पोरखा– राखेप च्याम्पियनशिप अन्तर्गत २१ औं महिला तथा ३१ औं पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता पोखरामा सुरु भएको छ। पाँच विकास क्षेत्र र तीन बिभागिय टिम सहभागिता रहेको प्रतियोगिताको पुरुषतर्फको लिग खेलमा आर्मी, एपीएफ, पश्चिमाञ्चल र पुलिसले सफलता हात पारेका छन् । त्यस्तै महिलातर्फ लिग खेलमा एपिएफ, मध्यामञ्चल, पश्चिमाञ्चल र पुलिसले विजयी सुरुवात गरेका छन्।
प्रतियोगिताको पुरुषतर्फको पहिलो खेलमा नेपाल आर्मीले पूर्वाञ्चललाई २५–२०,२५–१९ र २५–१४ को सोझो सेटमा हरायो। अर्को विभागिय टिम एपीएफले सुदूरपश्चिमाञ्चललाई २५–१२,२५–१७ र २५–१३ को सोझो सेटमा स्तब्ध बनायो। पुरुषकै तेश्रो खेलमा नेपाल पुलिसले मध्यापश्चिमाञ्चललाई २५–१६,२५–१७ र २५–१६ को सोझो सेटमा हराउदा घरेलु टिम पश्चिमाञ्चलले मध्यामञ्चललाई २५–२१,२५–२२ र २५–१६ को सोझो सेटमा रोक्यो ।
पोखरा रंगशालामा भएको महिलातर्फको लिग खेलमा एपिएफले पूर्वाञ्चललाई २५–२,२५–४ र २५–७ ले हराउदा मध्यामञ्चलले मध्यापश्चिमाञ्चललाई २५–७,२५–११ र २५–१० को सोझो सेटमा हरायो। त्यस्तै पश्चिमाञ्चलले सुदूरपश्चिमाञ्चललाई २५–२,२५–४ र २५–८ को सोझो सेटमा हरायो। पहिलो बिभागिय टिम नेपाल पुलिसले नेपाल आर्मीलाई २५–१३,२७–२५ र २५–६ को सोझो सेटमा रोक्यो ।
युवा तथा खेलकुद मन्त्री राजनकुमार केसीले टेक्निकल कमिटिका संयोजक एशियन रेफ्रि क्यानिडेड टहलसिंह थापामगरलाई बल हस्तान्तरण गदै प्रतियोगिताको उद्घाटन गरेको थिए । प्रतियोगिताका दुवै समूहका बिजेताले ५० हजार उपबिजेताले ३० हजार र तेश्रो हुनेले २० हजार नगद प्राप्त गर्ने छन्। त्यस्तै महिला तथ पुरुषका उत्कृष्ट खेलाडीले जनही ५ हजर तथा विधागत उत्कृष्ट हुने खेलाडीले जनही ३ हजार नगद प्राप्त गर्ने छन्। प्रतियोगिताका सहभागि टिमलाई दुई समूह विभाजन गरि लिगकम नकाउटका आधारमा खेल संचालन गरिएको टेक्निकल कमिटिका संयोजक एशियन रेफ्रि क्यानिडेड टहलसिंह थापामगरले जनाए । प्रतियोगिता १५ गते सम्म संचालन हुनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।