काठमाडौं- बिहीबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) ‘स्थिर सरकार’ मा मन्त्री फेरिएका फेरियै, सरकार बनेको ३२ महिनामा एक दर्जन पटक मन्त्रिपरिषद् पुनर्गठन, मन्त्रिपरिषद्लाई अस्थिर देखाउने कारक नेकपाभित्रैको शक्ति सन्तुलन । ( ‘स्थिर सरकार’ मा मन्त्री फेरिएका फेरियै )
२) नेपालमा थप १९ कोरोना संक्रमितको मृत्यु, ६९४ पुगे मृतक, काठमाडौं उपत्यकामा १ हजार ९३४ सहित ३ हजार ७४९ जनामा संक्रमण, १ लाख २१ हजार ७३५ पुगे संक्रमित । ( नेपालमा ६९४ पुगे मृतक )
३) लामो तथा मध्यम दुरीका यात्रुले अब अनलाइटबाटै बसको टिकट काट्न पाउने, विभागले ल्यायो निर्देशिका, दसैंमा ३० दिन अघि बुकिङ खोल्नु पर्ने । ( अनलाइटबाटै बसको टिकट काट्न पाउने )
४) अर्मेनिया र अजरबैजानबीचको विवादास्पद नागोर्नो कारावाख क्षेत्रमा गरिएको युद्धविरामको पालना गर्न रुसको आग्रह, रुसका रक्षामन्त्री सेर्गेइको दुवै देशका रक्षामन्त्रीहरुसँग फोन वार्ता । ( युद्धविरामको पालना गर्न रुसको आग्रह )
५) र, नेसन्स लिग फुटबलमा रोनाल्डोविनै डिफेन्डिङ च्याम्पियन पोर्चुगलको स्वीडेनविरुद्धसहज जित, स्वीडेन ३–० गोलअन्तरले पराजित, १० अंक बनाउँदै पोर्चुगल शीर्ष स्थानमा । ( रोनाल्डोविनै स्वीडेनविरुद्ध पोर्चुगलको सहज जित )