पोखरा– सशस्त्र प्रहरी बलको एपिएफ र नेपाल पुलिस क्लबले राखेप च्याम्पियनसिप अन्तर्गत २१ औं महिला तथा ३१ औं पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको दोश्रो दिन पनि दोहोरा जित निकालेका छन्।
महिला भलिबलमा एपिएफले कान्छो त्रिभुवन आर्मीलाई २५–९,२५–१९ र २५–७ को सोझो सेटमा हरायो। पुलिसले पुर्वाञ्चललाई २५–१७,२५–१५ र २५–१६ को सोझो सेटमा स्तब्ध बनायो।
पुरुषमा एपिएफले मध्यापश्चिमाञ्चललाई २५–१०,२५–९ र २५–२० को सोझो सेटमा पराजित गर्यो। पुलिसले सुदूरपश्चिमाञ्चललाई २५–१७,२५–१९ र २५–१८ को सोझो सेटमै पाखा लगायो ।
पोखरा रंगशालामा भएको प्रतियोगितामा पश्चिमाञ्चलले पनि दोहोरो जित निकालेको छ। महिलाको खेलमा पश्चिमाञ्चलले मध्यपश्चिमाञ्चललाई २५–७,२५–५ र २५–२३ को सोझो सेटमा हरायो। पुरुषतर्फ पुर्वाञ्चललाई २५–१८,२५–१८ र २७–२५ ले पराजित गर्यो।
महिला भलिबलतर्फ चौथो खेलमा मध्यामञ्चलले सुदूरपश्चिमाञ्चलमाथि २५–३,२५–५ र २५–११ को सोझो सेटमा हराउँदै दोश्रो जित निकाल्यो । पुरुषतर्फ नेपाल आर्मीले मध्यमाञ्चललाई २५–८,२५–१० र २५–२० को सोझो सेटमा हराउदै दोश्रो जित निकालेको छ ।
तस्बिर : तेजेन्द्र बानियाँ क्षेत्री
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।