• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, जेठ १५, २०८२ Thu, May 29, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली
'याम्बुनेर' राज्यसत्ताले पर हुत्याएकाहरूका कथा हो : बिना थिङ [पुस्तक वार्ता]
64x64
प्रजु पन्त शनिबार, असोज ३, २०७७  १९:४०
1140x725

'याम्बु' अर्थात् काठमाडौँ। सबैको आशाको केन्द्र। कामको आशमा होस् या पढाइको लागि सबैको केन्द्रबिन्दु बनेको छ यो ठाउँ। अनि काठमाडौँकै आसपासमा रहेकाहरू नि? काठमाडौँको भित्तोमा बसेकाहरूको अवस्था? भनाइ नै छ, ‘बत्तीमुनि अँध्यारो’। के काठमाडौँको उज्यालोमा भित्ताहरु (काँठ क्षेत्र)  उज्यालिएका छैनन्? कस्तो छ त्यहाँको अवस्था?

यिनै विषयलाई समेटेर ‘याम्बुनेर’कथा सङ्ग्रह ल्याएकी छन् लेखक बिना थिङले। पेसागत रुपमा अध्यापनरत थिङको याम्बुनेर तेस्रो कृति हो। यसअघि उनको एक कविता सङ्ग्रह तथा एक कथा सङ्ग्रह आइसकेको छ। ‘याम्बुनेर’ कथाको केन्द्रबिन्दुमा रहेर नेपाल लाइभकी प्रजु पन्तले बिना थिङसँग गरेको कुराकानीको सम्पादित अंश:-

के छ याम्बुनेरको खबर? 
अहिले पनि उस्तै हो। पहिलेको जस्तो छ उस्तै। केही फरक भएको छैन। जीवनशैलीमा ।पहिले जसरी बाँचेको थियो। अहिले पनि उसैगरी बाँचेको छ। तर आशाको केही झिल्को भने नयाँ पुस्ताले ल्याउँदैछ। खै, अब याम्बुनेरको अवस्था केही परिवर्तन हुन्छ कि!

‘याम्बुनेर’बारे कस्तो प्रतिक्रिया पाउनु भएको छ?
प्रतिक्रिया राम्रै पाइरहेकी छु। केही आलोचना पनि आएका छन्। सकारात्मक प्रतिक्रियाले धेरै उत्साहित हुने र नकारात्मक प्रतिक्रियाले हतोत्साही हुदिनँ। जे होस् मिश्रित प्रतिक्रिया पाइरहेको छु।  

कथा सङग्रहको नाम नै ‘याम्बुनेर’ किन राख्नु भयो? 
याम्बु अर्थात् काठमाडौँ। नेर भनेको त नजिक भइहाल्यो। तामाङ र नेपाली भाषा मिलेर यो शब्द बन्यो। पहिलो कारण याम्बु छेउछाउको कथा भएकाले। दोस्रो कारण चाहिँ याम्बुनेर कथाको पात्र मन परेकाले र तेस्रो कारण केही तामाङ भाषा परिचित बनाउन पनि हो।  

तामाङ भाषा परिचित बनाउन? किन?
हो। हाम्रो देशमा धेरै भाषा छन्। ती भाषा तिनै समुदायमा पनि कम बोलिन थालेका छन्। हाम्रो भाषा संस्कृति भित्रभित्रै दबाएर हैन बाहिर खुला ल्याउनुपर्छ भन्ने लाग्छ। यो शीर्षक राख्दा पहिचानवादीको मात्रै ट्याग पो लाग्ने हो कि भन्ने पनि डर लागेकै हो मलाई। तर पछि आफैँले आफैँलाई कन्भिन्स गरेँ। याम्बुको पनि छुट्टै कला छ, संस्कृति छ मूल्यमान्यता छ र अस्तित्व छ। यो अन्यले पनि स्वीकानुपर्छ भन्ने लागेर नै याम्बुनेर राखेको हो। 

