• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ ६, २०८३ Sat, Aug 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

'याम्बुनेर' राज्यसत्ताले पर हुत्याएकाहरूका कथा हो : बिना थिङ [पुस्तक वार्ता]

64x64
प्रजु पन्त शनिबार, असोज ३, २०७७  १९:४०
1140x725

'याम्बु' अर्थात् काठमाडौँ। सबैको आशाको केन्द्र। कामको आशमा होस् या पढाइको लागि सबैको केन्द्रबिन्दु बनेको छ यो ठाउँ। अनि काठमाडौँकै आसपासमा रहेकाहरू नि? काठमाडौँको भित्तोमा बसेकाहरूको अवस्था? भनाइ नै छ, ‘बत्तीमुनि अँध्यारो’। के काठमाडौँको उज्यालोमा भित्ताहरु (काँठ क्षेत्र)  उज्यालिएका छैनन्? कस्तो छ त्यहाँको अवस्था?

यिनै विषयलाई समेटेर ‘याम्बुनेर’कथा सङ्ग्रह ल्याएकी छन् लेखक बिना थिङले। पेसागत रुपमा अध्यापनरत थिङको याम्बुनेर तेस्रो कृति हो। यसअघि उनको एक कविता सङ्ग्रह तथा एक कथा सङ्ग्रह आइसकेको छ। ‘याम्बुनेर’ कथाको केन्द्रबिन्दुमा रहेर नेपाल लाइभकी प्रजु पन्तले बिना थिङसँग गरेको कुराकानीको सम्पादित अंश:-

के छ याम्बुनेरको खबर? 
अहिले पनि उस्तै हो। पहिलेको जस्तो छ उस्तै। केही फरक भएको छैन। जीवनशैलीमा ।पहिले जसरी बाँचेको थियो। अहिले पनि उसैगरी बाँचेको छ। तर आशाको केही झिल्को भने नयाँ पुस्ताले ल्याउँदैछ। खै, अब याम्बुनेरको अवस्था केही परिवर्तन हुन्छ कि!

‘याम्बुनेर’बारे कस्तो प्रतिक्रिया पाउनु भएको छ?
प्रतिक्रिया राम्रै पाइरहेकी छु। केही आलोचना पनि आएका छन्। सकारात्मक प्रतिक्रियाले धेरै उत्साहित हुने र नकारात्मक प्रतिक्रियाले हतोत्साही हुदिनँ। जे होस् मिश्रित प्रतिक्रिया पाइरहेको छु।  

कथा सङग्रहको नाम नै ‘याम्बुनेर’ किन राख्नु भयो? 
याम्बु अर्थात् काठमाडौँ। नेर भनेको त नजिक भइहाल्यो। तामाङ र नेपाली भाषा मिलेर यो शब्द बन्यो। पहिलो कारण याम्बु छेउछाउको कथा भएकाले। दोस्रो कारण चाहिँ याम्बुनेर कथाको पात्र मन परेकाले र तेस्रो कारण केही तामाङ भाषा परिचित बनाउन पनि हो।  

तामाङ भाषा परिचित बनाउन? किन?
हो। हाम्रो देशमा धेरै भाषा छन्। ती भाषा तिनै समुदायमा पनि कम बोलिन थालेका छन्। हाम्रो भाषा संस्कृति भित्रभित्रै दबाएर हैन बाहिर खुला ल्याउनुपर्छ भन्ने लाग्छ। यो शीर्षक राख्दा पहिचानवादीको मात्रै ट्याग पो लाग्ने हो कि भन्ने पनि डर लागेकै हो मलाई। तर पछि आफैँले आफैँलाई कन्भिन्स गरेँ। याम्बुको पनि छुट्टै कला छ, संस्कृति छ मूल्यमान्यता छ र अस्तित्व छ। यो अन्यले पनि स्वीकानुपर्छ भन्ने लागेर नै याम्बुनेर राखेको हो। 

