काठमाडौं- बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) प्रधानमन्त्री ओलीलाई सुरक्षा खतराबारे तत्काल संसदमा जवाफ दिन माग, बिजनेस नदिएर सरकारले सदनलाई के गर्न चाहेको भन्ने गम्भीर प्रश्न उठेको टिप्पणी ।
२) बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदले दर्ता गराएको अविश्वासको प्रस्ताव फिर्ता, सर्वोच्च अदालतको निर्णयपछि राजनीतिक अवस्था परिवर्तन भएको तर्क ।
३) नेपालको अर्थतन्त्र सोचेभन्दा छिटो सुधार हुने हुने विश्व बैंकको प्रक्षेपन, २.७ प्रतिशतले अर्थिक वृद्धिदर हुने अनुमान, ५ वर्षसम्म दोहोरो अंकको वृद्धि भने नहुने ।
४) ब्राजिलमा राजनीतिक संकट बढ्दो, राष्ट्रपति जइर बोल्सोनारुको नीति र कदम विरुद्ध सेना, नौसैनिक तथा हवाई फौजका प्रमुखहरूले एकसाथ दिए राजीनामा ।
५) र, पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले सर्वियाविरुद्धको खेलमा फालेको कप्तानको आर्मब्यान्ड अक्सनमा राखिने, संकलन भएको पैसा ६ महिने बालकको उपचारमा खर्च गरिने ।