• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

कर्मचारी अभावमा सप्तरीका सरकारी कार्यालय अस्तव्यस्त, दरबन्दीका ३० प्रतिशत मात्रै सेवामा

जिल्लाको निगरानी गर्ने प्रशासन कार्यालय नै कर्मचारी अभावको मारमा
64x64
नेपाल लाइभ सोमबार, असार ९, २०७६  ०८:४१
1140x725

राजविराज– सप्तरीको भूमि व्यवस्था तथा मालपोत कार्यालयमा दरबन्दी अनुसारका कर्मचारी नहुँदा कार्यालयको काम प्रभाावित भएको छ। भएका कर्मचारी पनि भ्रष्टाचारको अभियोगमा पक्राउ परेपछि कार्य सञ्चालन अस्तव्यस्त बनेको हो।

कार्यालयमा प्रमुख मालपोत अधिकृत (उपसचिव), २ मालपोत अधिकृत र १ शाखा अधिकृतसहित ४२ जनाको दरबन्दी छ। तर, प्रमुख मालपोत अधिकृतको दरबन्दी लामो समयदेखि रिक्त छ। दुईमध्ये मालपोत अधिकृत र शाखा अधिकृतको दरबन्दी पनि रिक्त छ। ९ नायब सुब्बा र १६ जना खरिदारको दरबन्दीमध्ये ५ जना नासु र ३ जना खरिदार मात्र कार्यरत छन्।

कार्यालयमा काम गरिरहेकै अवस्थामा भएका कर्मचारीमध्ये पनि ३ जना कर्मचारी धमाधम पक्राउ परेपछि सेवाग्राहीको काम गर्नै मुस्किल परेको कर्मचारीहरु नै बताउँछन्।

सहायक र करारका गरी जम्मा २१ जना कर्मचारीले सवै काम सम्हाल्न मुस्किल परेको मालपोत अधिकृत भिष्म भट्टराईले बताए। जग्गा पास गर्न अनलाइन प्रविधि सुरु भएपछि झनै समस्या बढेको उनीहरु बताउँछन्। सामान्यतया ३/४ जनाले गर्दा पूरा हुने काम अहिले ९ जनाले गर्नु परिरहेको कर्मचारीहरु बताउँछन्।

भूमिसुधार कार्यालय र मालपोत कार्यालय एकै ठाउँमा गाभिएपछि पुरानै दरबन्दीमा काम गर्नुपर्दा अझै समस्या थपिएको छ।

‘धेरै दिन पालो गरेर एक/एक वटा फाँट बन्द गर्दै काम चलायौं,' कर्मचारीहरु भन्छन्, ‘कर्मचारी उपलब्ध नभएपछि कार्यालय सहयोगी र ड्राइभरको भरमा कार्यालय सञ्चालन गर्नुपरेको छ।’ मालपोतमा कार्यालय सहयोगी र सवारी चालकले पनि फाँट प्रमुखकै हैसियतमा काम गर्ने गरेका छन्। यति हुँदा पनि दिनभरि लाइन बसेका सेवाग्राही निराश भएर फर्कने गरेको पाइएको छ।

मुद्धा, प्रशासनलगायतका निर्णय गर्नुपर्ने काम पूर्णतया प्रभावित छन्। कर्मचारी पदपूर्तिका लागि पटक-पटक आग्रह गर्दा पनि सम्भवतः नभएको कार्यालयले जनाएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

जिल्ला प्रशासनमै छैनन् कर्मचारी
कार्यालयहरुमा कर्मचारी अपुग भएको, सेवाग्राहीको पहुँच पुगे/नपुगेको तथा सर्वसुलभ सेवा प्रवाह भए/नभएको विषयमा जिल्ला प्रशासन कार्यालयले निगरानी गर्नुपर्ने हो। तर, जिल्ला प्रशासन कार्यालयले समेत त्यसतर्फ ध्यान दिन सकेको छैन। जिल्ला प्रशासन कार्यालय नै कर्मचारी अभावमा अस्तव्यस्त भएपछि त्यसको असर सवै कार्यालयमा परेको छ।

जिल्ला प्रशासन कार्यालय सप्तरीमा सहसचिव स्तरको सिडिओसहित ३३ जनाको दरबन्दी छ। तर, सहायक सिडिओको दरबन्दीसमेत लामो समयदेखि रिक्त छ। कामका हिसाबले प्रशासकीय अधिकृतको दरबन्दी महत्वपूर्ण मानिन्छ। तर, दरबन्दीमा भएका ३ मध्ये १ जना अधिकृतको दरबन्दी लामो समयदेखि रिक्त छ। दुईमध्ये १ जना अधिकृत छुट्टी बस्दा एक जनाले काम गर्नै नसक्ने अवस्था आउने गरेको छ।

