• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

इपिएल समूह चरण : को सफल, को असफल?

64x64
नेपाल लाइभ बुधबार, पुस १२, २०७४  २३:२४
1140x725

काठमाडौं–  एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको समूह चरणका खेल सकिएका छन्। 

समूह चरणका १५ खेल सकिँदा विराटनगर वारियर्सले सबै खेल जित्दै १० अंक जोडेर पहिलो क्वालिफायरमा स्थान पक्का गरेको छ। चार खेल जितेर भैरहवा ग्लाडिएटरले ८ अंकसहित विराटनगरसँग भेट पक्का गर्‍यो। २–२ खेल जितेका पोखरा राइनोज र ललितपुर प्याट्रिओट्सले पनि इलिमिनेटरमा स्थान बनाए। १–१ खेल मात्र जितेका काठमाडौं एलेभेन र चितवन टाइगर्स समूह चरणबाटै बाहिरिएका छन्। 

समूह चरणमा विदेशी खेलाडी हाबी भएका छन् भने आसा गरिएका नेपाली खेलाडी फ्लप भएका छन्।

ब्याटिङतर्फ विराटनगरका दुई विदेशी खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन्। हङकङका बाबर हायत बढी रन प्रहार गर्ने खेलाडीको पहिलो स्थानमा छन्। समूह चरणमा अपराजित विराटनगरका लागि उनले ५ खेलमा २ सय ४० रन प्रहार गरिसकेका छन्। समूह चरणमा सबैभन्दा बढी १२ छक्का प्रहार गरेका उनी एकै इनिङमा बढी रन बनाउने खेलाडी हुन्। उनले चितवन विरुद्धको खेलमा ८१ रन प्रहार गरेका थिए। 

यस्तै, विराटनगरबाट खेलेका हङकङका अर्का खेलाडी अंशुमान राथले ५ खेलमा २ सय ४ रन जोडे। समूह चरणमा सबैभन्दा बढी २५ चौका प्रहार गरेका अंशुमानको एकै इनिङमा बढी रन ६० हो। 

बढी रन प्रहार गर्ने खेलाडीको तेस्रो स्थानमा पोखरा राइनोजका इस्राउल्लाह छन्। उनले ५ इनिङमा १ सय ७१ रन प्रहार गरेका छन्। उनको एकै इनिङमा बढी रन नटआउट ६१ हो। 

बढी रन प्रहार गर्ने खेलाडीको चौथो स्थानमा रहेका पोखराका सुनील धमला नेपाली खेलाडीमध्ये बढी रन प्रहार गर्ने खेलाडी हुन्। १ लाख १५ हजार रुपैयाँमा आबद्ध भएका सुनीलले ५ इनिङमा १ सय ६९ रन प्रहार गरे। उनले अन्तिम खेलमा ललितपुर विरुद्ध नटआउट ७० रन प्रहार गरेपछि पोखराले प्लेअफमा स्थान पक्का गरेको थियो। बढी रन प्रहार गर्ने खेलाडीको पाँचौं स्थानमा पनि विदेशी खेलाडी नै छन्। ललितपुर प्याट्रिओट्सका जयकिशन कोल्सावालाले ५ इनिङमा १ सय ५७ रन बनाएका छन्। 

बढी रन प्रहार गर्ने सूचीको छैटौं स्थान रहेका चितवनका कप्तान दीपेन्द्रले १ सय ३० रन प्रहार गरेका छन्। सातौं स्थानमा रहेका भैरहवाका आरिफ शेखले १ सय ८, आठौं स्थानमा रहेका भैरहवाकै पुनित विष्टले १ सय ७ र नवौं स्थानमा रहेका विराटनगरका कप्तान पारस खड्काले १ सय ६ रन बनाए। यस्तै, दसौं स्थानमा रहेका ललितपुरका कप्तान ज्ञानेन्द्र मल्ल र काठमाडौंका अमित श्रेष्ठले समान एक सय रन बनाए। 

Ncell 2
Ncell 2
nimb
nimb

समूह चरणमा बढी विकेट लिने खेलाडी विराटनगरका बसन्त रेग्मी हुन्। १ लाख ६० हजार रुपैयाँमा आबद्ध भएका बसन्तले ५ खेलमा ११ विकेट लिइसकेका छन्। बढी विकेट लिने खेलाडीको दोस्रो स्थानमा चितवनका प्रविन गुप्ता छन्। भारतीय खेलाडी गुप्ताले १० विकेट लिएका छन्। तेस्रो स्थानमा भैरहवाका तीव्र गतिका बलर दिपेश श्रेष्ठ छन्। ७५ हजार रुपैयाँमा आबद्ध भएका उनले ९ विकेट लिएका छन्। पोखराका इस्राउल्लाहले पनि ९ विकेट नै हात पारेका छन्। 

