काठमाडौं- सोमबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) प्रदेश ५ को प्रदेश सभा बैठक मंगलबारसम्म स्थगित, कांग्रेसद्वारा प्रदेशसभामा कुर्सी तोडफोड, केपी–प्रचण्डको बुई चढेर गैरसंवैधानिक तवरबाट प्रस्ताव ल्याइएको मुख्यमन्त्रीमाथि कांग्रेसको आरोप । ( कांग्रेसद्वारा प्रदेशसभामा कुर्सी तोडफोड )
२) सोमबार थप १९ कोरोना संक्रमितको मृत्यु, ५५४ पुगे मृतक, काठमाडौं उपत्यकामा १ हजार ५३१ सहित २ हजार ४४० जनामा संक्रमण, ८९ हजार २६३ पुगे संक्रमित । ( नेपालमा ५५४ पुगे मृतक )
३) विशाल ग्रुपद्वारा एनआइसी एसिया बैंकसहित आफ्नो लगानी भएका कम्पनीको कानुनविपरीत रेटिङ, गैर कानुनी रुपमा रेटिङ गर्दै आएका रेटिङ एजेन्सीको नेपाल धितोपत्र बोर्डले छानविन गर्दै । ( कानुनविपरीत रेटिङ )
४) अफगानिस्तानको हेल्माण्ड प्रान्तमा बम आक्रमण गरी जिल्ला प्रमुखको हत्या, अफगान सरकार र तालिबानीहरुबीच कतारको दोहामा हालै वार्ता शुरु भएका हिंसात्मक हमलाहरु जारी । ( अफगानिस्तानमा जिल्ला प्रमुखको हत्या )
५) र, इंग्लिस प्रिमियर लिगमा विजेता लिभरपुलले ५७ वर्षपछि खायो ७ गोल, वाट्किन्सको ह्याट्रिकमा एस्टन भिला ७–२ को फराकिलो गोल अन्तरले विजयी । ( लिभरपुलले ५७ वर्षपछि खायो ७ गोल )