काठमाडौं- एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको एलिमिनेटरमा ललितपुर प्याट्रिओट्सले पोखरा राइनोजलाई १ सय ३९ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३८ रन जोड्यो।
ललितपुरका लगि सनी पटेलले नटआउट ३८ रन जोडे। उनले २६ बलमा २ चौका र ३ छक्का प्रहार गरे। यस्तै, दिपेश भण्डारीले नटआउट १९ रन जोडे। उनले १७ बलमा १ चौका हिर्काए। दिपेश र सनीले छैटौं विकेटका लागि ६२ रनको साझेदारी गरेका थिए।
ललितपुरका ओपनर जयकिशन कोल्शावालाले २८ रन जोडे। उनले २२ बलमा ३ चौका र १ छक्का प्रहार गरे। उनका ओपनिङ पार्टनर शंकर रानाले ३४ रन बनाए। उनले ४३ बलमा ५ चौका हिर्काए। कोल्शावाला र शंकरले पहिलो विकेटका लागि ६० रनको साझेदारी गरे। कप्तान ज्ञानेन्द्र मल्ल २ रनमा खेलिरहँदा सुशन भारीको एलबिडब्लुको धरापमा पारे। यस्तै कुशल भुर्तेल पनि ८ रनमा इस्राउल्लाहबाट बोल्ड भए। लगत्तै इस्राउल्लाहले शोनु तामाङलाई शून्य रनमा एलबिडब्लु धरापमा पारे।
बलिङतर्फ पोखराका इस्राउल्लाहले ३ विकेट लिए। सुशन भारीले २ विकेट आफ्नो नाममा लेखाए।
खेलको विजेताले दोस्रो क्वालिफायरमा बिहीबार भैरहवा ग्लाडिएटरसँग प्रतिस्पर्धा गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।