राजा दुई जना सँगै थिए। उनले नै शाही डाक्टरलाई तत्कालै बोलाएका थिए। जोन कोपम्यानलाई कतै कतै सीआईएको एजेन्टको उल्लेख गरिएको देखिन्छ। यदि, यसो हो भने जोन कोपम्यान राजा महेन्द्रसँग एकान्तमा ह्विस्कीमा रम्नुको कारण के थियो? राजा महेन्द्रको देहावसानपछि कोपम्यान नेपाल छोडेर गएका थिए।

जोन कोपम्यान अचानक २०२९ सालमा नेपालबाट पलायन भए। उनले चलाइरहेको होटल टाइगर टपको जिम्मा जिम एडवर्डसलाई दिएका थिए। जबकि, उनले २०२१ साउन २० गते राजा महेन्द्रको विश्वासपात्रको रुपमा होटल टाइगर टप चलाउन १५ वर्षको लागि चितवनको जंगलको बीचमा रहेको १७० एकड जमिन लिएका थिए। जोन कोपम्यानले आफ्ना दुइ लगानीकर्ताको रुपमा अमेरिकी राज्य डल्लासका हर्वर्ट डब्लु क्लेन र टोडी लि विन्ने जुनियरलाई लिएका थिए।

प्रकाशित मिति: सोमबार, माघ १७, २०७८  ०७:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुनिल उलक
लेखकबाट थप
त्यो फागुन ७ र नेहरुको चालबाजी
किन पूरा हुन सकेन वीरशम्शेरको बेलायत यात्राको चाहना?
दक्षिण एशियामै पहिलो पटक नेपाल उत्रिएको त्यो बोइङ
सम्बन्धित सामग्री
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर उद्यमी भनेको धेरै जनामा एक जना सफल भएको हुन्छ । त्योपनि अथाह मेहनत, लगानी र ऋणको जोखिम उठाएर । उद्यमीमा पैसा कमाउने र बढाउने बेग्र इ... मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा शुक्रबार न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले दुवैजनाको रिट एकैठाउँमा राखेर सुनुवाइ गर्न आदेश दिएको थियो। आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आधुनिक ओखतिविज्ञान, आर्यूवेद तथा आध्यात्मिक अभ्यासका कारण चौरासी वर्षका क्याप्टेन आशबहादुर गुरुङ क्यान्सरमुक्त भएका हुन् । दिल्लीस्थ... आइतबार, फागुन १८, २०८१
ताजा समाचारसबै
नेकपा एसले बोलायो सचिवालय बैठक बुधबार, असार ११, २०८२
विशेष अदालतमा माधव नेपालको बयान सुरु बुधबार, असार ११, २०८२
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको बुधबार, असार ११, २०८२
माधव नेपाल विशेष अदालतमा उपस्थित बुधबार, असार ११, २०८२
सुनको मूल्य तोलामा १५ सयले घट्यो, कतिमा हुँदैछ कारोवार ? बुधबार, असार ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) मंगलबार, असार १०, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) सोमबार, असार ९, २०८२
२०४६ पछि वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पती छानविन गर्ने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्छ  :  गगन थापा, महामन्त्री नेपाली कांग्रेस
२०४६ पछि वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पती छानविन गर्ने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्छ : गगन थापा, महामन्त्री नेपाली कांग्रेस आइतबार, असार ८, २०८२
म हुँदा सबै ठीक, म नहुँदा सबै बेठीक भन्ने सन्देश प्रवाह गरेर देशको विकास हुन सक्दैन : ज्ञानेन्द्र बहादुर कार्की
म हुँदा सबै ठीक, म नहुँदा सबै बेठीक भन्ने सन्देश प्रवाह गरेर देशको विकास हुन सक्दैन : ज्ञानेन्द्र बहादुर कार्की आइतबार, असार ८, २०८२
सांसद अमरेशकुमारले नेपालका ७२ जिल्लालाई लिजमा दिऊँ भनेपछि संसदमा लफडा (भिडियो)
सांसद अमरेशकुमारले नेपालका ७२ जिल्लालाई लिजमा दिऊँ भनेपछि संसदमा लफडा (भिडियो) आइतबार, असार ८, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
इजरायल–इरान संघर्ष : युद्धविराम घोषणा दुई घण्टा पनि टिकेन, दुवै तर्फबाट आक्रमण जारी मंगलबार, असार १०, २०८२
युद्धविरामको प्रस्तावलाई इजरायलले पनि दियो सहमति मंगलबार, असार १०, २०८२
इजरायलले युद्धविराम प्रस्तावमा सहमति जनाएपछि तेलको मूल्यमा गिरावट मंगलबार, असार १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
इरानमा प्रयोग गरिएको बङ्कर–बस्टर बम के हो ? आइतबार, असार ८, २०८२
विश्व बैङ्कबाट २० अर्ब ७९ करोड ऋण स्वीकारसहित यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय (सूचीसहित) बुधबार, असार ४, २०८२
इजरायलको बीर्शेबामा इरानको अर्को आक्रमण, इजरायलविरुद्ध इरानमा भएको प्रदर्शनमा हिजबुल्लाह पनि संलग्न शुक्रबार, असार ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्