किताबको कभरमा जात, भाषा, संस्कृति, वर्ग, क्षेत्र वा खास नश्लको आधारमा गरिँदै आएको विभेदको कथा उनिएको छ। भनेर वास्तविक याम्बुनेर विभेदै विभेद भएको स्थान हो भन्ने बुझाइ तपाईंको हो?
मैले बाँचिरहेको भूगोलभन्दा बाहिरको कथामा त जान सक्दिनँ नि! हैन? कथाहरु कल्पना गरिएको भएपनि यथार्थमा आधारित रहेर लेखिएका कथा हुन्। ठ्याक्कै भन्दा, याम्बुनेरमा म उभिँदा जस्तो देखेँ त्यस्तै लेखेको हो। त्यहाँ विभेद देख्नु हुन्छ कि सत्ताले पर हुत्त्याएको पात्रको कथा देख्नुहुन्छ कि त्यो पाठकको नजरमा भर पर्ने कुरा भयो। तर यथार्थमा आधारित भएर लेख्ता विभेद जस्तो पहिचान खोजे जस्तो देखिएको हो। याम्बुनेर उहिलेदेखि नै सत्ताले विभेद गरेको स्थान हो। 

तपाईंले हरेक कथामा पात्रको जात समावेशी बनाउन खोजेजस्तो देखिन्छ। प्रायः कथामा धेरै किसिमको जात राख्नुभएको छ नि? 
समाजको संरचना नै त्यस्तो हो नि त। हाम्रो त्यही भएर धेरै किसिमका जातहरु समावेश गरिएको हो। 

Ncell 2
Ncell 2

'सिकोफाइभ' कथामा क्षेत्री, तामाङ, नेवार, झा, गुरुङ, ब्राह्मण लगायतका पात्रहरु राखेर  समाबेशी बनाउन खोज्नु भएको देखिएको छ। समावेशी बनाउन खोज्दा यी जातहरु राख्नुभयो कि कथाले मागेको हो? 
बिल्कुलै मैले समावेशी बनाउन खोजेको होइन। जो जो पात्रहरु मसँग ठोकिन आए, तिनै पात्रहरु मेरो कथामा परेका हुन्। फेरि के पनि हुन सक्छ भने म हुर्किएको ठाउँ हेटौँडा। जहाँ धेरै किसमका जातीहरुको बसोबास छ। त्यसैको प्रभाव पनि परहेको होला।

तपाईंले अघि भन्नुभएका जातहरु मैले समावेशी बनाउने जबर्जस्त ल्याएको हैन। ती कथाले मागेका र प्रत्यक्षरुपमा नै म उनीहरुसँगैँ र्हुकिएकाले हुन सक्छ ती पात्रहरु आएका। 

प्रायः कथामा पीडा संघर्ष र राज्यसत्ताले सताएको कुरालाई उधिन्नु भएको छ। यो कथा सङ्ग्रह राज्यसत्ताप्रतिको आक्रोशको कथा हो भन्दा मिल्छ?
मैले त्यस्तो ठूलो स्वरले चिच्चाएकी छैन। आक्रोश त देखिएको हो। कथाका पात्र भित्रका उकुसमुकुस  बोलेको हो। लामो समय देखि सङ्क्रमणमा गुज्रिएका छन् ती पात्रहरु। एउटै कथामा एउटै पात्रको कथा त होइनन्। तर ४-५ जना पात्रका कथाहरु एउटा कथामा राखेको हुँ। आक्रोश भन्नुभन्दा पनि असन्तुष्टि चाहिँ पक्कै हो। 

धेरै कथाहरु २०४६ सालपछिका सेरोफेरोमा लेखिएका छन् है?
लगभग त्यही नै हो। ‘सिफनको फेरो’ भन्ने कथा चाहिँ पञ्चायतको बेला हो।

यो कथामा तामाङ समुदाय तर्फबाट नै केही आलोचना आयो। धेरै साथीहरुले तामाङले तामाङलाई नै बेच्छ भनेको कथा किन राखेको भन्ने कुरा गर्नुभयो? तर यसलाई जातमा मात्रै राखेर बुझ्नुभएन। जातीय कुरा आएपनि तामाङले तामाङलाई नै बेच्न किन बाध्य भयो? यसको अर्काे पाटो त वर्गीय खाडल छ नि हैन र?

