काठमाडौं- साेमबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) वायु प्रदूषण बढ्दै गएपछि देशभर चार दिन शिक्षण संस्था बन्द गर्ने सरकारको निर्णय, लाखौं विद्यार्थीमा हुनसक्ने स्वाथ्य प्रतिकुलताका कारण मंगदबारदेखि शुक्रबारसम्म विद्यालय बन्द ।
२) एमाले अध्यक्ष ओलीद्वारा माधव नेपाल र भीम रावलमाथि कारबाही, ६ महिनाका लागि सदस्यबाट निलम्बन, निलम्बनको अर्थ नभएको र ओलीलाई त्यसो गर्ने अधिकार नभएको नेपालको टिप्पणी ।
३) ललिता निवासको सरकारी जग्गा प्रकरणमा माधव नेपालसहितका व्यक्तिलाई मुद्दा नचलाउने निर्णयमा सर्वोच्चको चासो, अख्तियारको आरोपपत्र दायर गर्ने निर्णय पेश गर्न आदेश ।
४) सिन्जियान प्रान्तको विषयलाई राजनीतिकरण नगर्न चीनको चेतावनी, चीनको कटन प्रयोग नगर्ने एच एन्ड एम, नाइकलगायतका कम्पनीको उत्पादन चिनियाँ नागरिकले प्रयोग गर्न नचाहेको जिकिर ।
५) र, आम्दानी घट्ने देखेर ‘थ्री नेसन्स कप’ को फाइनल खेलअघि एन्फाले बढायो टिकटको मूल्य, भिआइपीतर्फ २ हजार र साधारण प्याराफिटतर्फ एक हजार रुपैयाँ तोकियो ।