• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार १३, २०८३ Sat, Jun 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

सुन तस्करी : ११ महिनामा १०७ जना पक्राउ, ८४ किलो सुन बरामद

64x64
नेपाल लाइभ आइतबार, असार ८, २०७६  १८:२२
1140x725

काठमाडौं- सुनको अवैध कारोबारमा संलग्न व्यक्ति पक्राउ गर्न र कानुनी दायरामा ल्याउन नेपाल प्रहरी सक्रिय भएको रहेको प्रहरीले बताएको छ। चालू आवको पहिलो ११ महिनामा सुन तस्करीको आरोपमा १ सय ७ जना पक्राउ परेको प्रहरीको तथ्यांक छ। यस अविधिमा कूल ८४ किलो सुन बरामद भएको प्रहरीले उल्लेख गरेको छ। 

सुनको अवैध कारोबारमै संलग्न व्यक्तिहरु प्रचलित कानुनबारे अनजान भएका कारण कानूनतः तोकिएको परिमाणभन्दा बढी सुन साथमा लिएर हिँड्दा समेत पक्राउ पर्ने गरेका छन्। 

कन्चनपुर झलारी बस्ने लक्ष्मण तिरुवा सुनको अवैध कारोवारमा पक्राउ पर्ने अभियुक्तमध्ये एक हुन्। उनी २०७५ फागुन २ गते पक्राउ परे। अवैध रुपमा भारतबाट सुन भित्र्याएर लुकाएको अभियोगमा उनी पक्राउ परेका हुन्। कन्चनपुर शुक्लाफाँटमा उनकै घरभित्र खाल्टो खनी राखेको ५ केजी र पूर्णवाशस्थित शंकर विकको घरमा खाल्डो खनी लुकाएको १८ केजी अवैध सुन सहित उनी पक्राउ परेका हुन्। जम्मा २ कक्षासम्म अध्ययन गरेका उनी भारतमा सवारी चालकको काम गर्थे। 

तिरुवाजस्तै सुनको अवैध कारोबारमा संलग्न व्यक्तिहरु पक्राउ पर्ने क्रम हाल बढ्दो छ। पक्राउ परेकामध्ये महानगरीय प्रहरी कार्यालय रानीपोखरी अन्तर्गत ९२ जना, २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर अन्तर्गत ५ जना, ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडा अन्तर्गत ४ जना, गण्डकी  प्रदेश प्रहरी कार्यालय पोखरा अन्तर्गत २ जना र सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल अन्तर्गत ४ जना रहेका छन्। गत आर्थिक वर्ष २०७४/०७५ मा अवैध सुन ओसार पसार कार्यमा संलग्न ९० जना मात्र पक्राउ परेका थिए। 

चालु आर्थिक वर्षमा पक्राउ परेका व्यक्तिबाट ८४ किलो ३ सय ३७ ग्राम ७ तोला अवैध सुन बरामद भएको छ। 

उक्त सुनमध्ये  महानगरीय प्रहरी कार्यालय रानीपोखरी अन्तर्गतबाट ३६ किलो ६ सय ४० ग्राम, २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर अन्तर्गतबाट ७ तोला, ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडा अन्तर्गतबाट ११ किलो १ सय ८८ ग्राम, गण्डकी  प्रदेश प्रहरी कार्यालय पोखरा अन्तर्गतबाट १० किलो, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत अन्तर्गत १ किलो ७ ग्राम र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल अन्तर्गतबाट २५ किलो ५ सय १ ग्राम बरामद भएको हो। 

यसका साथै अवैध सुन कारोबारीबाट २३ करोड ५५ लाख ४१ हजार ८ सय ४१ रुपैयाँ राजश्व असुली भएको छ। उक्त असुलीमध्ये सबैभन्दा बढी महानगरीय प्रहरी कार्यालय रानीपोखरी अन्तर्गतबाट १२ करोड ९० लाख ३३ हजार ९ सय ३५ रुपैयाँ र सबै भन्दा कम २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर अन्तर्गतबाट ४ लाख ५३ हजार ६ सय रुपैयाँ छ। 