बढी विकेट लिने खेलाडीको चौथो स्थानमा रहेका भैरहवाका कप्तान शरद भेषावकरले ८ विकेट लिइसकेका छन् भने पाँचौं स्थानमा रहेका विराटनगरका अभिनास कर्णले ७ विकेट लिएका छन्। कर्ण एक लाख रुपैयाँमा विराटनगरमा आबद्ध भएका थिए। ६ खेलाडीले ६–६ विकेट लिएका छन्। जसमा भैरहवाका आरिफ शेख, विराटनगरका पारस खड्का, भैरहवाका हरिशंकर साह, ललितपुरका सुबोध भाटी, पोखराका शक्ति गौचन र पोखराकै ताज अली छन्। 

समूह चरणमा केही नाम चलेका खेलाडीले बिर्सनलायक प्रदर्शन गरे। काठमाडौंका कप्तान फरविज माहारुपले अपेक्षाअनुरुप प्रदर्शन गर्न सकेनन्। श्रीलंकाका लागि एक सयभन्दा बढी एकदिवसीय खेल खेलिसकेका माहारुपको काठमाडौंले समूह चरणमा एक खेलमा मात्र जित हात पार्‍यो। उनले ५ इनिङमा ९५ रन मात्र जोड्न सके। एकै इनिङमा उनको उच्च स्कोर ४२ रह्यो। अलराउन्डर माहारुफले ४ विकेट मात्र लिन सके। 

समूह चरणमा विनोद भण्डारी पनि फ्लप भए। बढी रन बनाउने खेलाडीको ५०औं स्थानमा रहेका उनले ५ इनिङमा २० रन जोडे। इपिएलका महँगा खेलाडीमध्येका एक भण्डारीले ५ इनिङमा १५ बल मात्र खेले। १ लाख ७५ हजारमा आबद्ध भएका भण्डारी २ पटक शून्यमा आउट भए भने चार पटक दोहोरो अंक नबनाई पेभेलियन फर्किए। ललितपुर विरुद्धको अन्तिम खेलमा १२ रन प्रहार गर्नु नै उनको उच्च स्कोर हो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

आस गरिएका अर्का ब्याट्सम्यान चितवनका प्रदीप ऐरीले खराब ब्याटिङ गरे। उनले ५ खेलमा २४ रन मात्र जोडे। उनले पाँचमध्ये ४ खेलमा दोहोरो अंकमा रन जोड्न सकेनन्। 

प्रधानमन्त्री कपमा उत्कृष्ट ब्याटिङ गरेका सौरभ खनाल पनि इपिएलमा फिक्का देखिए। पोखरामा १ लाख २५ हजारमा आबद्ध भएका सौरभले ५ खेलमा २७ रन मात्र प्रहार गर्न सके। उनले ५ इनिङमा ३३ बलको सामना गर्दा १ चौका र १ छक्का हिर्काए। 

सिद्धान्त लोहनीले पनि ५ खेलमा ३६ रन मात्र बनाए। काठमाडौंका सिद्धान्तले २९ बल खेल्दा १ चौका र ३ छक्का हिर्काए। काठमाडौंका सागर पुनले ५ खेलमा ७३ रन जोड्दा ओपनिङमा प्रभावशाली प्रदर्शन गर्न चुके।

बलिङतर्फ तीन खेलमा मौका पाएका काठमाडौंका जितेन्द्रकुमार मुखियाले १ विकेट लिए। तीन खेल खेलेका काठमाडौंकै सुशील कँडेलले पनि १ विकेट मात्र लिए। मार्की खेलाडीको रुपमा काठमाडौंमा आबद्ध भएका सोमपाल कामीले पनि ५ खेलमा ४ विकेट मात्र लिन सके। सिनियर टिमका महत्वपूर्ण बलर सोमपाल बढी विकेट लिने खेलाडीको २०औं स्थानमा रहे। 

प्रकाशित मिति: बुधबार, पुस १२, २०७४  २३:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कहाँ छन् रवि लामिछाने?
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ?
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत
सम्बन्धित सामग्री
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु डुङ्गा चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ । आइतबार, कात्तिक ८, २०८३
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार करिब ९ बजे कोहलपुरबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प... शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । बाफिकोट गाउँपालिका–२ स्वाराका बलबहादुर नाथका ६... शनिबार, कात्तिक ७, २०८३
ताजा समाचारसबै
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ? आइतबार, कात्तिक ८, २०८३
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत आइतबार, कात्तिक ८, २०८३
एनपीएलमा नियोफिन तीन वर्षका लागि प्लेटिनम क्याप प्रायोजक आइतबार, कात्तिक ८, २०८३
क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्