काठमाडौं- बुधबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) सुरक्षासम्बन्धी मापदण्ड अपनाएर सबै तह र विषयका परीक्षा सञ्चालन गर्न दिने सरकारको निर्णय, २५ जनासम्म सहभागी भएर दिइने व्यावसायिक तालिम पनि खुला । ( सबै तहका परीक्षा गर्न सरकारको अनुमति )
२) काठमाडौंमा ६ सहित १५ कोरोना संक्रमितको मृत्यु, ५७८ पुगे मृतक, उपत्यकामा १ हजार ६८४ सहित ३ हजार ४३९ जनामा संक्रमण, ९४ हजार २५३ पुगे संक्रमित । ( नेपालमा ५७८ पुगे मृतक )
३) शेयर लगानीकर्ताको विवरण माफियालाई दिने गरी ट्रेड म्यानेजमेन्ट सिस्टम तयार, गैरकानुनी रुपमा ब्रोकरले स्थापना गरे कारोबार सञ्चालन गर्ने प्रणाली । ( कानुनविपरीत टिएमएस कम्पनी )
४) कोरोना भाइरसले थलिएको अर्थतन्त्रलाई राहत दिने प्याकेजबारेको वार्ता अन्त्य गर्ने ट्रम्पको घोषणा, राष्ट्रपतिले देशभन्दा आफूलाई प्राथमिकतामा राखेको समाभुख पेलोसीको आरोप । ( ट्रम्पको घोषणाले निम्त्यायो हलचल )
५) र, एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अस्ट्रेलियाको महिला टिमको कीर्तिमानी जित, न्युजिल्यान्डविरुद्धको सिरिजअन्तर्गत अन्तिम खेलमा जित निकोलेसँगै लगातार २१ खेलसम्मको अपराजित यात्रा कायमै । (अष्ट्रेलियाको कीर्तिमानी जित)