काठमाडौं- मंगलबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) नेपाल–चीन सीमा निरीक्षणका लागि गएको कांग्रेस टोलीको स्थलगत अध्ययन ः चीनले नेपाली सीमा मिचेको ठहर, नेपालले बनाएको दुई किलोमिटर सडक अतिक्रमणमा । ( चीनले नेपाली सीमा मिचेको कांग्रेसको ठहर )
२) नेपालमा थप १८ कोरोना संक्रमितको मृत्यु, ६६३ पुगे मृतक, काठमाडौं उपत्यकामा २ हजार १२९ सहित ३ हजार ५५६ जनामा संक्रमण, १ लाख १५ हजार ३३८ पुगे संक्रमित । ( नेपालमा ६६३ पुगे मृतक )
३) गोर्खा ब्रुअरीको बियर गुणस्तरहीन, जौको मात्रा कम भएको भेटिएपछि १७ प्रतिशतभन्दा धेरै अल्कोहल हुने रक्सीसरह कर निर्धारण, प्रतिलिटर ४३० रूपैयाँ अन्तःशुल्क लगाइयो । ( गोर्खा ब्रुअरीको बियर गुणस्तरहीन )
४) अर्मेनिया र अजरबैजानद्वारा विवादास्पद नागोर्नो कारावाख क्षेत्रमा गरिएको युद्धविराम उल्लंघन, सेप्टेम्बर २७ देखि जारी युद्धका क्रममा ५ सय २५ सैनिक मारिएको अर्मेनिया सरकारको दाबी । ( अर्मेनिया र अजरबैजानद्वारा युद्धविराम उल्लंघन )
५) र, जारी इन्डियन प्रिमियर लिग क्रिकेटमा दिल्ली क्यापिटल्सलाई खेलाडी घाइतेको समस्या, इशान्त पनि आउट, इशान्त दिल्लीका घाइते हुने चौथो खेलाडी । ( दल्लीमा खेलाडी घाइतेको समस्या )