किताबको कभरमा जात, भाषा, संस्कृति, वर्ग, क्षेत्र वा खास नश्लको आधारमा गरिँदै आएको विभेदको कथा उनिएको छ। भनेर वास्तविक याम्बुनेर विभेदै विभेद भएको स्थान हो भन्ने बुझाइ तपाईंको हो?
मैले बाँचिरहेको भूगोलभन्दा बाहिरको कथामा त जान सक्दिनँ नि! हैन? कथाहरु कल्पना गरिएको भएपनि यथार्थमा आधारित रहेर लेखिएका कथा हुन्। ठ्याक्कै भन्दा, याम्बुनेरमा म उभिँदा जस्तो देखेँ त्यस्तै लेखेको हो। त्यहाँ विभेद देख्नु हुन्छ कि सत्ताले पर हुत्त्याएको पात्रको कथा देख्नुहुन्छ कि त्यो पाठकको नजरमा भर पर्ने कुरा भयो। तर यथार्थमा आधारित भएर लेख्ता विभेद जस्तो पहिचान खोजे जस्तो देखिएको हो। याम्बुनेर उहिलेदेखि नै सत्ताले विभेद गरेको स्थान हो। 

तपाईंले हरेक कथामा पात्रको जात समावेशी बनाउन खोजेजस्तो देखिन्छ। प्रायः कथामा धेरै किसिमको जात राख्नुभएको छ नि? 
समाजको संरचना नै त्यस्तो हो नि त। हाम्रो त्यही भएर धेरै किसिमका जातहरु समावेश गरिएको हो। 

nimb
nimb
Ncell 2
Ncell 2

'सिकोफाइभ' कथामा क्षेत्री, तामाङ, नेवार, झा, गुरुङ, ब्राह्मण लगायतका पात्रहरु राखेर  समाबेशी बनाउन खोज्नु भएको देखिएको छ। समावेशी बनाउन खोज्दा यी जातहरु राख्नुभयो कि कथाले मागेको हो? 
बिल्कुलै मैले समावेशी बनाउन खोजेको होइन। जो जो पात्रहरु मसँग ठोकिन आए, तिनै पात्रहरु मेरो कथामा परेका हुन्। फेरि के पनि हुन सक्छ भने म हुर्किएको ठाउँ हेटौँडा। जहाँ धेरै किसमका जातीहरुको बसोबास छ। त्यसैको प्रभाव पनि परहेको होला।

तपाईंले अघि भन्नुभएका जातहरु मैले समावेशी बनाउने जबर्जस्त ल्याएको हैन। ती कथाले मागेका र प्रत्यक्षरुपमा नै म उनीहरुसँगैँ र्हुकिएकाले हुन सक्छ ती पात्रहरु आएका। 

प्रायः कथामा पीडा संघर्ष र राज्यसत्ताले सताएको कुरालाई उधिन्नु भएको छ। यो कथा सङ्ग्रह राज्यसत्ताप्रतिको आक्रोशको कथा हो भन्दा मिल्छ?
मैले त्यस्तो ठूलो स्वरले चिच्चाएकी छैन। आक्रोश त देखिएको हो। कथाका पात्र भित्रका उकुसमुकुस  बोलेको हो। लामो समय देखि सङ्क्रमणमा गुज्रिएका छन् ती पात्रहरु। एउटै कथामा एउटै पात्रको कथा त होइनन्। तर ४-५ जना पात्रका कथाहरु एउटा कथामा राखेको हुँ। आक्रोश भन्नुभन्दा पनि असन्तुष्टि चाहिँ पक्कै हो। 

धेरै कथाहरु २०४६ सालपछिका सेरोफेरोमा लेखिएका छन् है?
लगभग त्यही नै हो। ‘सिफनको फेरो’ भन्ने कथा चाहिँ पञ्चायतको बेला हो।

यो कथामा तामाङ समुदाय तर्फबाट नै केही आलोचना आयो। धेरै साथीहरुले तामाङले तामाङलाई नै बेच्छ भनेको कथा किन राखेको भन्ने कुरा गर्नुभयो? तर यसलाई जातमा मात्रै राखेर बुझ्नुभएन। जातीय कुरा आएपनि तामाङले तामाङलाई नै बेच्न किन बाध्य भयो? यसको अर्काे पाटो त वर्गीय खाडल छ नि हैन र?

