काठमाडौं- साेमबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) जुद्ध म्याच फ्याक्ट्रीको १५ करोड मूल्यको जग्गा ४ करोडमा लिलामी गर्ने निर्णय सर्वोच्चद्वारा सदर , शारडा गुप्रले मालपोत कार्यलयको न्युनतम मुल्यभन्दा सस्तो पाउने।
२) घरमै पुर्याइयो माधव नेपालसहित चार नेतालाई सोधिएको लिखित स्पष्टीकरणको पत्र, स्पष्टीकरण सोध्नेहरु नै स्वयं लाखौं प्रश्नको घेरामा रहेको योगेश भट्टराईको दाबी।
३) साना किसानलाई संरक्षण गर्न विदेशी लगानी भित्र्याएको कृषिमन्त्री पद्मा अर्यालको दाबी, धेरै आशंका गरेर कृषि क्षेत्रको विकास रोक्नु गलत रहेको तर्क।
४) म्यानमारको सैनिक ‘कू’मा संलग्न ११ जनामाथि प्रतिबन्ध लगाउने ईयूको तयारी, प्रतिबन्ध सैन्य समूहका सदस्य, म्यानमार इकोनोमिक होल्डिंग्स लिमिटेड र म्यानमार इकोनोमिक कर्पोरेशन लक्षित हुने सम्भावना।
५) र, सातै प्रदेशमा गएर युवा खेलाडीको क्रिकेट प्रतिभा खोज्ने नेपाली राष्ट्रिय टिमका प्रशिक्षक डेभ वाटमोरको तयारी, पहिलो पटक प्रदेश एकमा मार्च २४ मा जाने।
पूरा समाचार भिडियोमा