काठमाडौं– डडेलधुरामा पुनः अधिवेशनको माग गर्दै आएको कांग्रेसको असन्तुष्ट पक्षले अनशन स्थगित गर्ने भएको छ।
उपसभापति विमलेन्द्र निधिको उपस्थितिमा असन्तुष्ट पक्षले अनशन स्थगित गर्ने भएको छ। निर्वाचन समितिले अधिवेशन बदर गर्न नसकिने निर्णय सोमबार सुनाएको थियो। उक्त निर्णयलाई असन्तुष्ट पक्षले ‘विवादस्पद निर्णय’ भनेको छ।
निवर्तमान जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले डडेलधुराको अधिवेशनलाई अस्वीकार गर्दै निर्वाचन समितिमा उजुरी दर्ता गर्ने भएको छ। वडादेखि जिल्ला तहसम्मको अधिवेशन बदर गरि पुनः अधिवेशन गर्न मल्ल पक्षले माग गर्दै आएको छ।
दुई सातादेखि असन्तुष्ट पक्ष केन्द्रीय कार्यालयमा अनशन बसिरहेका थिए। संस्थापनइतरका नेताहरू पुनः अधिवेशनको पक्षमा भएपनि संस्थापन पक्षले एकतर्फी जिल्ला अधिवेशन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।