तामाङ समुदायलाई नै होच्याएर लेखेको भन्ने आरोप आयो हो? 
म यही आरोप भन्न चाहान्नँ। तर म के भन्न चाहान्छु भने कुनै कुराको आरोप गर्नुभन्दा अगाडि त्यसको धरातल बुझ्नु जरुरी छ। जात विशेषका रुपमा बुझ्नुभएन। अहिले पनि वडा अध्यक्ष नै पक्राउ पनि पर्नुभएको छ। राज्यसत्ताले कुनैबेला जातको आधारमा विभेद गरेकै हो। तर वर्गाीयताको आधारमा तामाङ तामाङलाई पनि शोषण गरेकै छ। 

उदारहणको लागि दशैंमा राँगा काटेपछि गाउँको अध्यक्षलाई (तामाङले मान्ने गरेको)लाई टाउको लिएर टीका थाप्न जानैपर्छ। यो एक प्रकारको शोषण हो कि हैन? अर्काे कुरा के हो भने म जात मात्रै हैन वर्गीयगत रुपमा पनि विभेद भएको छ भन्ने मान्छु। त्यसैले तामाङले तामाङलाई किन बेच्यो खोज्दै जाने हो भने जगंबहादुरको पालासम्म पुग्नुपर्छ।

पहिले पहिले राणाहरुलाई तामाङ युवतीलाई विलासिताका लागि दरबारमा ल्याइयो। राणाहरुले तिब्बत र भारतमा उपहारको रुपमा तामाङ युवतीहरुलाई पठाउन थाले त्यो पनि विलासिताकै लागि। पहिले राज्य सत्ताले बेच्यो। पछि गाउँगाउँ पुगेको सत्ताले पनि यो प्रथा रोकेन झन् बढवा दियो। आखिरीमा गरिब भएकै कारण तामाङले तामाङलाई नै बेच्न थाले। मैले तामाङले तामाङलाई मात्र बेच्यो भनेर देखाउन खोजेको हैन, समाजको यर्थाथपन र तामाङले तामाङलाई किन बेच्यो भनेर वर्गीयगत कुरा देखाउन खोजेको हो। 

प्रत्येक कथामा केही शब्दहरु तामाङ भाषाका विषय पनि राख्नुभएको छ। अन्य भाषीका लागि सहज होस् भनेर त्यसको अर्थ पनि फुटनोटमा राख्नुभएको छ। तामाङ शब्दहरु राख्नुको कारण के हो? 
पात्रको अन्तरमनले जसरी बोल्छ त्यसरी नै राख्दा खेरि तामाङ भाषा आएको हो। त्यो पात्रको मौलिकपनता हो। यसमा मेरो के इन्टेन्सन पनि छ भने, केही तामाङ शब्दहरुमा अन्य भाषीले पनि सहज महसुस गर्नुहोस् भन्ने नै हो। पहिचानको खोजी भनेको सडकमा आएर मुर्दावाद भन्नुभन्दा आफूसँग भएको चिज मिल्ने स्थानमा राख्नु पनि हो। 

‘आनी पेमा’को कथामा गुम्बाको नियममा बस्न नसकेर हिँडेकी एक पात्र उभ्याउनु भएको छ। तपाईं तामाङ समुदायको पनि हुनुहुन्छ, गुम्बामा बस्न सकस हुन्छ हो सबैलाई? 
सबैलाई त्यसरी हेर्न हुँदैन। तर गुम्बामा सबै इच्छाले बसेका छन् भन्ने पनि होइन। म आफू भौतिकवादी दर्शनबाट प्रभावित भएर हुन सक्छ हाम्रो धर्मका केही कट्टर नियमहरु परिवर्तन हुनुपर्छ भन्ने मान्यता राख्छु।

मेरी कथाकी पात्रले पनि आफूभित्रको 'म' खोजेपछि गुम्बा छाडेको देखाएको छु। केही समय गुम्बा बसेर त्यहाँ टिक्न नसकेर बाहिर आउनेहरु पनि हुनुहुन्छ। तर अघि नै भने नि एउटै पात्रमा एउटाको मात्र कथा हैन धेरै पात्रको कथा देख्नुहुन्छ। गुम्बाको चलन केही परिष्कृत त हुनुपर्छ भन्ने मान्यता राख्छु। 