तामाङ समुदायलाई नै होच्याएर लेखेको भन्ने आरोप आयो हो? 
म यही आरोप भन्न चाहान्नँ। तर म के भन्न चाहान्छु भने कुनै कुराको आरोप गर्नुभन्दा अगाडि त्यसको धरातल बुझ्नु जरुरी छ। जात विशेषका रुपमा बुझ्नुभएन। अहिले पनि वडा अध्यक्ष नै पक्राउ पनि पर्नुभएको छ। राज्यसत्ताले कुनैबेला जातको आधारमा विभेद गरेकै हो। तर वर्गाीयताको आधारमा तामाङ तामाङलाई पनि शोषण गरेकै छ। 

उदारहणको लागि दशैंमा राँगा काटेपछि गाउँको अध्यक्षलाई (तामाङले मान्ने गरेको)लाई टाउको लिएर टीका थाप्न जानैपर्छ। यो एक प्रकारको शोषण हो कि हैन? अर्काे कुरा के हो भने म जात मात्रै हैन वर्गीयगत रुपमा पनि विभेद भएको छ भन्ने मान्छु। त्यसैले तामाङले तामाङलाई किन बेच्यो खोज्दै जाने हो भने जगंबहादुरको पालासम्म पुग्नुपर्छ।

पहिले पहिले राणाहरुलाई तामाङ युवतीलाई विलासिताका लागि दरबारमा ल्याइयो। राणाहरुले तिब्बत र भारतमा उपहारको रुपमा तामाङ युवतीहरुलाई पठाउन थाले त्यो पनि विलासिताकै लागि। पहिले राज्य सत्ताले बेच्यो। पछि गाउँगाउँ पुगेको सत्ताले पनि यो प्रथा रोकेन झन् बढवा दियो। आखिरीमा गरिब भएकै कारण तामाङले तामाङलाई नै बेच्न थाले। मैले तामाङले तामाङलाई मात्र बेच्यो भनेर देखाउन खोजेको हैन, समाजको यर्थाथपन र तामाङले तामाङलाई किन बेच्यो भनेर वर्गीयगत कुरा देखाउन खोजेको हो। 

प्रत्येक कथामा केही शब्दहरु तामाङ भाषाका विषय पनि राख्नुभएको छ। अन्य भाषीका लागि सहज होस् भनेर त्यसको अर्थ पनि फुटनोटमा राख्नुभएको छ। तामाङ शब्दहरु राख्नुको कारण के हो? 
पात्रको अन्तरमनले जसरी बोल्छ त्यसरी नै राख्दा खेरि तामाङ भाषा आएको हो। त्यो पात्रको मौलिकपनता हो। यसमा मेरो के इन्टेन्सन पनि छ भने, केही तामाङ शब्दहरुमा अन्य भाषीले पनि सहज महसुस गर्नुहोस् भन्ने नै हो। पहिचानको खोजी भनेको सडकमा आएर मुर्दावाद भन्नुभन्दा आफूसँग भएको चिज मिल्ने स्थानमा राख्नु पनि हो। 

‘आनी पेमा’को कथामा गुम्बाको नियममा बस्न नसकेर हिँडेकी एक पात्र उभ्याउनु भएको छ। तपाईं तामाङ समुदायको पनि हुनुहुन्छ, गुम्बामा बस्न सकस हुन्छ हो सबैलाई? 
सबैलाई त्यसरी हेर्न हुँदैन। तर गुम्बामा सबै इच्छाले बसेका छन् भन्ने पनि होइन। म आफू भौतिकवादी दर्शनबाट प्रभावित भएर हुन सक्छ हाम्रो धर्मका केही कट्टर नियमहरु परिवर्तन हुनुपर्छ भन्ने मान्यता राख्छु।

मेरी कथाकी पात्रले पनि आफूभित्रको 'म' खोजेपछि गुम्बा छाडेको देखाएको छु। केही समय गुम्बा बसेर त्यहाँ टिक्न नसकेर बाहिर आउनेहरु पनि हुनुहुन्छ। तर अघि नै भने नि एउटै पात्रमा एउटाको मात्र कथा हैन धेरै पात्रको कथा देख्नुहुन्छ। गुम्बाको चलन केही परिष्कृत त हुनुपर्छ भन्ने मान्यता राख्छु। 

