काठमाडौं– मध्यमाञ्चल राखेप च्याम्पियनसिप– २०७४ अन्तर्गत १० औं राष्ट्रिय स्क्वास प्रतियोगिताको पुरुष टिम इभेन्टमा मंगलबार पहिलो भएको छ।
सातदोबाटोमा भएको फाइनलमा मध्यमाञ्चलले पश्चिमाञ्चललाई २–० ले पराजित गर्यो। पहिलो सिंगल्समा मध्यमाञ्चलका छिरी लामाले पश्चिमाञ्चलका मित्रलाल गुराउलाई ११–६, ११–३ र ११–६ तथा अर्को सिंगल्समा मध्यमाञ्चलका अरहान्तकेशर सिम्हले पश्चिमाञ्चलका अमृत थापा मगरलाई ११–७, १२–१० र ११–८ को सोझो पराजित गरे। बुधबारदेखि पुरुष/महिला सिंगल्स खेल सुरु हुनेछ।
सेपाकताक्रो भोलिदेखि
राखेप च्याम्पियनसिपअन्तर्गत तेश्रो राष्ट्रिय सेपाकताक्रो प्रतियोगिता बुधबारदेखि टुंडिखेलमा सुरु हुँदैछ। प्रतियोगिताको पुरुषमा ६ र महिलामा ५ टिमको सहभागिता रहने नेपाल सेपाकताक्रो संघका अध्यक्ष नेत्रप्रसाद गुरुङले जनाएका छन्। रेगु स्पर्धामा मात्र प्रतिस्पर्धा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।