• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

के गर्दैछ नेविसंघ?

64x64
लिलु डुम्रे आइतबार, साउन ४, २०७७  १६:५५
1140x725
फाइल फोटो

काठमाडौं– सन्दर्भ थियो- कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्म जयन्ति। नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघले सोही अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो। असार १९ मा भएको कार्यक्रमका प्रमुख अतिथि थिए, पार्टी सभापति शेरबहादुर देउवा। लकडाउनको अवधिमा सार्वजनिक कार्यक्रममा ननिस्केका देउवा पहिलो पटक भ्रातृ संस्थाले गरेको कार्यक्रममा निस्केका थिए।

जसले प्रमुख अतिथि बनाएर देउवालाई बोलाए, उनैप्रति खनिए। प्रमुख भ्रातृ संस्थाको बेथितिमाथि प्रहार गरे। संघले आफ्नो दायित्व पूरा नगरेकोमा उनी कड्किए।

देउवाको प्रस्तुतिमा प्रश्न उठे। सञ्जालमा व्यंग्य गरियो। तर, देउवाले प्रस्तुत गरेका प्रश्नको जवाफको खोजी भने भएन। बरु संघको कार्यक्षमतामाथि प्रश्न उठाएका देउवा नै नै हास्यपात्र बने। ‘गतिहीन’ संगठनकै कारणले देउवाको अभिव्यक्तिको हद त्यो अवस्थामा पुगेको भनी कहीँकतै टिप्पणी भएन। देउवाको शैलीमा प्रश्न उठे पनि संघ निष्प्रभावी भएकोप्रति संस्थापक सभापति विपिन कोइराला समर्थन जनाउँछन्।

नेपाली कांग्रेसको मेरुदण्ड संगठनका रुपमा नेविसंघ परिचित छ। नेविसंघले उत्पादन गरेका नेता पार्टीको जिम्मेवार पदमा पुगेका छन्। पार्टी सभापति देउवा संघको दोश्रो सभापति हुन्। वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, सह महामन्त्री डा प्रकाशशरण महत विद्यार्थी राजनीतिबाट पार्टीमा आएका हुन्। नेताहरु डा रामशरण महत, बलबहादुर केसी, ज्ञानेन्द्रबहादुर कार्की, दिलबहादुर घर्ती, बालकृष्ण खाँण, एनपी साउद, धनराज गुरुङ, गोविन्द भट्टराई, विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी, गगन थापा, किशोरसिंह राठौर, गुरुराज घिमिरे, कल्याण गुरुङ, प्रदीप पौडेल लगायतका नेताहरु पनि नेविसंघकै उत्पादन हुन्।

व्यवस्था परिवर्तनका लागि पहिलो पंक्तिमा खटिएको संघको कन्तविजोग देख्दा देउवालाई चित्त दुख्नु स्वभाविक पनि हो। संगठन भए पनि उर्जा हराउँदै गएको कोइरालाले गुनासो गरे। पदीय जिम्मेवारीका लागि सभापतिको ढोका चहारेर भूमिका पाएकाहरुले आफ्नो दायित्व पूरा नगरेकोमा देउवाको प्रश्न थियो। क्षमता विकास गर्न तत्पर नभएको यो पुस्ताले ‘गरी खान्न’ भन्नेमा देउवा ढुक्क देखिए। संघको दोस्रो सभापति समेत रहेका देउवाले भने, ‘नेविसंघकै राजनीति गरेर म चारपटक प्रधानमन्त्री बनें। तपाईंहरु कोही सक्नुहुन्छ?’

पदका लागि काठमाडौं बस्ने तर संगठन निर्माणमा परिचालिन नहुने प्रवृत्तिप्रति देउवा असन्तुष्ट देखिए। संगठन निर्माणमा गाउँमा परिचालित हुनका लागि दिएको निर्देशनलाई संघका नेता कार्यकर्ताले विगतदेखि पालना गरेका छैनन्। संस्थापक सभापति कोइराला भन्छन्, ‘पहिलेको नेविसंघ र अहिलेको नेविसंघमा आकाश/जमिनको फरक छ।’

राजनीतिक दल प्रतिबन्धको बेलामा स्थापना भएको संघले नै पार्टीको अस्तित्व राखेको कोइराला स्मरण गर्छन्। विगतमा संघका नेता कार्यकर्तामा आदर्शको राजनीति गरे पनि वर्तमानमा आदर्श हराएको उनले टिप्पणी गरे। 

व्यवस्था परिवर्तनमा पार्टीको मुख्य शक्तिका नेता कार्यकर्ता नै एकआपसमा भिडेकोप्रति देउवा आक्रोशित देखिन्छन्। देउवाको बोली कतिपय सन्दर्भमा वास्तविक देखिन्छ। गुटको पछि लागेर पद हत्याउन लाग्ने क्रममा संघका कार्यकर्ता आफूआफू नै भिड्दै आएका छन्। केन्द्रीय कार्यालयमै भिडेका उदाहरण प्रशस्त छन्। दायित्वबाट विमुख भएको प्रमुख भ्रातृ संस्था संगठनप्रति असन्तुष्टि राख्दै उनले भने, ‘लाज पनि छैन यार। आज नेविसंघ कहाँ छ?’