गुम्बाको नियम महिलाहरुलाई कडा छ भन्न खोज्नुभएको हो? 
पुरुषलाई जति छुट छ महिलालाई पनि त्यति नै हुनुपर्छ। महिलालाई किन अविवाहित नै बस्नुपर्ने? पुरुषलाई विवाहित बस्ने कि नबस्ने स्वनिर्णय गर्न पाउने, महिलाले किन नपाउने? यदि गुम्बामा बसेकाहरुले आफू हुनुको अस्तीत्व खोज्छ भने रोक्न हुन्न। परिवारको इज्जतको नाउँमा धर्मको नाउँमा परिवारले पाल्न सक्तैन भन्ने निहुँमा उनीहरुको इच्छा मार्नुभएन।

मैले भन्न खोजेको, स्वेच्छाले कसैले पनि अध्यात्ममा विश्वास गर्न सक्छ। तर विचारै गर्ने बेला नहुँदै बच्चा बेलामा गुम्बामा लगेर राखिनु त बच्चाप्रतिको अन्याय भएन र? आस्था भनेको स्वयं पलाउने कुरा हो। महिलाको सवालमा पनि यही हुुनुपर्छ। 

‘याम्बुनेर’ शीर्षकको कथामा वनलाई राष्ट्रिय निकुञ्ज बनाइएको कुरालाई लिएर विरोध गर्नुभएको छ। किन? 
आदिवासी जनजातिको जगंलसँग छुट्टै सम्बन्ध हुन्छ। पूजा गर्नेदेखि लिएर जीविकाको साधन नै वनजगंल हो। वनजगंल वरपर बस्ने नागरिकको जीविका कसरी चलेको छ उनीहरुको संस्कृतिको जगंलसँगको साइनो के छ त्यो नै नबुझी राष्ट्रिय निकुञ्ज बनाइयो। जसले गर्दा तामाङ समुदायले धेरै दुःख पाए।

जगंलको माटोमा रुखमा पूजा गर्नुपर्ने हुन्छ उनीहरुल पूजा गर्न पाएनन्। दाउरा काटेर खाना पकाउनुपर्ने हुन्छ यो काम गर्न पाएनन्। राज्यसत्ताले तामाङको संस्कृतिलाई र जीविकालाई विकल्प नदिइकन जबरजस्ती संरक्षणको नाउँमा एकपक्षीय निर्णय गर्‍यो। त्यसकारण निकुञ्ज बनाएकोमा विरोध हैन कि तामाङको संस्कृति र जीविकालाई ख्यालै नगरी निकुञ्ज बनाइएकाले त्यहाँको नागरिकले कस्तो दुःख पाए भन्ने भाव मात्र कथामा उतारेकी हुँ। 

आख्यान नै सही तपाईंले यही कथामा बाहिरबाट आउने रक्सीलाई नरोक्ने, हाम्रो रक्सी चाहिं फाल्ने भनेर लेख्नुभएको छ। अहिले पनि घरेलु रक्सी नष्ट गरिएका समाचार आइरहन्छन्। यसप्रति तपाईंको असुन्तुष्टि हो? 
रक्सीको पक्षमा वकालत गरेको होइन। तर के हो भने रक्सी यहीँ पारेर त्यहाँका महिलाहरुले जीविका चलाइरहेका छन्। छोराछोरी पढाइरहेका छन्। रक्सी फाल्ने कि करको दायरामा ल्याउने?

तपाईंलाई भनौँ, यही कथा लेखिरहेको बेलामा प्रहरीहरु घरघरमा छापा हाने। केही जर्किन रक्सी फाले। तामाका पकाउने पुराना भाडा महाराजगञ्ज प्रहरी बिटमा ल्याइयो। फालेर मात्रै समस्या सामाधान हुने हो कि रक्सीलाई स्तरीकरण गर्ने करको दायरामा ल्याउने हो? आखिर हाम्रोमा बाहिरबाट आयात पनि त गर्छाै नि हैन र?