नायब सुब्बा १० मध्ये ३ जना र खरिदार ५ मध्ये २ जनाको दरबन्दी खाली छ। लामो समयदेखि २ जना अधिकृत र त्यसमुनिका पनि अपुग कर्मचारीको भरमा कार्यालय सञ्चालन भइरहेको छ। कर्मचारी अपुग भएपछि प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुरेन्द्र पौडेल आफैं नागरिकतामा तोक लगाउने र राहदानी सिफारिस गर्ने काममा खटिन्छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

हरेक कार्यालयको निगरानी र गतिविधिमा प्रत्यक्ष चासो राख्ने र समस्या समाधानको पहल गर्ने सिडिओ अलमलिन थालेपछि सेवा प्रवाह र शान्तिसुरक्षा लगायतका महत्वपूर्ण काम प्रभावित छन्।

यसबाहेक सामाजिक गतिविधि र विभिन्न समितिको संयोजकका रुपमा गर्नुपर्ने कामसमेत प्रभावित भएको उनले बताए। कर्मचारी अभाव हुँदा काम प्रभावित भएको विषयमा गृह मन्त्रालयमा जानकारी गराउँदा चाँडै कर्मचारी पठाउने आश्वासन पाए पनि हालसम्म कार्यान्वयनमा नआएको उनले गुनासो गरे।

जिल्लाभर ३० प्रतिशत मात्रै कर्मचारी
मालपोत र जिल्ला प्रशासन कार्यालय मात्र होइन, सप्तरीका अधिकांश कार्यालयमा अहिले कर्मचारी अभाव छ। भूमिसुधार तथा मालपोत कार्यालय, नापी कार्यालय, जिल्ला प्रशासन कार्यालय, गाउँपालिका तथा नगरपालिका कार्यालयमा कर्मचारी अभावको असर सवैभन्दा बढी छ।

जिल्लामा दरबन्दी अनुसारका ७० प्रतिशत कर्मचारी नभएको सिडिओ पौडेल बताउँछन्। ‘गनेर भन्नसक्ने अवस्था छैन, तर ३० प्रतिशतभन्दा कम कर्मचारीले जिल्लाको सम्पूर्ण सेवा प्रवाह धानेका छन्,’ उनले भने, ‘यो संख्या अझै कम हुनसक्छ, तर बढी छैन।’

सप्तरीका कार्यालयमा कोही आउनै तयार नहुनाले कर्मचारी अभाव देखिएको सम्बन्धित कार्यालयका कर्मचारी नै बताउँछन्। ‘२/३ महिनाको अवधिमा मालपोत कार्यालयमा मात्रै २० जना नायव सुब्बाको सरुवा भएको छ,’ एक कर्मचारीले भने, ‘तर, सरुवा कागजमा मात्रै भयो, हाजिर हुन कोही आएको छैन।’

कर्मचारी अभावको असर दैनिक प्रशासनिक काम मात्र होइन, विकास निर्माणका काममा समेत परेको छ। अधिकांश स्थानीय तहले कर्मचारी अभावकै कारण विकास निर्माणको काम गर्न नपाएको बताइरहेका छन्। कर्मचारी नभएकै कारण अन्य कामसँगै प्राथमिकतामा परेको 'प्रधामन्त्री रोजगार कार्यक्रम'समेत प्रभावित भएको सम्वन्धित स्थानीय तहका प्रशासकिय अधिकृतहरुले बताए।

कालोबजारी मौलायो
यससँगै अनुगमन र निरीक्षण नहुँदा अनियमिता, कालोबजारी र भ्रष्टाचार बढेको छ। सदरमुकाम राजविराजमै पनि कालोबजारी मौलाएको सर्वसाधारणले गुनासो गर्न थालेका छन्।

राजविराज-३ स्थित मट्टितेलको थोक बिक्रेता सञ्जित एन्ड ब्रोदर्सले कालोबजारी गरेको भन्दै सप्तकोशी नगरपालिका-१ का रमण कर्णले उजुरी गरेका छन्। निर्धारित मूल्य( प्रतिलिटर ९५ रुपैयाँ) भन्दा प्रतिलिटर ६ रुपैयाँ बढी मूल्य (प्रतिलिटर १०१ रुपैयाँ) लिएर मट्टितेल बिक्रिवितरण गरिरहँदा समेत त्यसलाई नियन्त्रण गर्न नसकेको उनको गुनासो छ।

कर्मचारी अभावकै कारण बजार अनुगमन प्रभावित भएको र त्यसको असर देखिन थालेको सिडिओ पौडेल स्विकार्छन्। ‘कार्यालयमा जम्मा २ जना अधिकृत छन्। उनीहरुलाई अनुगमनमा पठाउँदा कार्यालय नै कन्द हुन्छ,’ उनी भन्छन्, ‘कार्यालयमा आएका सेवाग्राहीलाई फर्काएर पठाउन नसकिने भएकाले अन्य सवै कुरा छोडेर कार्यालमा केन्द्रित हुनुपरेको छ।’

प्रकाशित मिति: सोमबार, असार ९, २०७६  ०८:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध शनिबार, कात्तिक ७, २०८३
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्