काठमाडौं- आइतबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय-अन्तर्राष्ट्रिय ‘सेटिङ’ गरेर नेकपालाई दुईवटा बनाएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आरोप, आफू झन् शक्तिशाली भएको दाबी
२) लन्डनमा बन्ड जारी गर्न लागेको र ८ प्रतिशत लाभांश अनुमान मात्रै भएको नेप्सेलाई निफ्राको जवाफ, बन्ड जारी गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिइसकेको पनि उल्लेख
३) बंगलादेश भ्रमणमा जान लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध त्यहाँका नागरिकद्वारा विरोध प्रदर्शन, भारतमा मोदी र हिन्दु राष्ट्रवादी पार्टीले मुस्लिममाथि थिचोमिचो गरिरहेको आरोप
४) र, नेपाल, बंगलादेश र कीर्गिस्तानको यु–२३ टिमबीच हुने ‘थ्री नेसन्स कप’ फुटबल प्रतियोगिताको तयारी पूरा, १२ हजार दर्शक, टिकटदर ७ सय र १५ सय
पूरा समाचार भिडियोमा