अर्काे हाँसउठ्तो कुरा के लाग्छ भने, सरकारले महिला सशक्तीकरण भन्छ। तर हातमा भएको सिप बेचेर खान दिँदैन। सिस्टममा ल्याइदिँदैन। यसै सशक्तिकरण भनेर हुन्छ? रोजगार खोस्नु त भएन नि!

‘भगवान निवास’ भन्ने कथामा स्वदेशमै रोजगार नपाएपछि विदेशिएको एक पात्रको कथा छ। परम्परागत पेसा अपनाउन राज्यले रोकेको र अन्य रोजगारी नपाएर नै विदेशिनु परेको छ भनेर देखाउन खोज्नुभएको हो? 
हो, यस्ता पात्र हाम्रो समुदायमा मात्रै हैन देशैभर छन्। अनि अर्काे कुरा यस कथाका प्रमुख पात्रले पढ्दापढ्दै विद्यालय छोडेको छ। किनभने, भाषा उसलाई समस्या भएको छ। कम्तीमा केही विषयहरु तामाङमा पढ्न पाएको भए हुन्थ्यो नि हैन र?  परम्परागत पेसा खोसिनु भाषाकै कारण पढ्न नसक्नु अनि अरु त उपाय नै के नै रह्यो र जिविकाको लागि? 

याम्बुनेरमा १३ वटा कथा छन्। सबै कथामा जातको आधारमा राज्य सत्ताले तल पारेको, महिला भएकै कारण शोषणमा परेको कथा समावेश छन्। के याम्बुको कथा यस्तै हो? 
हो। अघि नै भनेँ नि राज्यसत्ताले याम्बुलाई बेवास्ता गरेकै हो। केही नयाँ पुस्ताले गर्दा केही परिवर्तन हुन्छ कि भन्ने आश छ। 

प्रायः कथामा महिला पात्रलाई अलि सशक्त देखाउनु भएको छ नि!
देखाएको होइन। तामाङ समुदायमा महिलाहरु अलि सशक्त नै छन्। भन्न खोजेको के भने राज्यले दिने अधिकारमा त महिलापुरुष बञ्चित नै भए। २००७ सालपछि नै अन्य जातका थोरै महिलाहरु स्कुल क्याम्पस जाँदै गर्दा तामाङलगायतका अन्य जान पाएनन्। तर तामाङ महिलाहरु आफ्नो घरभित्रको मामिलामा भने बलिया नै छन्। उनीहरुले आयआर्जनमा काम गर्न पाए तामाङ संस्कृति फेरि त्यस्तो महिला भएकै कारण हेलाँहोचो गर्नै पर्छ भन्ने पनि छैन।

अधिकांश कथामा तामाङ पात्र नै केन्द्रविन्दुमा राख्नुभएको छ। भारतीय मूलकी अमेरिकी लेखक गायत्री चक्रवर्ती स्पिभाकले पनि जुन समुदायको हो, उसैले कथा लेख्यो भने न्याय गर्न सक्छ भनेकी छन्। आफ्ना पात्रहरुलाई कतिको न्याय गर्न सके जस्तो लाग्छ? 
तामाङहरु नै राख्नुको कारण चाहिँ म त्यहीँ हुर्केको र त्यहीँका पात्रहरुसँग ठोकिएकाले भयो। अनि स्पिभाकले भन्नुभएको कुरा सही हो। उहाँले पनि सबाल्टर्नहरु बोल्न सक्छन् भन्नुभएको थियो। यतिन्जेल हाम्रो कथा अरुले बोलिदिएको थिए। आख्यान नै किन नहोस् आफ्नो समुदायको कथा त ल्याइयो नि। मलाई लाग्छ, कथाका पात्रहरुमा मैले न्याय गरेकी छु। 

कतिपय लेखकले मुद्दा उठाउने भए गैरआख्यान लेखे हुन्छ भन्छन्। तपाईंको यसमा के धारणा छ? 
आख्यान मलाई मन पर्ने विधा हो। त्यही भएर आख्यानमा लेखियो। आख्यान लेखेपनि टेक्ने धरातल पनि उही समाज हो नि हैन र? 