अपराध र अपराधीप्रति प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कानुनी कठोरताको नीति लिएपछि सुनको अवैध कारोवारमा संलग्न व्यक्तिहरु पक्राउ संख्या ह्वात्तै बढेको हो। सो क्रममा सुनको अवैध कारोवार तथा ओसारपसारमा संलग्न व्यक्तिहरु मात्रै होइन  मुख्य कारोवारीहरु समेत पक्राउ परेका छन्। यस्ता अपराधीहरु अन्तर्राष्ट्रिय रुपमा समेत सक्रिय रहेको अनुसन्धानले देखाएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

सुनको अवैध कारोबार नियन्त्रणमा प्रहरीको सक्रियताबारे नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेल भन्छन्, 'अवैध कारोबारमा संलग्न व्यक्तिहरुको सूचना राखेर पक्राउ गर्ने अभियान तीव्र पारिएको छ। कारोबार भन्दा पनि पक्राउ गर्ने क्रम बढेको हो। कारोबारी पक्राउ र अवैध सुन कारोबार नियन्त्रणलाई उच्च प्राथमिकता दिँदै नेपाल प्रहरीले मेहनतकासाथ काम गर्दै आएको छ।'
 
खुल्ला सिमाना र विमानस्थल लगायतका कारोबार हुने स्थानमा आधुनिक उपकरणको कमीका कारण अवैध कारोवारले प्रसय पाएको छ। अपराधले निरन्तरता पाउँदा चुनौती समेत बढेको छ। आधुनिक प्रविधिको कारण कारोबारीले सुनको अवैध कारोवारमा पनि नयाँ कार्यविधि र शैली अपनाएको पाइन्छ।  जसले गर्दा अनुसन्धानमा थप जटिलता थपिएको छ।

यस्ता आपराधिक क्रियाकलाप रोक्नका लागि आधुनिक प्रविधिको प्रयोग आवश्यक भएकोले नेपाल प्रहरीको ध्यान यसतर्फ केन्द्रीत छ।

चुनौतीको सामनाबारे प्रहरी नायव महानिरीक्षक पोखरेल भन्छन्, 'यस्ता कारोबारबाट सजिलै र संगठित रुपमा ठूलो मात्रामा आम्दानी हुने लोभले गर्दा कारोबार निरन्तर भइरहने हुनाले चुनौती थपिएको हो। अहिले जुन ढंगले प्रहरीले सक्रियता बढाएको छ, सूचना संजाल बढाएको छ, तीव्रताका साथ काम गरेको छ यसले गर्दा भोलिका दिनमा कारोबारमा ठूलो न्यूनता आउने विश्वास छ।'
    
अवैध सुनको कारोबारमा संलग्न व्यक्तिहरुले तस्करीका विभिन्न तरिकाहरु अपनाउने गरेका छन्। प्रायस् सुनलाई लिक्विड बनाएर गुदद्वारमा राख्ने, फल्सबटम बनाई लुकाउने, सुटकेशको डण्डीभित्र राख्ने, सुनको बाहिर फरक धातुको जलप लगाउने, सुन भन्दा फरक आकारमा राखेर ओसारपसार गर्ने गरेको पाइएको छ।

यस्ता कारोबार नियन्त्रणबारे अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक सन्दीप भण्डारी भन्छन्, 'भन्सारसँग समन्वय गरेर राष्ट्रिय अन्तर्राष्ट्रिय इन्टेलिजेन्स प्रयोग गरी काम गर्छौ। विशेष निगरानी, प्राप्त सूचना, प्रविधिको प्रयोग र समन्वयको आधारमा त्यस्ता कारोबारी फेला पारी पक्राउ गर्न प्रहरी सफल हुँदै आएको छ।'
 
