काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन सचिव यादव कोइरालाले ‘सांसदहरुले गतल बुझेको’ टिप्पणी गरेपछि राज्यव्यवस्था समितिको बैठकमा केही बेर स्थिति तनावपूर्ण बन्यो ।
संघीय संसद प्रतिनिधिसभा अन्र्तगतको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा मन्त्री लालबाबु पण्डितले भनेका कुरालाई समितिका सदस्यहरुले गलत बुझेको भन्दै स्पष्ट पार्ने कोशिस गरे। उनले त्यस्तो बताएपछि समिति सदस्य पूर्व गृहमन्त्री जनाद्र्धन शर्माले ठाडै प्रतिकार गरे। समिति सदस्यहरुले गलत बुझे भन्ने अधिकार सचिवलाई नभएको भन्दै समिति सदस्य शर्माले प्रतिकार गरेपछि सभापति शशि श्रेष्ठले रुलिङ गर्दै ५ नम्बर बुँदाको विश्लेषण रोकेर ६ नम्बर बुँदामा प्रवेश गर्न सचिवको ध्यानाकर्षण गराइन्।
समिति सदस्य शर्माले भने, ‘गलत तरीकाले व्याख्या गरेको भनेर भन्नुहुन्छ उहाँले । त्यो भन्ने अधिकार छैन । हामीले लोकसेवाबाट गरौं भन्दा भन्दै रक्त सम्बन्ध भन्ने पनि उहाँ, हामी चुप लाएर बस्या छौं । आज फेरि गलत ढंगले व्याख्या गरेका छैनौ । रोक्ने होइन । यो कुरा उहाँले भन्न पाउनुहुन्न।’
संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको बुँदा नम्बर ५को श्रेणी र तहगत व्यवस्थामाथि मन्त्रीले भनाईलाई समिति सदस्यहरुले गलत बुझेको भन्दै त्यसबारे थप प्रष्ट पार्ने प्रयास गरेपछि सचिव र समिति सदस्यबीच भनाभन भएको हो । समितिको बैठकमा ५ नम्बर बुँदामा विवाद भएपछि त्यसलाई छोडेर ६ नम्बर बुँदाको छलफल अगाडि बढाइसकेको बेला सचिवले ५ नम्बर बुँदामा प्रवेश गर्दै समिति सदस्यहरुले मन्त्रीको कुरालाई गलत बुझेको अभिव्यक्ति दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।