काठमाडौं- आइतबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) पूर्वमाओवादीकै तीन जना नेताको सहयोगमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव दर्ता, ४० जना प्रदेशसभा सदस्यमध्ये १८ जना मुख्यमन्त्री शाहीविरुद्ध
२) नेपालमा थप २२ कोरोना संक्रमितको मृत्यु, ६३६ पुगे मृतक, काठमाडौं उपत्यकामा १ हजार ४१६ सहित २ हजार ७१ जनामा संक्रमण, १ लाख ७ हजार ७५५ पुगे संक्रमित
३) गत साउन ११ गतेबाट बन्द भएको श्रीराम सुगर मिलले किसानलाई ४१ करोड भुक्तानी गर्न बाँकी, पुनः संचालनको मागसहित किसानले बुझाए संसदीय समितिमा ज्ञापनपत्र
४) अमेरिकी राष्ट्रपति पदको प्रतिस्पर्धामा रहेका दुई उम्मेदवारबीचको दोस्रो बहस औपचारिक रुपमै रद्ध, राष्ट्रपतीय बहसमा अनिच्छुक रहेपनि चुनावी र्यालीका लागि तयार रहेको ट्रम्पको भनाइ
५) र, हिरो आई लिग फुटबल छनोटमा नेपाली स्ट्राइकर अभिषेकको दुई गोलमा मोहम्मादेनको जित, ए आर ए एफ सी ४–१ गोल अन्तरले पराजित
पूरा समाचार भिडियोमा