विविध चुनौतीका बाबजुद पनि प्रहरीले ठूलो संख्यामा सुनको अवैध कारोबारमा संलग्न व्यक्तिहरुलाई पक्राउ गर्न सफल भएको छ। सुनको अवैध कारोवार नियन्त्रणका लागि प्रहरीले आधुनिक प्रविधिको प्रयोग, विमानस्थल तथा भन्सारमा आवतजावत गर्ने व्यक्तिहरुलाई विशेष निगरानी तथा जाँच गर्ने गरेको छ।

आवश्यकता अनुसार सादा पोसाकमा समेत प्रहरी परिचालन हुन्छन्। अनुसन्धानको क्रममा कानुनसम्मत पुरा गर्नुपर्ने सबै प्रक्रिया कार्यान्वयन गर्दै चौबिसै घन्टा प्रहरी सक्रिय भएबाट अवैध कारोबारी निरुत्साहित भएका छन्।  

–प्रहरी प्रधान कार्यालयबाट प्राप्त बुलेटिनबाट प्राप्त समाचार

प्रकाशित मिति: आइतबार, असार ८, २०७६  १८:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस नेता अभिषेक गिरी पक्राउ
अमेरिकाबाट फिर्ता ल्याइएको शाक्यमुनि बुद्धको प्राचीन मूर्ति पुनःस्थापना
मालबाहक जहाजमाथिको आक्रमणपछि अमेरिकी सेनाद्वारा जवाफी आक्रमण
सम्बन्धित सामग्री
व्यवसायी अजेय सुमार्गीको पासपोर्ट रोक्का सुमार्गीमाथि कर उन्मुक्ति हुने मुलुकहरुबाट शंकास्पद रुपमा नेपालमा रकम भित्र्याएको आरोप छ । उनले मुक्तिश्री सिमेन्ट र स्याटलाईट टेलिक... बिहीबार, असार ११, २०८३
गैरकानुनी रुपमा नेपालमा बस्दै आएका २४ बङ्गलादेशी नागरिक पक्राउ जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार विभिन्न समयमा नेपाल प्रवेश गरेका ती नागरिक स्थायी परिचय खुल्ने कागजात र पासपोर्टबिनै तथा म्याद... बुधबार, असार १०, २०८३
लागु औषधसहित वडासदस्य जैरू पक्राउ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतअनुसार शनिबार उक्त क्षेत्रमा अवैध लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाक... सोमबार, असार ८, २०८३
ताजा समाचारसबै
कांग्रेस नेता अभिषेक गिरी पक्राउ शनिबार, असार १३, २०८३
अमेरिकाबाट फिर्ता ल्याइएको शाक्यमुनि बुद्धको प्राचीन मूर्ति पुनःस्थापना शनिबार, असार १३, २०८३
मालबाहक जहाजमाथिको आक्रमणपछि अमेरिकी सेनाद्वारा जवाफी आक्रमण शनिबार, असार १३, २०८३
वर्षा र सडक मर्मतका कारण अवरुद्ध छन् यी राजमार्ग शनिबार, असार १३, २०८३
भेनेजुएला भूकम्प: मृत्यु हुनेको संख्या ९२० पुग्यो, ३३ सय घाइते शनिबार, असार १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपा महामन्त्रीका ६ आकांक्षीले गरे विपिनलाई समर्थन शुक्रबार, असार १२, २०८३
रास्वपाकाे उपसभापतिमा साेविता गाैतम निर्वाचित शुक्रबार, असार १२, २०८३
विश्वकप लिग २: नेदरल्यान्ड्स सिरिजका लागि नेपाली टोली घोषणा शुक्रबार, असार १२, २०८३
एलपिजी प्रतिबन्ध हटायो भारतले शुक्रबार, असार १२, २०८३
मालबाहक जहाजमाथिको आक्रमणपछि अमेरिकी सेनाद्वारा जवाफी आक्रमण शनिबार, असार १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्