गैरआख्यानमा भन्दा आख्यानमा सत्य लेखिन्छ भन्ने भनाइ छ। त्यही भएर यो विधा रोज्नुभएको हो कि? 
हाँस्दै... त्यस्तो पनि होइन। मेरो रुचि आख्यान तिर भएर हो। 

कथा लेख्दा कसरी लेख्नु हुन्छ? 
कथा लेख्दा एकैपटक सरसर्ती लेख्दिनँ। अलि समय लाग्छ। एउटा कथा लेख्छु। त्यसलाई दुई तीन महिना थन्काउछु पनि। पछि फेरि हेरेर मिलाउँछु। 

पात्र चयन विषयवस्तु छनोट गर्ने तरिका? 
कथाको एउटा पात्रभित्र समाजका ४-५ वटा रियल पात्रहरु हुन्छन्। विषयवस्तु त समाजको जे हो त्यही हो। 

अगामि कृतिबारे केही सोच्नु भएको छ? 
भर्खर त यो किताब आएको छ। हेर्दै जाऔं। 

प्रकाशित मिति: शनिबार, असोज ३, २०७७  १९:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
सम्बन्धित सामग्री
जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित लोकार्पण कार्यक्रममा लेखक प्रसाईंले आफ्नो १० वर्षे लेखन यात्राको अनुभव पनि सुनाए । १० वर्ष पहिले नेपालयबाटै प्रकाशन भएको उनको ‘जीवन... सोमबार, वैशाख २९, २०८२
नादसँग झङ्कृत हुँदा यस खण्ड अन्तर्गत रहेर शायरले शेरको वर्षा गराउनु भएको देखिन्छ।’अभ्यासले नै अभ्यस्त हुने हो’ भन्ने कुरा यस खण्डमा देख्न सकिन्छ। शनिबार, वैशाख २७, २०८२
ईस्टर पर्वको पूर्वसन्ध्यामा श्रीलङ्काको चर्चमा गोली प्रहार प्रहरीले जानकारी दिएको अनुसार घटनास्थल राजधानी कोलम्बोबाट करिब १६० किलोमिटर टाढा रहेको मानाम्पिटिया भन्ने ठाउँमा पर्छ। शनिबार, वैशाख ६, २०८२
ताजा समाचारसबै
काठमाडौँको सुरक्षा व्यवस्थामा कडाई, ६ हजार बढि सुरक्षाकर्मी परिचालन बिहीबार, जेठ १५, २०८२
परराष्ट्रमन्त्री डा राणा हङकङमा बिहीबार, जेठ १५, २०८२
एमाले नेता लालबाबु पण्डितकी पत्नी बिमलाको निधन बिहीबार, जेठ १५, २०८२
बजेट अनुमोदन गर्न मन्त्रिपरिषद्को बैठक बस्दै बिहीबार, जेठ १५, २०८२
गाजामा मानविय संकट, इजरायली सेनाद्वारा राहत लिन गएका १० जनाको हत्या, ६२ जना घाइते बिहीबार, जेठ १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
सदनमा बोल्न नदिए गृहमन्त्री लेखकले पत्रकार सम्मेलन गर्ने बुधबार, जेठ १४, २०८२
राजावादीलाई चक्रपथभित्र प्रवेश नदिन सुरक्षा निकायलाई  प्रधानमन्त्रीको निर्देशन बुधबार, जेठ १४, २०८२
सरकारले समितिका सभापति र प्रमुख सचेतकबाट पीएसओ खोस्यो : ज्ञानेन्द्र शाही बुधबार, जेठ १४, २०८२
पूर्वराज्यमन्त्री एवम् संविधानसभा सदस्य खड्काको निधन बिहीबार, जेठ १५, २०८२
राजावादीलाई दिउँसो २ बजेपछि मात्र प्रदर्शनको अनुमति, त्यसअघि एमालेलाई बुधबार, जेठ १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
यसै साता मनसुन नेपाल भित्रिने मंगलबार, जेठ १३, २०८२
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
लामिछानेलाई थुनामा राख्न भएको आदेशको त्रुटि सच्चाइयो आइतबार, जेठ ११, २०८२
महरा प्रकरणमा जोडिएकी रोशनी शाही मृत फेला आइतबार, जेठ ११, २०८२
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्