गुम्बाको नियम महिलाहरुलाई कडा छ भन्न खोज्नुभएको हो? 
पुरुषलाई जति छुट छ महिलालाई पनि त्यति नै हुनुपर्छ। महिलालाई किन अविवाहित नै बस्नुपर्ने? पुरुषलाई विवाहित बस्ने कि नबस्ने स्वनिर्णय गर्न पाउने, महिलाले किन नपाउने? यदि गुम्बामा बसेकाहरुले आफू हुनुको अस्तीत्व खोज्छ भने रोक्न हुन्न। परिवारको इज्जतको नाउँमा धर्मको नाउँमा परिवारले पाल्न सक्तैन भन्ने निहुँमा उनीहरुको इच्छा मार्नुभएन।

मैले भन्न खोजेको, स्वेच्छाले कसैले पनि अध्यात्ममा विश्वास गर्न सक्छ। तर विचारै गर्ने बेला नहुँदै बच्चा बेलामा गुम्बामा लगेर राखिनु त बच्चाप्रतिको अन्याय भएन र? आस्था भनेको स्वयं पलाउने कुरा हो। महिलाको सवालमा पनि यही हुुनुपर्छ। 

‘याम्बुनेर’ शीर्षकको कथामा वनलाई राष्ट्रिय निकुञ्ज बनाइएको कुरालाई लिएर विरोध गर्नुभएको छ। किन? 
आदिवासी जनजातिको जगंलसँग छुट्टै सम्बन्ध हुन्छ। पूजा गर्नेदेखि लिएर जीविकाको साधन नै वनजगंल हो। वनजगंल वरपर बस्ने नागरिकको जीविका कसरी चलेको छ उनीहरुको संस्कृतिको जगंलसँगको साइनो के छ त्यो नै नबुझी राष्ट्रिय निकुञ्ज बनाइयो। जसले गर्दा तामाङ समुदायले धेरै दुःख पाए।

जगंलको माटोमा रुखमा पूजा गर्नुपर्ने हुन्छ उनीहरुल पूजा गर्न पाएनन्। दाउरा काटेर खाना पकाउनुपर्ने हुन्छ यो काम गर्न पाएनन्। राज्यसत्ताले तामाङको संस्कृतिलाई र जीविकालाई विकल्प नदिइकन जबरजस्ती संरक्षणको नाउँमा एकपक्षीय निर्णय गर्‍यो। त्यसकारण निकुञ्ज बनाएकोमा विरोध हैन कि तामाङको संस्कृति र जीविकालाई ख्यालै नगरी निकुञ्ज बनाइएकाले त्यहाँको नागरिकले कस्तो दुःख पाए भन्ने भाव मात्र कथामा उतारेकी हुँ। 

आख्यान नै सही तपाईंले यही कथामा बाहिरबाट आउने रक्सीलाई नरोक्ने, हाम्रो रक्सी चाहिं फाल्ने भनेर लेख्नुभएको छ। अहिले पनि घरेलु रक्सी नष्ट गरिएका समाचार आइरहन्छन्। यसप्रति तपाईंको असुन्तुष्टि हो? 
रक्सीको पक्षमा वकालत गरेको होइन। तर के हो भने रक्सी यहीँ पारेर त्यहाँका महिलाहरुले जीविका चलाइरहेका छन्। छोराछोरी पढाइरहेका छन्। रक्सी फाल्ने कि करको दायरामा ल्याउने?

तपाईंलाई भनौँ, यही कथा लेखिरहेको बेलामा प्रहरीहरु घरघरमा छापा हाने। केही जर्किन रक्सी फाले। तामाका पकाउने पुराना भाडा महाराजगञ्ज प्रहरी बिटमा ल्याइयो। फालेर मात्रै समस्या सामाधान हुने हो कि रक्सीलाई स्तरीकरण गर्ने करको दायरामा ल्याउने हो? आखिर हाम्रोमा बाहिरबाट आयात पनि त गर्छाै नि हैन र?

