लन्डन : इंग्लिस प्रिमियर लिगमा टोटनह्यामले साउथह्याम्टनमाथि सानदार जित हात पारेको छ। मंगलबार भएको खेलमा टोटनह्यामले साउथह्याम्टनलाई ५–२ गोलले पराजित गरेको हो।
टोटनह्यामको जितमा ह्यारी केनले ह्याट्रिक गरे। उनले खेलको २२, ३९ र ६७ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए। इंल्यान्डका स्ट्राइकर केनले सन् २०१७ मा लिग गोल संख्या ३९ पुर्याए। उनले सन् १९९५ मा एलन सेररको कीर्तिमान भंग गरे। ब्ल्याकबर्नका एलनले सन् १९९५ मा ३७ गोल गरेका थिए।
केनले क्लब र देशका लागि सन् २०१७ मा ५६ गोल गरे। यो गोल संख्या बार्सिलोनाका अर्जेन्टायन स्ट्राइकर लियोनल मेसीको भन्दा २ बढी हो।
केनबाहेक टोटनह्यामका लागि डेल अलीले ४९ र सन हेउन मिनले ५१ मिनेटमा गोल गरेका थिए। साउथह्याम्टनका बाउफलले ६४ र टाडिकले ८२ मिनेटमा गोल गरे।
जितपछि टोटनह्याम २० खेलबाट ३४ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ। साउथह्याम्टन समान खेलबाट १९ अंकसहित १४औं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।