• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ ३, २०८३ Wed, Aug 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

यसरी उद्घाटन भएको थियो, तिलगंगास्थित गल्फ कोर्स

64x64
नेपाल लाइभ शनिबार, फागुन १२, २०७४  ०५:२९
1140x725

काठमाडौं– नेपालको पहिलो गल्फ कोर्स काठमाडौं तिलगंगास्थित शाही नेपाली गल्फ क्लब (आरएनजिसी) को उद्घाटन २०२२ साल भदौं २० मा हुँदै थियो। तत्कालीन राजा महेन्द्रले उद्घाटन गर्ने तय भएका कारण त्यसदिन गल्फ कोर्समा मानिसहरूको बाक्लो उपस्थिति थियो। त्यही भीडमा थिए, नेपाली सेनाका पूर्व प्रधानसेनापति ऋषिकुमार पाँडे। 

त्यतिबेला पाँडे नेपाल आर्मीको इन्जिनियरिङ शाखामा कार्यरत थिए। र, उनको कार्यथलो थियो, हाल त्रिभुवन विमानस्थलको पानी ट्यांक भएको ठाउँमा बनेको दुई कोठे पक्की घर। 

‘उद्घाटन हुने त भनियो। तर, राजालाई ल्याएर राख्ने कहाँ? फेरि गल्फ कोर्सका लागि कार्यालय पनि बनिसकेको थिएन,’ पाँडेले ती दिन सम्झिए। 

लामो छलफलपछि तय भएछ, त्रिभुवन विमानस्थलमा पहिल्यैदेखि बनिरहेको इन्जिनियरिङ शाखाको त्यही कोठालाई गल्फ कोर्सको कार्यालय बनाउने। र, उद्घाटनमा पनि राजालाई त्यहीँ राख्ने। 

नभन्दै राजा महेन्द्र पनि तोकिएको समयमै तिलगंगा पुगे। उनको भव्य स्वागत भयो। र, जब राजा महेन्द्र उपस्थित पुस्तिकामा हस्ताक्षर गर्न कलमको खोल खोल्न मात्र आँट्दै थिए, बत्ती झयाप्प निभ्यो।

त्यतिबेला महेन्द्र नजिकै उनका कान्छा भाई बसुन्धरा उभिएका थिए। उनले तुरुन्त खल्तीबाट लाइटर निकाले र कोठालाई उज्यालो पार्न फ्याट्ट लाइटर बाले। 

लाइटरको त्यही फितलो प्रकाशले कोठालाई केही उज्यालो बनायो। र, राजा महेन्द्रले उपस्थिति पुस्तिकामा हस्ताक्षर गरे। वास्तवमा नेपालमा गल्फ कहिले भित्रियो यसको यकिन तथ्य छैन। तर, पहिले गौचरनको नामले चर्चित यो क्लबमा सन् १९१७ देखि नै गल्फ खेल्न सुरु भइसकेको विश्वास गरिन्छ। 

२०१९ सालमा भारतको जम्मु कश्मिरस्थित २५औं पृतनामा भारतीय आर्मीसँग इन्जिनियरिङको अतिरिक्त कोर्स गरेर नेपाल फर्किने क्रममा ऋषिकुमारले नयाँ अनुभव गरेछन्– गल्फ खेल पहिलेभन्दा निकै मौलाएछ भन्ने। त्यतिबेला ब्रम्ह शमशेर राणा गल्फको च्याम्पियन नै थिए। जेएन सिंह, भारतीय मिलिटरी मिसनका जनरल त्रिपाल, महेन्द्रका कान्छा भाई बसुन्धरा सबै बिहान–बेलुका तिलगंगाको त्यही गल्फ कोर्समा अभ्यासमा व्यस्त रहन्थे। 

nimb
nimb
Ncell 2
Ncell 2

त्यतिबेला कोर्सको स्तर त्यति राम्रो थिएन। ९ होलको कोर्समा पानी जाने खोल्सै खोल्सा भेटिन्थ्यो। ‘कान्छा सरकार गल्फ खेल्न आउँदा बार्बरा एडम्सलाई पनि सँगै ल्याउनुहुन्थ्यो,’ करिब ५७ वर्ष अगाडिको कुरा सम्झन्छन्, ऋषिकुमार। 