अर्काे हाँसउठ्तो कुरा के लाग्छ भने, सरकारले महिला सशक्तीकरण भन्छ। तर हातमा भएको सिप बेचेर खान दिँदैन। सिस्टममा ल्याइदिँदैन। यसै सशक्तिकरण भनेर हुन्छ? रोजगार खोस्नु त भएन नि!

‘भगवान निवास’ भन्ने कथामा स्वदेशमै रोजगार नपाएपछि विदेशिएको एक पात्रको कथा छ। परम्परागत पेसा अपनाउन राज्यले रोकेको र अन्य रोजगारी नपाएर नै विदेशिनु परेको छ भनेर देखाउन खोज्नुभएको हो? 
हो, यस्ता पात्र हाम्रो समुदायमा मात्रै हैन देशैभर छन्। अनि अर्काे कुरा यस कथाका प्रमुख पात्रले पढ्दापढ्दै विद्यालय छोडेको छ। किनभने, भाषा उसलाई समस्या भएको छ। कम्तीमा केही विषयहरु तामाङमा पढ्न पाएको भए हुन्थ्यो नि हैन र?  परम्परागत पेसा खोसिनु भाषाकै कारण पढ्न नसक्नु अनि अरु त उपाय नै के नै रह्यो र जिविकाको लागि? 

याम्बुनेरमा १३ वटा कथा छन्। सबै कथामा जातको आधारमा राज्य सत्ताले तल पारेको, महिला भएकै कारण शोषणमा परेको कथा समावेश छन्। के याम्बुको कथा यस्तै हो? 
हो। अघि नै भनेँ नि राज्यसत्ताले याम्बुलाई बेवास्ता गरेकै हो। केही नयाँ पुस्ताले गर्दा केही परिवर्तन हुन्छ कि भन्ने आश छ। 

प्रायः कथामा महिला पात्रलाई अलि सशक्त देखाउनु भएको छ नि!
देखाएको होइन। तामाङ समुदायमा महिलाहरु अलि सशक्त नै छन्। भन्न खोजेको के भने राज्यले दिने अधिकारमा त महिलापुरुष बञ्चित नै भए। २००७ सालपछि नै अन्य जातका थोरै महिलाहरु स्कुल क्याम्पस जाँदै गर्दा तामाङलगायतका अन्य जान पाएनन्। तर तामाङ महिलाहरु आफ्नो घरभित्रको मामिलामा भने बलिया नै छन्। उनीहरुले आयआर्जनमा काम गर्न पाए तामाङ संस्कृति फेरि त्यस्तो महिला भएकै कारण हेलाँहोचो गर्नै पर्छ भन्ने पनि छैन।

अधिकांश कथामा तामाङ पात्र नै केन्द्रविन्दुमा राख्नुभएको छ। भारतीय मूलकी अमेरिकी लेखक गायत्री चक्रवर्ती स्पिभाकले पनि जुन समुदायको हो, उसैले कथा लेख्यो भने न्याय गर्न सक्छ भनेकी छन्। आफ्ना पात्रहरुलाई कतिको न्याय गर्न सके जस्तो लाग्छ? 
तामाङहरु नै राख्नुको कारण चाहिँ म त्यहीँ हुर्केको र त्यहीँका पात्रहरुसँग ठोकिएकाले भयो। अनि स्पिभाकले भन्नुभएको कुरा सही हो। उहाँले पनि सबाल्टर्नहरु बोल्न सक्छन् भन्नुभएको थियो। यतिन्जेल हाम्रो कथा अरुले बोलिदिएको थिए। आख्यान नै किन नहोस् आफ्नो समुदायको कथा त ल्याइयो नि। मलाई लाग्छ, कथाका पात्रहरुमा मैले न्याय गरेकी छु। 

कतिपय लेखकले मुद्दा उठाउने भए गैरआख्यान लेखे हुन्छ भन्छन्। तपाईंको यसमा के धारणा छ? 
आख्यान मलाई मन पर्ने विधा हो। त्यही भएर आख्यानमा लेखियो। आख्यान लेखेपनि टेक्ने धरातल पनि उही समाज हो नि हैन र? 

