काठमाडौं- शनिबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) प्रधानमन्त्री ओलीलाई दिएको समर्थन केही दिनमा फिर्ता हुने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको दाबी, ओलीलाई पुनः संसद् विघटनको चाहना भएको कांग्रेस नेता मीनेन्द्र रिजालको आरोप ।
२) नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पारित, पार्टीको झण्डा ३ दिन आधा झुकाउने, शोकका कार्यक्रमहरु पनि तय ।
३) सुकुम्बासी आयोगले बाँडेको तनहुँको ३९ रोपनी जग्गा सरकारी हुने सर्वोच्च अदालतको फैसला, वनको जग्गा सुकुम्बासी आयोगले बाँड्दैमा व्यक्तिको नहुने ठहर ।
४) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बंगलादेश भ्रमणमा जाँदा चर्को विरोध, कम्तीमा पाँच प्रदर्शनकारीको मृत्यु, मोदीको नीति “मुस्लिम समुदायविरोधी“ भएको आरोप ।
५) र, ललितपुर मेयर–११ द्वारा ललितपुर मेयर महिला च्याम्पियनसिप टि–२० क्रिकेट प्रतियोगिताका लागि टिम घोषणा, सरस्वती चौधरीको कप्तानीमा १४ सदस्यीय खेलाडी रहने ।