ऋषिकुमार पाँडे


पाँडेले २०१२ सालसम्म आर्मी–११ बाट सहिद स्मारक लिग खेलेका थिए। त्यसपछि उनी पुनास्थित आर्मी कलेजमा सिएएमई कोर्स गर्न गए। त्यहाँ उनले पहिलो पल्ट र्याफ्टिङ, बोटिङ र रोइङ सिके। उनले पुनामा यी खेल सिक्दा नेपालमा नौलो थियो। देश फर्किएपछि उनले वाग्मतीमा यस खेलको प्रयोग पनि गरे। 

बर्खाको समय पशुपतीको राजराजेश्वरी घाटबाट वाग्मती खोलामा र्याफ्टिङ गर्दै कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय नजिकै रोकिँदा उनलाई हेर्नेको भीड लाग्थ्यो। 

२०१८ सालमा जम्मु–कश्मिरमा इन्जिनियरिङको अतिरिक्त कोर्स गर्न जाँदा ऋषिकुमार गोर्खा पल्टनको फुटबल देखेर चकित परेछन्। ‘नेपालमा भन्दा राम्रो फुटबल खेल्थे उनीहरू। हरेक बाहिनीका बाहिनीपतिलाई आफ्नो फ्रन्ट लाइनमा गोर्खाली खेलाडी नभई चित्तै नबुझने,’ ऋषिकुमारले अनुभव सुनाए। 

लामो समयको ट्रेनिङका क्रममा उनले अन्तर बटालियन फुटबल पनि हेर्ने मौका पाए। त्यतिबेला गोर्खालीको १/१ जिआर, १/३ जिआर, ५/११ जिआर बटालियन थियो। यी टोलीले अन्य बटालियनलाई नराम्ररी हराउँथ्यो। 

२०१९ साल जेठ ९ मा १/१ जिआर र एएससी डिभिजनबीच भएको खेलमा गोर्खाली पल्टनले ११ गोल हानेछ। त्यहाँ भनाइ नै थियो, ‘अरु पल्टनका मुडाजस्तै अग्ला। नेपाली पल्टन साना तर ढुंगाजस्ता।’

‘हामी नेपाली आर्मीमा हुँदा जतिबेला खेल्थ्यौं, त्योभन्दा स्तरीय खेल थियो गोर्खाली पल्टनको,’ महेन्द्रको कार्यकालमा कान्ति राजपथ र त्रिभुवन राजपथ निर्माणमा सक्रिय ऋषिकुमार भन्छन्।

प्रकाशित मिति: शनिबार, फागुन १२, २०७४  ०५:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मुख्यमन्त्री बनेको तीन सातापछि कर्णालीमा सरकार विस्तार, एमालेका तीन मन्त्रीको शपथ
मन्त्रिपरिषद् बैठकले गर्‍यो ११ निर्णयहरु, यस्ता छन् ‍[सूचीसहित]
साउनमा ४० लाख सिलिन्डर ग्यास बिक्री, बजारमा भने अभाव कायमै
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
मुख्यमन्त्री बनेको तीन सातापछि कर्णालीमा सरकार विस्तार, एमालेका तीन मन्त्रीको शपथ बुधबार, भदौ ३, २०८३
मन्त्रिपरिषद् बैठकले गर्‍यो ११ निर्णयहरु, यस्ता छन् ‍[सूचीसहित] बुधबार, भदौ ३, २०८३
साउनमा ४० लाख सिलिन्डर ग्यास बिक्री, बजारमा भने अभाव कायमै बुधबार, भदौ ३, २०८३
गोपनीयता हनन गर्नेहरूलाई कानुनी कठघरामा ल्याउन सांसद तामाङको माग बुधबार, भदौ ३, २०८३
प्रधानमन्त्री बालेन शाहद्वारा मन्त्री र मुख्यसचिवसँग कार्यसम्पादन सम्झौता बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
रास्वपा सांसद र मन्त्रीबीच चर्काचर्की बुधबार, भदौ ३, २०८३
सीमामा कडाइ गरिएको विषयबारे पार्टी बैठकमा अमरेशले भने– छठपछि तराईंमा रास्वपाका सांसदमाथि कुटपिट हुन सक्छ! बुधबार, भदौ ३, २०८३
जितपुरसिमरामा तीन वर्षीया बालिकाको हत्या, दुई जना पक्राउ बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्