काठमाडौं- बुधबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) मन्त्रिपरिषद् पुनर्गठन, अर्थ मन्त्रालयको जिम्मा विष्णु पौडेललाई, रक्षा मन्त्रालय प्रधानमन्त्री ओली आफैँसँग, रक्षामन्त्री पोखरेल उपप्रधानसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहने । ( मन्त्रिपरिषद् पुनर्गठन )
२) नेपालमा थप १२ कोरोना संक्रमितको मृत्यु, ६७५ पुगे मृतक, काठमाडौं उपत्यकामा १ हजार ४०३ सहित २ हजार ६३८ जनामा संक्रमण, १ लाख १७ हजार ९९६ पुगे संक्रमित । ( नेपालमा ६७५ पुगे मृतक )
३) अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाटै अन्तःशुल्क स्टिकर खरिद गरिने, विभागले निकाल्यो ४५ दिनको सूचना, ७ अर्ब ८५ करोड थान अन्तःशुल्क स्टिकर यही प्रतिस्पर्धाबाट खरिद गर्ने । ( विभागले निकाल्यो सूचना )
४) देशलाई समृद्ध बनाउने वचन पूरा गर्न असफल भएको भन्दै उत्तर कोरियाली नेता किम सैन्य परेड कार्यक्रममा भावुक, जनताहरुलाई त्याग र समर्पणका निम्ति धन्यवाद व्यक्त । ( भावुक बने किम )
५) र, नेसन्स लिग फुटबलमा बलियो टिम मानिएको स्पेन घरेलु टोली युक्रेनसँग पराजित, समूह ‘ए’ को डी मा रहेको स्पेन हारपछि पनि शीर्ष स्थानमै । ( युक्रेनसँग हा¥यो स्पेन )