Ncell 2
Ncell 2
nimb
nimb

संघमा आबद्ध संगठित सदस्य संख्या नेविसंघले एकिन गर्न सकेको छैन। अनलाइन प्रणाली मार्फत सदस्यता वितरण र अद्यावधिक गर्ने क्रममा रहेको महामन्त्री बलदेव तिमल्सेनाले जानकारी गराए। उनले भने, ‘पुरानो सदस्यता संख्याको संख्या करिब साढे सात लाख हो। हालको संख्या अद्यावधिक गर्दैछौं।’

केन्द्रीय तहसम्म गरी १२ तहको संघको कार्यसमिति हुने व्यवस्था छ। ती तहका कार्यसमिति बनिसकेको छैन। स्थानीय तहमा संघको संरचना गठनको जिम्मेवारी जिल्ला कार्यसमितिको दायित्वमा हुन्छ। संगठन निर्माण उच्च माध्यमिक तहमा गठन गर्ने संघको पूर्व घोषित नीति थियो। विद्यालय तहको पछिल्लो वर्गिकरण अनुसारको आधारभूत तहमा संगठन निर्माण गर्ने संघले जनाएको छ। माध्यमिक तहमा विद्यार्थी एजेण्डा सहित संगठन निर्माण गरिने तिमल्सेनाले बताए।

कम्युनिस्टका संगठनले जित्ने परिस्थिति संघकै निष्क्रियताले भएको देउवाको बुझाई छ। विगतका अध्यक्षहरुलाई संगठन निर्माणमा जान दिएको निर्देशन पालना नभएको उनले बताएका थिए। त्यही कार्यशैली वर्तमान कार्यसमितिले पनि दोहोर्‍याएको प्रति देउवाको चिन्ता थियो। अघिल्लो कार्यसमितिमा रहेका नैनसिंह महरको नेतृत्वलाई संगठन निर्माण गर्न गाउँ जान निर्देशन दिए पनि भूमिका निर्वाह नगरेको उनले सुनाए। अहिलेको कार्यसमितिले पनि संगठन निर्माणमा ध्यान नदिएको उनको गुनासो थियो। संघका महामन्त्री तिमल्सेना कोरोना संकटको बेला संगठन निर्माणमा सक्रिय हुन नसकेको बताए। उनी भन्छन्, ‘रोग संक्रमणबाट बच्नका लागि विद्यालय/क्याम्पस बन्द भएको समयमा संगठन निर्माणमा गर्न सकिने विषय होइन।’

समयमा महाधिवेशन नहुने संघको पुरानै रोग हो। संघको इतिहासमा दुई वर्षे कार्यकाल सकाएर समयमै पद छोड्ने एक्ला उदाहरण हालका प्रवक्ता विश्वप्रकाश शर्मा मात्रै हुन्। पूर्व अध्यक्ष महर रहेको कार्यसमितिलाई पटकपटक समयावधि बढाइए पनि महाविधेशन गर्न सकेको थिएन। अवस्था बनेन। महर नेतृत्वको कार्यसमितिले १८ जिल्लामा अधिवेशन गराएको थियो।

Xtrem

Xtrem

महरलाई ‘अक्षम’ भन्दै हटाएर गठन भएको नयाँ तदर्थ समितिले पनि समयमा महाधिवेशन गर्न सक्ने परिस्थिति छैन। राजीव ढुंगानको नेतृत्वमा गत माघमा गठन भएको तदर्थ समितिले पूर्णता पाउन समेत सकेको छैन। पार्टीका तीन समूहले भागवण्डा गर्ने गरी तदर्थ समिति बनाउने सहमति गरिए पनि संगठनले पूर्णता पाउन भने सकेको छैन। साउन १६ मा ढुंगानाको कार्यसमितिको कार्यावधि सकिदैछ। ‘हाम्रो कार्यकाल थप्ने/नथप्ने विषय त हामीले भन्ने कुरा भएन। विशेष परिस्थितिको मूल्यांकन पार्टीले गर्ला’, तिमल्सेनाले भने, ‘छ महिनाको समयावधि दिइएको थियो। संगठनको पूर्णता पार्टीले गरिदिएन।’

प्रकाशित मिति: आइतबार, साउन ४, २०७७  १६:५५
  • #कांग्रेस
  • #नेविसंघ

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
सांसद प्रकाश सिंह कार्कीले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने सोलुखुम्बुबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रकाश सिंह कार्कीले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेका छ... सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। सोमबार, असोज १९, २०८३
गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी, लोकतन्त्र र मुलुकको आगामी दिशासहित ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
सांसद प्रकाश सिंह कार्कीले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
इनरुवामा काउली बोकेको ट्रकभित्र २ हजार ५६६ किलो गाँजा, चालक र सहचालक पक्राउ सोमबार, असोज १९, २०८३
महाधिवेशनस्थलमा टोपीदेखि जुम्लाको स्याउ र कांग्रेसका पुस्तकसम्मको व्यापार सोमबार, असोज १९, २०८३
माटोको ढिस्कोले पुरिएर दुई सडक मजदुरको मृत्यु सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
कांग्रेस महाधिवेशनमा गगनको अभिव्यक्ति सुनेपछि बालेनको व्यंग्य : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’ आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्