गैरआख्यानमा भन्दा आख्यानमा सत्य लेखिन्छ भन्ने भनाइ छ। त्यही भएर यो विधा रोज्नुभएको हो कि? 
हाँस्दै... त्यस्तो पनि होइन। मेरो रुचि आख्यान तिर भएर हो। 

कथा लेख्दा कसरी लेख्नु हुन्छ? 
कथा लेख्दा एकैपटक सरसर्ती लेख्दिनँ। अलि समय लाग्छ। एउटा कथा लेख्छु। त्यसलाई दुई तीन महिना थन्काउछु पनि। पछि फेरि हेरेर मिलाउँछु। 

पात्र चयन विषयवस्तु छनोट गर्ने तरिका? 
कथाको एउटा पात्रभित्र समाजका ४-५ वटा रियल पात्रहरु हुन्छन्। विषयवस्तु त समाजको जे हो त्यही हो। 

अगामि कृतिबारे केही सोच्नु भएको छ? 
भर्खर त यो किताब आएको छ। हेर्दै जाऔं। 

प्रकाशित मिति: शनिबार, असोज ३, २०७७  १९:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
सम्बन्धित सामग्री
‘बीपी र विद्रोहका ती दिन’ मार्फत धर्म गौतमले सुनाए राजनीतिक यात्राका अनुभव काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच नेपाली कांग्रेसका नेता धर्म गौतमको राजनीतिक संस्मरण ‘बीपी र विद्रोहका ती दिन’ लोकार्पण गरिएक... मंगलबार, भदौ २, २०८३
‘नैतिक पतन’व्यक्तिलाई प्रज्ञा प्रतिष्ठानको कुलपति बनाएको आरोप नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति नियुक्तिको विषय विवादित बनेको छ। प्रतिष्ठानको कुलपतिमा सरकारले विवादित साहित्यकार कुमार नगरकोटीलाई... शुक्रबार, साउन २९, २०८३
तीनवटा प्रज्ञा प्रतिष्ठानमा नयाँ नेतृत्व, को कहाँ नियक्त भए सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानमा कुमार नगरकोटी, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा ब्रजेश खनाल र ललितकला प्रज्ञा प्रतिष्ठानमा एर... शुक्रबार, साउन २२, २०८३
ताजा समाचारसबै
‘सम्पदा पुनर्निर्माण मात्रै होइन, पुस्तान्तरण पनि आवश्यक छ’ : सुनिता डंगोल शनिबार, भदौ ६, २०८३
बालेन सरकारलाई लक्षित गर्दै ओलीले भने– यी बारुलासँग म डराउँदिनँ शनिबार, भदौ ६, २०८३
‘देश संकटमा छ, संकटबाट पार लगाउन युवालाई अघि सार्नुपर्छ’ : झलनाथ खनाल शनिबार, भदौ ६, २०८३
भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री रावल शनिबार, भदौ ६, २०८३
गगनको घोषणा : प्रदीप गिरिको स्मृतिमा चार फेलोसिप, ‘मधेशदेखि प्रेमसम्म’ अध्ययन गरिने शनिबार, भदौ ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गरिमा चौधरी प्रकरणमा गृहमन्त्रीले भने– सरकार मौन छैन, दोषीलाई मृत्युदण्ड दिन सकिँदैन शनिबार, भदौ ६, २०८३
खबरै नगरी मुस्ताङ जाँदै गरेका प्रधानमन्त्रीको भ्रमणबारे के भन्छन् मुस्ताङका सुरक्षा निकाय? शुक्रबार, भदौ ५, २०८३
प्रधानमन्त्री बालेनको मुस्ताङ यात्रा : शुक्रबार बिहानदेखि साँझसम्म शुक्रबार, भदौ ५, २०८३
ललितपुरका मेयर  र आशिकाबीच चर्काचर्की : मन्त्रीकै अगाडि झन्किएर हिँडिन्, भएको के थियो? शुक्रबार, भदौ ५, २०८३
अर्जेन्टिनी खेलाडीलाई फिफाले चलायो डन्डा, कुन खेलाडीलाई कस्तो कारबाही ? शुक्रबार, भदौ ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्